गौशालामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०८०-१-२४ गते   ४२९४ पटक हेरिएको

निरन्जन कुमार साह

महोत्तरी , वैशाख २४ गते

महोत्तरीको गौशालामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । आइतबार गौशाला नगरपालिकाको आयोजनामा नगर कार्यपालिकाको कार्यालय स्थित आयोजना गरिएको कार्यक्रममा नगर भरिका अपांगता भएका  व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको हो ।

नगरपालिकामा रहेका क, ख, ग र घ वर्गका अपाङ्गहरुलाई ३२ जोडी सहायक सामग्री गौशाला नगरपालिकाको उपप्रमुख रेणु महतोले सामग्री वितरण गर्नुभएको हो ।

सामग्रीहरुमा ट्राइसाइकल , एम.सि. आर स्यान्डल , ह्विल चेयर , लुम्बर बेल्ट , स्पेशल कुर्सि , कृतिम खुट्टा , वाकर , वैशाखी लगायतका सामग्री वितरण गरिएको छ ।

सहायक सामग्री वितरण गरेकोमा अपांगता भएका व्यक्तिहरुले खुसि व्यक्त गरेका छन् ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech