ममता शर्मा
महोत्तरी , बैशाख ११ गते
महोत्तरीको गौशालामा आरतीको हत्यारालाई कारवाहीको माग गर्दै जनसमुदाय तथा महिला संजालका व्यक्तिहरु आन्दोलनमा उत्रिएका छन् । गत शुक्रबार राती विष सेवन गराई आरतिको हत्या गरेको आरोप लागेका श्रीमान , नन्द र जेठाजुलाइ कडा भन्दा कडा कारवाहीको माग गर्दै गौशाला -४ रजखोरका जनताहरु आन्दोलनमा उत्रीएका हुन् ।

सोमबार गौशाला नगरपालिका वडा न.४ मल्हनिया पोखरी स्थित सडक खण्डमा सयौको संख्यामा विरोधमा उत्रिएका जनसमुदायले प्ले कार्ड बोकेर , टायर बालेर र करिब डेढ घण्टा सडक अवरुद्ध गरेर चर्को नारावाजी सहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी जनसमुदायले दोषीलाई कारवाही गर , महिला विरुद्धको हिँसा बन्द गर , हत्यारालाइ सजाय दे ,फरार नन्दलाइ पक्राउ गर ,पिडितलाइ न्याय दे ,मृतकको बच्चालाइ संरक्षण दे , उमेश साह मुर्दाबाद , आशा साह मुर्दाबाद ,जेठाजु बिनोद साहलाइ पक्राउ गर लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
आरोपित उमेश साहलाइ पक्राउ गरेपनि नन्द आशा साह र जेठाजु विनोद साहलाई प्रहरीले पक्राउ नगरेकोले जनसमुदायले पक्राउ गर्नका निम्ति माग गरेका छन् ।
आन्दोलनको क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको छ । झडपको क्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज यादव सहित केहि प्रहरी र केहि जनसमुदाय सामान्य घाइते भएका थिए स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले १३ सेल अश्रु ग्याँस र ९ राउण्ड हवाई फायर समेत गरेको थियो ।

गत शुक्रबार गौशाला नगरपालिका वडा न. ४ रजखोर निवासी करिब ३८ वर्षीय श्रीमान उमेश साहले आफ्नै श्रीमतीलाइ कुटपिट गरि विष सेवनबाट मृतु भएको थियो । मृतक आरतिको बुबा बलि साहको अनुसार शुक्रबार श्रीमान र नन्द मिलेर आरतिलाइ मरणासन्न हुनेगरि कुटपिट गरि विष सेवन गराएका थिए। विष सेवनबाट घाइते आरतिलाई उपचारको लागि गौशालाको प्राथमिक स्वास्थ्य केन्द्रमा राति नै ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछी बर्दिबासको साइमल्टी स्पेस्यालिटि ट्रमा सेन्टरमा उपचारको क्रममा युवतिको राति साढे १२ बजेको समयमा मृत्यु भएको चिकित्सकको भनाई छ ।
मृतक युवतिको उमेश साहसंग विवाह भएको ६ वर्ष बितीसकेको छ । उनको ३ वर्षीय छोरी र ७ महिनाको एक छोरा छ । श्रीमान र श्रीमतीविच वर्षौदेखि आपसी विवाद हुदै आइरहेको थियो। श्रीमानले मृतक आरतिलाइ मन नपराएको र सोहि विषयलाइ लिएर पटक पटक कुटपिट ,झैँझगडा र विवाद हुने गरेको छरछिमेकको भनाइ छ ।