आफ्नै प्रेमिकाद्वारा  प्रिन्सिपलको  हत्या 

3 वर्ष पहिले प्रकाशित

(2080-07-14 B.S.)

5085 पटक देखिएको

बारा, कार्तिक १४
बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नियन्त्रणमा लिएको छ ।
बारा प्रहरीले हत्या आरोपमा पक्राउ परेका ६ जनाको बयान लिने कार्य थालेको छ । बारा प्रहरीले थालेको प्रारम्भिक अनुसन्धानकै क्रममा प्रिन्सिपल रुपेश सर्राफको हत्याकाण्डले नयाँ मोड लिएको हो ।
विवाहित रहेको प्रिन्सिपल सर्राफलाई उनकै प्रेमिकाले हत्या गराउनमा अर्का प्रेमीलाई सहयोग गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बारा प्रहरीले जनाएको छ ।कलैयास्थित बाल एकता बोर्डिंग स्कुलका प्रिन्सिपल सर्राफको हत्यामा एक महिलासहित ६ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनाए अनुसार प्रिन्सिपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा रहेको र सो महिलाका अर्का प्रेमीले सर्राफको हत्या गरेको हुनसक्ने शंका व्यक्त गरे ।
प्रहरी उपरीक्षक काफ्लेले विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि रिलेसनसीपमा थिइन् भने सो पुरूषले नै सर्राफलाई ती महिलासँगको प्रेम सम्बन्ध तोड्न बारम्बार चेतावनीसहित दबाब दिदै आएका थिए ।
प्रहरी उपरीक्षक काफ्लेले महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौँ २८ मा पनि सर्राफको हत्या गर्ने प्रयास गरेको बताए ।
प्रिन्सिपल सर्राफको हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको भन्दै पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि सर्राफको हत्या गर्न सहयोग गरेको बयानबाट पनि पुष्टि भएको उनको भनाइ छ ।
सोमबार दिउँसो साढे १२ बजे तर्फ स्कुल नजिकै सडकमा मोटरसाइकलमा घर तर्फ जाँदै गरेका प्रधानाध्यापक सर्राफमाथि भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्याक्तिहरुले गोली हानेर फरार भएका थिए ।
३५ वर्षिय सर्राफको छाती र पेटमा गरी तीन राउन्ड गोली लागेपछि उनी घाइते भइ ढलेको थियो । स्थानीयवासीहरुले तत्कालै उनको उद्धार गरी कलैयास्थित प्रादेशिक अस्पतालमा लगेपनि त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजस्थित नारायणी बयोधा मेडिसटी हस्पिटलमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

9 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

10 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

15 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

23 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

23 दिन पहिले

महोत्सवबाट १८ जना पाकेटमार पक्राउ

जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..

3 वर्ष पहिले

सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने 

मङ्सिर २७ गते  सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ।  महोत्तरीको क्षेत्र न.  १ को प्रति..

3 वर्ष पहिले

गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..

गौशाला मङ्सिर ८ गते  महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..

3 वर्ष पहिले

गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी 

निरन्जन कुमार साह  गौशाला , मङ्सिर ५  गते  महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..

3 वर्ष पहिले

 गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..

महोत्तरी, कार्तिक २१ गते  बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..

3 वर्ष पहिले

हत्या आरोपमा महोत्तरीबाट दुईजना भारतीय पक्राउ

महोत्तरी, कार्तिक १० गते  महोत्तरीमा हत्या आरोपमा दुईजना भारतीय युवकहरुलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरु..

3 वर्ष पहिले