'चिन्ताले निन्द्रै आउँदैन कहिलेकाहीं'
2 वर्ष पहिले प्रकाशित
(2081-03-31 B.S.)
846 पटक देखिएको
नेहा कुमारी साह
गाउँ समाजमा सबै मानिसको आ-आफ्नै रहन सहन हुन्छ भने जीविकोपार्जनको तरिका पनि फरक फरक हुन्छ । वर्तमान समयमा हाम्रो गाउँ समाजमा रहेका विभिन्न सामाजिक, सांस्कृतिक, राजनीतिक एवं आर्थिक सँग सम्बन्धित समस्याले मानिसलाई निकै प्रभाव पारेको छ । त्यस्ता प्रभावहरु खेपेर बसिरहेका जनसमुदायको धारणा , विचार , रहन , मौलिकपनलाई उदृढ गर्दै उनीहरुको आवाज प्रस्तुत गर्न तयार गरिएको –जनताको आवाज ।
“महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ सुर्तिबिकास चोकस्थित घर भएकी ६० वर्षकी साइलो देवी श्रीमान वितिसकेको एक एकल महिला हुन् उनि दुइ सन्तानकी आमा हुन् श्रीमान् वितिसकेपछी विभिन्न चरणमा अभावै आभाव खेपेकी उनि बताउँछिन् । जनताको आवाजमा आज उनैसँगको कुराकानी प्रस्तुत गरेका छौं ।
सन्चै हुनुहुन्छ ,साँची कति उमेरको पुग्नुभयो ?
ठिकै छु भन्नुपर्यो । म त अहिले ६० वर्षकि छु सायद तर बुढो नी भए । स्वास्थ्यमा पनि अलि समस्या छ । त्यहि भएर बुढी जस्तो देखिएको छु ।
घरमा को को हुनुहुन्छ ?
छोरा र म छु । छोरीको चाहि ऋण लिएर बिवाह गरेर अहिले उ आफ्नो ससुरालीमा बसिरहेको छ ।
घरपरिवार चलाउन के गर्नुहुन्छ ?
मेरो त न खेत छ, न त कोहि आफ्नो छ । म आफै अरुको खेतमा गएर ज्याला मजदुरी गर्छु । धेरै गार्हो छ । जति घाम भएनि , पानी परेपनि चाहे हुरीबतास आए पनि आफ्नो ज्यालामा काम गर्न जानै पर्छ । किनकी गइन भने एक छाक पनि खान धौधौ हुन्छ । अनि आफु एक्लो नभई एउटा छोरा पनि छ । उसको पढाई लेखाई छ । उसको खानपिन , लुगाफाटा , स्वास्थ्य सब त्यहि मजदुरीबाट गरिरको छु । यसपाली छोरालाइ मेट्रिक दिन त लगाए तर अगाडिको पढाइ कहाँबाट पुरा गराउछु थाहा छैन ।
श्रीमान नहुदा के के कुरामा समस्या भएको छ , दु:ख छ कि ?
के दु:ख हुन्छ र ! श्रीमान हुदा पनि त्यस्तै थियो र नहुदा पनि त्यस्तै छ । श्रीमान हुँदा दिन भरि गाउँ डुलि बस्ने , न काम गर्ने न काम गर्न दिने । रक्सीको तालमा दिन भरि नाची रहने गर्थ्यो ।मैले काम गरेको ठाउँमा पुगेर हल्ला फसाद गर्थ्यो र मलाइ पनि काम गर्न दिदैन थियो र आफु पनि गर्दैनथ्यो । बरु श्रीमान नहुदा नै ठिक छ । आफै कमाएर छोरालाइ पालिराको छु । श्रीमान हुदा पनि केहि सुख थिएन ।
छोराछोरीले कत्तिको ख्याल गर्छन ?
छोरी त ससुरालीमा छ तर त्याहाँ भए पनि मलाइ कुनै समस्या बेला परेको बेला ख्याल गर्छे । कहिलेकाहीं सन्चो नहुदा अनि काममा नगाको बेला छोरीले आफनो श्रीमानसंग लुकेर मलाइ पैसा दिनेगरेकी छे । छोराले पनि म काममा गाको बेला घरको सम्पूर्ण काम गरेर मलाइ सघाउने गरेको छ ।
तपाइको स्वास्थ्यमा केहि समस्या छ कि ?
बिरामी नै छु नि ! मुटुमा समस्या छ । जसोतसो दबाई खान्छु। चार वर्षदेखि विरामी छु । मजदुरीको पैसाबाट दबाई गराउँछु। दबाई किन्न पनि सधैं पैसा पुग्दैन। गरिब जिन्दगी पनि के गर्नु !
मजदुरीको काम गर्दा निकै गार्हो हुन्छ होला ?
धेरै काम गरेर आएको दिन थकाइ पनि धेरै भएको हुन्छ। कहिलेकाहीँ आफ्नो दुःख सम्झेर पिर हुन्छ । फेरि ऋणमहाजन पनि छ। टेन्सनले निद्रै आइरहेको हुँदैन कहिलेकाहीँ।
रमाइलोको लागि के गर्नुहुन्छ ?
पैसा नै छैन , के रमाइलो गर्नु ? केही पनि गर्दिनँ । दिनभर मजदुरी गर्छु, खान्छु। पुँजी भएपछि न केही गर्छु । गाउँमा मान्छेहरूलाई देख्छु, कोही बाबाधाम जान्छन्, कोही रङबिरङका खानेकुरा खान्छन्, छोराछोरी पढाउँछन्। मन त मलाई पनि हुन्छ तर पैसै छैन।
तपाइलाई सबैभन्दा बढी के खान मन लाग्छ ?
पैसा हुदा चाही सबै भन्दा मन पर्ने खानेकुरा पुरी तरकारी र रसगुल्ला मिठाई मन पर्छ ।
कहिले खानु भाको थियो पुरी तरकारी र रसगुल्ला ?
जुडशितलको दिनमा पुरी तरकारी पकाएको थिए र आफ्नो कमाइको पैसाले आधा पाउ रसगुल्ला मिठाई ल्याएको थिए ।त्यहाँ देखि अहिलेसम्म खान जुरेन ।
मजदुरीबाट राम्रो कमाइ भयो भने के गर्नुहुन्थ्यो ?
म संग कमाइको पैसा धेरै भयो भने म आफ्नो छोरालाई अगाडिको पढाई गराउछु । र केहि पैसाको व्यापार स्यापार गर्न गर्ने लक्ष्य रहेको छ ।
जीवनमा सबैभन्दा बढी दु:ख कहिले भयो जस्तो लाग्छ ?
मेरो जिन्दगीमा दु:खै दु:ख छ तर आजसम्म मैले कसैलाई सुनाइन, कसैलाई भनिन पनि र किन अरुलाई भन्नु अरुलाई ! भन्दा मेरो सहयोग नगरी झन् मेरो दु:खमा हास्ने गरेका छन् । मलाई समस्या परेको बेला ताली बजाउने गरेका छन् तर मैले हार नमानी आफ्नो हरेक पाईला आगाडी सारेको छु र आफ्नो दु: ख कस्टहरुको आफै सामना गरिरहेको छु । मेरो जीवनको सबैभन्दा ठुलो दु:खको दिन चाहीं छोरीको विवाहको भएको दिन थियो । घरको आँगनमा जन्ती आइसकेको थियो तर म संग एक सुको पैसा थिएँन । त्यस बेला मेरो पुर्खौली जमिन ...हालेर ऋण लिएर छोरीको विवाह गरेको थिए ।
सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
बिजनेस–व्यापार गर्न पुँजी दियोस्। सरकारी स्कुलमा पढाइ हुँदैन, बोर्डिङमा धेरै पैसा लाग्छ, तिर्न सकेको छैन। सरकारी स्कुलमा राम्रो पढाइ भए हुन्थ्यो। सरकारले गाउँमा सडक बनाइदिनुपर्छ। मेरो घरमा खरको छानो छ, वर्षा हुँदा चुहिन्छ। जस्ताको छानो भएदिए हुन्थ्यो जस्तो लाग्छ। अनि हामीहरु जस्तो गरिबलाइ हेरीदिओस् ।
मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चाल..
रोहित यादव गौशाला, फागुन १ गते । गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब ..
1 दिन पहिले
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..
1 दिन पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..
2 दिन पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
3 दिन पहिले
मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक
महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..
6 दिन पहिले
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..
6 दिन पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
18 दिन पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
1 महीना पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
1 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
1 महीना पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
1 महीना पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र ..
जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..
महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम..
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपाल..
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्..
कमेन्ट गर्नुहोस्
view comments