ममता शर्मा
महोत्तरी , जेठ ४ गते
महोत्तरीमा गौशाला ९९ शिक्षकको सरुवा भएको छ बुधबार गौशाला नगरपालिकाका सामुदायिक विद्यालयका ९९ शिक्षकलाइ नगरभित्र सरुवा गरिएको नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए ।
गौशाला नगरपालिकाको शैक्षिक अवस्था सुधारको साथै सुदृढीकरणका निम्ति पहिलो चरणमा शिक्षकहरु सरुवा गरिएको जानकारी दिदै नगर प्रमुख महतोले अब शिक्षक सरुवालाइ निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पालिकामा दक्षजनशक्ति निर्माणका निम्ति तथा पठनपाठन व्यवस्थित गर्नका निम्ति शिक्षकको सरुवा हुनु आवश्यक रहेको महतोको भनाइ छ । उनि भन्छन ,"शिक्षक उड्यो भने विद्यार्थी दौडन्छ ,शिक्षक दौड्यो भने विद्यार्थी हिड्छ, शिक्षक हिड्यो भने विद्यार्थी बस्छ, शिक्षक बस्यो भने विद्यार्थी सुत्छ, शिक्षक सुत्यो भने विद्यार्थी मर्छ । त्यसैले शिक्षकको सक्रियपन सिर्जना गर्न शिक्षक सरुवा गरिएको हो ।"