चैत्र १२
नेकपा (माओवादी केन्द्र) समर्थित विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्युँतिएको छ । सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित भएको माओवादी केन्द्र निकट विद्यार्थी संगठन पदाधिकारीको बैठकले बिहीबार पुरानै पदाधिकारी ब्युँताउने निर्णय गरेको हो ।
यसअघि एमाले निकट अनेरास्ववियुसँगको एकताबाट एकीकृत संगठनको नाम अनेरास्ववियू रहेको थियोे ।
अनेरास्ववियू (क्रान्तिकारी) ब्युँतिएपछि पुरानै पदाधिकारी पनि पुनर्जीवित भएको छ। पुरानै पदाधिकारी पुनर्जीवित हुँदा अध्यक्षमा रञ्जित तामाङ , उपाध्यक्षमा सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, विजय गौतम, पञ्चा सिंह, दिपेश पुन, इन्द्र भुषाल, रविकिरण यादव र महासचिवमा उत्तम अधिकारी रहेका छन् ।
यसैगरी उपमहासचिवमा जीपी मैनाली र तुकमान महरा छन् । सचिवमा नरेश रेग्मी , पवन कार्की, मदन भट्टराई, सूर्यनारायण साह, क्षीतिज सापकोटा, नारायण खनाल, अम्मरराज शाही, राजकुमार लिम्बू, अच्युत भट्ट, गजेन्द्र देव, प्रविणा अधिकारी, मदन भुल र कोषाध्यक्षमा केशव रावल रहेका छन् ।
सुर्यनारायण साहको अनुसार चैत्र १४ गते काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठकले नयाँ परिस्थितिमा संगठनले लिनुपर्ने थप योजना र कार्यक्रम ल्याउने उनको भनाइ छ ।