माटाेकाे टीका लगाएर कान्तिबजारमा खेलाडीहरुलेे मनाए जुडशितल

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०८०-१-२ गते   १४८६ पटक हेरिएको

गाैशाला, बैशाख २ गते । गाैशाला नगरपालिकमा भलिवल खेलाडीहरुले माटाेकाे टीका लगाएर जुडशितल मनाएका छन् । गाैशाला १२ स्थित सामुदायिक विकास युवा क्लकका खेलाडीहरुले माटाेकाे टीका लगाएर जुडशितल मनाएका हुन । सामुदायिक विकास युवा क्लबका भलिबल खेलाडीहरुले जुडशितलकाे अवसरमा शुभकामना अदानप्रदान कार्यक्रममा अभिवाकहरुबाट माटाेकाे टीका लगाउदै एकआपसमा नया वर्ष र जुडहितलकाे शुभकामना दिए । कार्यक्रममा यस वर्ष क्लबले गर्ने खेलकुद र अन्य कार्यक्रम बारे क्यालेन्डर बनाउने र खेलकुदकाकालागि खेल मैदान तथा आर्थिक श्राेत जुटाउन सामुहिक रुपमा पहल गर्नु पर्ने सहभागीहरुले सुझाव दिए । सामुदायिक विकास युवा क्लब कान्तिबजार भलिवल टिमका क्याप्टेन सुरज महताेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली काग्रेसका नेता जितेन्द्र महताे, गाेकुल सिह, फुलेश्वर महताे क्लबका अध्यक्ष सन्ताेष सिह, पुर्व अध्यक्ष रमेश सिह, सचिव महाबिर सिह, स्थानीय शिक्षा प्रेमि प्रमाेद सिह लगायत खेलाडीहरु सहभागी थिए ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech