मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जामुनको आग्रह

10 महीना पहिले प्रकाशित

(2082-07-23 B.S.)

676 पटक देखिएको

Bhagyarekha Thakur

ममता शर्मा

महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्दी, ज्वरो र अन्य संक्रमणजन्य रोगका बिरामीको संख्या तीव्र गतिमा बढिरहेको छ। प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुन प्रसाद सिंहका अनुसार अहिले अस्पतालमा दैनिक करिब दुई हजार बिरामी यस्ता समस्याका कारण उपचारका लागि आइपुगिरहेका छन्। उहाँका अनुसार चिसो सुरु भएपछि शरीरको तापक्रम घट्ने र प्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले सानो संक्रमण पनि छिट्टै फैलिन सक्छ। विशेष गरी बालबालिका, बृद्धबृद्धा र दीर्घ रोगका बिरामीहरू बढी प्रभावित भएको पाइएको छ।

डा. सिंहले मौसम परिवर्तनका बेला स्वास्थ्यमा पर्ने असरबाट जोगिनका लागि सचेत रहन सबैमा आग्रह गर्नुभएको छ। उहाँका अनुसार तापक्रममा हुने अचानक परिवर्तन, धुलो धुँवा र प्रदूषण, पर्याप्त तातो कपडा नलगाउने, पौष्टिक आहार नखाने र पानी कम पिउने जस्ता कारणले रोगको संक्रमण बढ्ने गर्छ। चिसो मौसममा रुघाखोकी, ज्वरो, दम, एलर्जी, छालासम्बन्धी समस्या, जोर्नी दुखाइ र भाइरल संक्रमणजस्ता समस्या बढ्ने भएकाले स्वास्थ्य सावधानी अनिवार्य भएको उहाँले बताउनुभयो।

डा. सिंहले जनतालाई तातो कपडा लगाउने, तातो पानी पिउने, पौष्टिक खाना खाने, भीडभाडमा मास्कको प्रयोग गर्ने, हात मिची–मिची धुने र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। साथै बिहानको घाममा बस्ने, हल्का व्यायाम गर्ने र शरीरलाई न्यानो राख्ने बानीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने पनि उहाँको भनाइ छ। कुनै लक्षण देखा परेमा चिकित्सकको सल्लाह लिनु र औषधि स्वप्रयोग नगर्नु पर्नेमा उहाँले जोड दिनुभएको छ।

डा. सिंहका अनुसार मौसम परिवर्तन स्वाभाविक प्रक्रिया भए पनि त्यसका असरबाट बच्न सचेतता र सावधानी अत्यन्त जरुरी छ। समयमै स्वास्थ्यप्रति ध्यान दिएर सानो सावधानी अपनाउँदा धेरैजसो संक्रमणजन्य रोगहरूबाट सजिलै जोगिन सकिने उहाँले बताउनुभयो। उहाँले विशेष गरी बालबालिका र वृद्धहरूको हेरचाहमा लापरबाही नगर्न अभिभावकहरूलाई अनुरोध गर्दै सबैलाई स्वस्थ रहन र हरेक परिवर्तनमा सतर्क रहन आग्रह गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

16 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

18 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

19 दिन पहिले