निरन्जन कुमार साह
महोत्तरी , बैशाख १२ गते
महोत्तरीमा जिल्ला ह्यान्डबल संघ महोत्तरीको कार्यसमिति चयन भएको छ । संघको अध्यक्ष लक्ष्मण गौतमको अध्यक्षतामा बसेको बैठकबाट जिल्ला स्तरीय नौ सदस्यीय समिती गठन गरेको छ । समितिको अध्यक्षमा देबेन्द्र सिंह, उपाध्यक्ष धिरेन्द्र सिंह , कोषाध्यक्ष राजेस्वर सिंह , सचिव लक्ष्मण कुमार गोइत , लगायत सदस्यहरुमा राजाराम महतो ,सुनिमा पुलामी,पार्वती कुमारी,मन्दिरा लामा ,बिन्दु प्लोन रहेका छन् ।