महोत्तरीमा प्रदेश स्तरीय पुरुष भलिबल कप २०८० संचालन

6 महीना पहिले प्रकाशित

(2080-07-29 B.S.)

3948 पटक देखिएको

निरन्जन कुमार साह 

महोत्तरी , कार्तिक २९ गते

महोत्तरीको भंगहामा प्रदेश स्तरीय भलिबल खेलकुद प्रतियोगिता सुरु भएको छ । बुधबार देखि भंगहा नगरपालिका -७ गोरहन्ना स्थित जिल्ला भलिबल संघको आयोजनामा श्री नारायण मा. वि. को प्राङ्गणमा  प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन शत्रमा आफ्नो मन्तव्य दिदै महोत्तरी जिल्ला भलिबल संघका अध्यक्ष रामकरण चौधरीले स्वास्थका लागि खेलकुद आवश्यक रहेको बताउनु भयो । राष्ट्रको सुदृढीकरणका लागि खेलाडीहरुको सिर्जना हुनु आवश्यक छ भने स्थानीय सरकार लगायत प्रदेश सरकारले पनि खेलमा लगानी गर्न आवश्यक रहेको उहाँ भनाइ थियो । खेल मानव जिवनको अभिन्न अंग हो , उहाँ भन्नुहुन्छ , " खेल सबै जातजाती ,धर्म एवं समुदाय वर्गको लागि अपरिहार्य छ यसले मानिसलाई अनुशासन कायम गर्न ठुलो भुमिका निर्वाह गरेको हुन्छ तसर्थ सम्पुर्ण सरोकारवालावाला निकायले खेलमा र खेलाडीको लागि लगानी साथै प्रोत्साहन प्रदान गर्न जरुरी छ । "

कार्यक्रममा भलिबल संघका मधेस प्रदेश अध्यक्ष ज्ञानेन्द्र प्रसाद यादवले महोत्तरी जिल्लामा भलिबल प्रतियोगिता सुरु गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । मधेसमा भएका विभेद अन्त्य गरि समतामूलक समाज निर्माण गरि महिलाहरुलाई विभिन्न अवसर प्रदान गरेमा मधेसका महिलाहरु आगाडी बढ्ने बताउनु भयो । भलिबलको संस्थागत विकास गर्नु आवश्यक छ, उहाँ भन्नुहुन्छ , " मधेस प्रदेशले पनि उत्कृष्ट खेलाडी सिर्जना गर्न सक्नुपर्छ । जिम्मेवार नागरिक उत्पादनका लागि खेल आवश्यक रहेको छ । खेलकुद विना अध्ययन पनि अधुरो  छ । हामीले त्यसको लागि केही नीति , केही योजनाहरु ल्याउन आवश्यक छ । देश विकासको लागि खेलकुद देखि लिएर हरेक क्षेत्रको विकास हुनु जरुरी छ।"

त्यसैगरि युवाहरुमा भएका प्रतिभालाई उजागर गर्नु आवश्यक रहेको समेत यादवले बताउनु भयो । खेलकुदको विकास गर्नु त्यति सहज नभएपनि हाम्रो संयुक्त प्रयासले यो सम्भव रहेको पनि उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित प्रदेश सांसद तथा पुर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साहले युवा वर्गहरूलाई लागु औषधको दुर्व्यसनबाट बचाउनको लागि समय सापेक्ष खेल सम्बन्धि विभिन्न प्रतियोगिताहरु संचालन हुन आवश्यक रहेको औंल्याउनु भयो । अहिलेका युवाहरु लागू औषधको दुर्व्यसनमा बढी पर्ने गरेका छन , उहाँले भन्नुभयो , " कुलतबाट युवाहरूविचको दुरि कायम गर्न खेल जरुरी छ । खेलले स्वास्थ्य निरोगी मनस्थिति कायम गर्नुको साथै शारीरिक , मानसिक विकासमा टेवा पुर्याउछ । मनोरञ्जन समेत प्रदान गर्ने भएकाले यसको निकै महत्त्व छ ।"

उद्घाटन समारोहमा मधेस प्रदेशका सांसद तथा पुर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साह , महोत्तरी जिल्ला भलिबल संघको अध्यक्ष रामकरण चौधरी , उपाध्यक्ष ज्ञानेन्द्र कुमार यादव , प्रदेश भलिबल संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद यादव , कार्यपालिका सदस्य राजदेव प्रसाद सिंह लगायत विभिन्न खेलाडी ,खेलप्रेमी ,समाजसेवि ,जनसमुदायको सहभागीता थियो ।

पहिल दिनको खेलमा आज सर्लाहीबाट श्री लक्ष्मीनाथ युवा क्ल्ब  र धनुषा जिल्लाबाट धनुषा जिल्ला भलिबल संघ विच प्रतिस्पर्धा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..

निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..

1 दिन पहिले

शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते  नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव..

6 दिन पहिले

महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा

निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..

8 दिन पहिले

संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र

महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..

9 दिन पहिले

सम्सी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप सुरु

निरन्जन कुमार साह  महोत्तरी , पुष ३ गते  महोत्तरीको सम्सी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप शुरुभएको छ  । स..

5 महीना पहिले

महोतरीमा राष्ट्रिय पुरुष भलिबलकालागि खेलाडी छानिए 

सन्तोष सिंह , महोतरी । महोतरीमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागि हुने खेलाडी छनौट गरेको छ । नेपाल भलि..

5 महीना पहिले

कटरैतले उचाल्यो मुन्नी मिश्रि भलिबलको उपाधि

महोत्तरी , कार्तिक ११ गते  महोत्तरीको गौशाला नगरपालिका वडा न. १२ कान्तिबजारमा सम्पन दोश्रो ‘स्व. मुन्नी मिश्र..

7 महीना पहिले

दाेश्राे  मुन्नी मिश्रि स्मृति पुरुष भलिबलकाे घाेषणा, प..

गौशाला , असोज २२ गते महोतरीको गौशाला - १२ कान्तिबजारमा दाेश्राे  मुन्नी मिश्रि स्मृति पुरुष भलिबल आयाेजना हुन..

7 महीना पहिले

गौशालामा कराते प्रतियोगिता सम्पन्न (फोटो फिचर )

निरन्जन कुमार साह गौशाला , असोज १३ गते महोत्तरीको गौशालामा जुनियर कराते प्रतियोगिता सम्पन्न भएको छ । गौशाला ..

8 महीना पहिले

भारतले जित्यो श्रीलङ्काविरुद्धको टी-२० सिरिज

श्रीलङ्काविरुद्धको टी – २० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ। यो जितसँगै भारत..

1 वर्ष पहिले