गौशालामा श्रीमान र नन्द मिलेर विष सेवन गराई गरे एक महिलाको हत्या, श्रीमान पक्राउ

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०८०-१-९ गते   २१९९७ पटक हेरिएको

गौशाला , वैशाख ९ गते

महोत्तरीको गौशालामा आफ्नै श्रीमान र नन्द मिलेर विष सेवन गराई एक महिलाको हत्या गरेका छन्।

जिल्लाको गौशाला नगरपालिका वडा न. ४ रजखोर निवासी करिब ३८ वर्षीय श्रीमान उमेश साहले आफ्नै श्रीमतीलाइ कुटपिट गरि विष सेवन गराई हत्या गरेको युवतिका माइती पक्षको आरोप छ । जसमा नन्द करिब २७ वर्षीय आशा साहको पनि संलग्नता रहेको मृत युवतिको बुबा बलि साहको भनाइ छ।

उनका अनुसार गएराति शुक्रबार श्रीमान र नन्द मिलेर युवतिलाइ मरणासन्न हुनेगरि कुटपिट गरि विष सेवन गराएका थिए। विष सेवनबाट घाइते युवतिलाइ उपचारको लागि गौशालाको प्राथमिक स्वास्थ्य केन्द्रमा राति नै ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछी बर्दिबासको साइमल्टी स्पेस्यालिटि ट्रमा सेन्टरमा उपचारको क्रममा युवतिको राति साढे १२ बजेको समयमा मृत्यु भएको बुबा साहले बताए।

मृतक युवतिको  उमेश साहसंग विवाह भएको ६ वर्ष बितीसकेको छ  । उनको ३ वर्षीय छोरी र ७ महिनाको एक छोरा छ । श्रीमान र श्रीमतीविच वर्षौदेखि आपसी विवाद हुदै आइरहेको थियो।  श्रीमानले मृतक युवतिलाइ मन नपराएको र सोहि विषयलाइ लिएर पटक पटक कुटपिट ,झैँझगडा र विवाद हुने गरेको छरछिमेकले बताए।

आफ्नो छोरीलाइ विष सेवन गराई हत्या गरेको आरोप लगाउदै मृतक युवतिको माइती पक्षले हत्यामा संलग्न श्रीमान र नन्दलाइ कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

युवतिको हत्या गरेको आशंकामा प्रहरीले श्रीमान उमेश साहलाइ पक्राउ गरेको र नन्द आशा फरार रहेकोले उनको खोजिकार्य भईरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech