गौशालामा कराते प्रतियोगिता सम्पन्न (फोटो फिचर )

8 महीना पहिले प्रकाशित

(2080-06-13 B.S.)

4927 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला , असोज १३ गते

महोत्तरीको गौशालामा जुनियर कराते प्रतियोगिता सम्पन्न भएको छ । गौशाला नगरपालिका वडा न. २ निगौल स्थित नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलको आयोजनामा भएको जुनियर बेल्ट टेस्ट प्रतियोगितामा राम जानकी इंगलिस बोर्डिंग स्कुलका विद्यार्थीहरु लगायत विभिन्न खेलाडीहरु विजय भएका छन् ।

“स्वास्थ्यका लागि खेलकुद , राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ भएको कराते प्रतियोगितामा गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो , नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलको मधेश प्रदेश अध्यक्ष संजिव चौधरी, वडा न. २ को वडा अध्यक्ष श्याम सुन्दर मण्डल लगायत विभिन्न प्रतिष्पर्धीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा राम जानकी बोर्डिंग स्कुल र गौशाला डोजोका विद्यार्थीलाई कराते टेस्ट गरि ओरेन्ज बेल्ट प्रदान गरिएको नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलको मधेश प्रदेश अध्यक्ष संजिव चौधरीले जानकारी दिए । उत्कृष्ट खेल्ने विद्यार्थीहरुलाई नगर प्रमुख महतोद्वारा ओरेन्ज बेल्ट प्रदान गरिएको छ ।

कार्यक्रममा आफ्नो मन्तव्य दिदै नगर प्रमुख महतोले गौशाला नगरपालिकाका इच्छुक सम्पूर्ण विद्यार्थीहरुलाई कराते लगायत यस्ता विभिन्न खेलकुदहरु प्रति अग्रसर गराउनु आवश्यक रहेको बताए । उनले भने , "खेल स्वास्थ्यको लागि अपरिहार्य छ । साथै यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नाम स्थापित गर्न सहज हुन्छ । त्यसैले गौशाला नगरपालिकाले खेलकुदमा पनि आवश्यक अनुसार लगानी गर्ने कुरामा म प्रतिवद्ध छु ।"

नगर प्रमुख महतोले गौशालामा कराते लगायत विभिन्न खेलकुदहरु हुने व्यवस्थापन गर्नको लागि सक्दो प्रयास गर्ने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..

निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..

1 दिन पहिले

शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते  नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव..

6 दिन पहिले

महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा

निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..

8 दिन पहिले

संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र

महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..

8 दिन पहिले

सम्सी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप सुरु

निरन्जन कुमार साह  महोत्तरी , पुष ३ गते  महोत्तरीको सम्सी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप शुरुभएको छ  । स..

5 महीना पहिले

महोतरीमा राष्ट्रिय पुरुष भलिबलकालागि खेलाडी छानिए 

सन्तोष सिंह , महोतरी । महोतरीमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागि हुने खेलाडी छनौट गरेको छ । नेपाल भलि..

5 महीना पहिले

महोत्तरीमा प्रदेश स्तरीय पुरुष भलिबल कप २०८० संचालन

निरन्जन कुमार साह  महोत्तरी , कार्तिक २९ गते महोत्तरीको भंगहामा प्रदेश स्तरीय भलिबल खेलकुद प्रतियोगिता सुरु ..

6 महीना पहिले

कटरैतले उचाल्यो मुन्नी मिश्रि भलिबलको उपाधि

महोत्तरी , कार्तिक ११ गते  महोत्तरीको गौशाला नगरपालिका वडा न. १२ कान्तिबजारमा सम्पन दोश्रो ‘स्व. मुन्नी मिश्र..

7 महीना पहिले

दाेश्राे  मुन्नी मिश्रि स्मृति पुरुष भलिबलकाे घाेषणा, प..

गौशाला , असोज २२ गते महोतरीको गौशाला - १२ कान्तिबजारमा दाेश्राे  मुन्नी मिश्रि स्मृति पुरुष भलिबल आयाेजना हुन..

7 महीना पहिले

भारतले जित्यो श्रीलङ्काविरुद्धको टी-२० सिरिज

श्रीलङ्काविरुद्धको टी – २० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ। यो जितसँगै भारत..

1 वर्ष पहिले