गौशालामा  शिक्षक सरुवा विवादस्पद , महासंघद्वारा आन्दोलन गर्ने चेतावनी

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०८०-२-४ गते   ५६१७ पटक हेरिएको

ममता शर्मा

महोत्तरी , जेठ ४ गते

महोत्तरीको गौशाला नगरपालिकामा भएको शिक्षक सरुवा अनाधिकृत भएको नेपाल शिक्षक महासंघ गौशाला नगर समितिले जनाएको छ  । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले शिक्षक सरुवाको घोर भत्सर्ना गरेको हो  । बुधबार गौशाला नगरपालिकाका सामुदायिक विद्यालयका ९९ शिक्षकहरुलाई नगरभित्र सरुवा गरिएको छ  । जसको महासंघले विरोध गर्दै शिक्षक सरुवा निन्दनीय कार्य रहेको जनाएको छ  । शिक्षा ऐन २०२८ तथा नियमावली २०५९ को अनुसूची १७ बमोजिम ९९ को उपदफा विपरित अनाधिकृत रुपमा शिक्षक सरुवा गरेको हुँदा उक्त निन्दनीय कार्यको महासंघ घोर भत्सर्ना गर्दछ , विज्ञप्तिमा भनिएको छ  ।

त्यस्तै सरुवा भएका शिक्षकहरुलाई पत्र नबुझ्न तथा बुझेका शिक्षकहरुलाई आफुले कार्य गर्दै आइरहेको विद्यालयमा नै कार्य गरिरहन महासंघले अनुरोध गरेको छ  ।

शिक्षक सरुवा यथाशिघ्र सच्याउनुपर्ने माग गर्दै नसच्याएमा कडा आन्दोलनमा जाने महासंघका नगर अध्यक्ष नकुल उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

महोत्तरी स्थित नेपाल शिक्षक महासंघमा आवद्ध सम्पूर्ण फ्रन्टका पदाधिकारी जेठ ६ गते शनिवार त्रिभुवन मा. वि. मा भेला भइ आन्दोलनका कार्यक्रम बनाइ चरमबद्ध आन्दोलन घोषणा गर्ने नगर अध्यक्ष नकुल उप्रेतीले जानकारी दिएका छन्  ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech