असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महोत्तरीका बासिन्दालाई सतर्क रहन आग्रह

1 घन्टा पहिले प्रकाशित

(2083-06-06 B.S.)

26 पटक देखिएको

रेजीना गजमेर, महोत्तरी ।

महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। गौशाला नगरपालिकाले मंगलबार सूचना जारी गर्दै सचेत रहन स्थानीय वासीलाई आग्रह गरेको छ ।  विशेषगरी असोज ९ गतेदेखि ११ गतेसम्म वर्षाको गतिविधि बढ्न सक्ने भएकाले स्थानीय बासिन्दाले मौसमको पछिल्लो सूचना हेरेर मात्रै आफ्नो दैनिक कामको योजना बनाउनुपर्ने देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज असोज ६ र भोलि असोज ७ गते देशका विभिन्न स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। त्यसपछि असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म मधेश प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले विशेष मौसम बुलेटिनमार्फत जनाएको छ।

विभागले मौसम प्रणालीको निरन्तर निगरानी भइरहेको र अवस्था परिवर्तन हुन सक्ने भएकाले पछिल्लो पूर्वानुमान तथा चेतावनीलाई ध्यान दिन आग्रह गरेको छ।

यसको प्रभाव महोत्तरीमा पनि पर्न सक्ने भएकाले गौशाला नगरपालिका तथा आसपासका बासिन्दाले विशेषगरी असोज ९ देखि ११ गतेसम्म सावधानी अपनाउनुपर्ने देखिन्छ। भारी वर्षा भएको अवस्थामा स्थानीय खोला, खहरे तथा नदीमा पानीको बहाव बढ्न सक्ने र होचा तथा डुबानको जोखिम भएका स्थानमा पानी जम्न सक्ने भएकाले अनावश्यक आवतजावत नगर्नु उचित हुन्छ।

वर्षासँगै चट्याङ र हावाहुरीको सम्भावना रहेकाले खुला खेत, चौर वा अग्लो स्थानमा नबस्न, रुखमुनि ओत नलाग्न तथा विद्युतका तार र पोलबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरिन्छ।

किसान दाजुभाइ–दिदीबहिनीहरूले पनि विशेष सावधानी अपनाउनुपर्नेछ। काटेर खेतमा राखिएको बाली भए सुरक्षित स्थानमा राख्ने, सुकाउँदै गरेको कृषि उपजलाई पानीबाट जोगाउने र मल तथा विषादी प्रयोग गर्नुअघि तत्कालको मौसम अवस्था बुझ्ने गर्नु उपयुक्त हुन्छ। पशुचौपायालाई समेत सुरक्षित र पानी नजम्ने स्थानमा राख्न ध्यान दिनुपर्छ।

यात्रा गर्ने सर्वसाधारणले पनि वर्षाको समयमा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा पानीको बहाव बढेको सडक, पुल वा खोलाबाट जोखिम मोलेर आवतजावत नगर्न अनुरोध गरिन्छ।

मौसमको अवस्था लगातार परिवर्तन भइरहन सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले नियमित रूपमा नयाँ मौसम पूर्वानुमान तथा चेतावनी हेर्न आग्रह गरेको छ। मौसम तथा बाढीसम्बन्धी थप जानकारीका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिन्छ। विभागका अनुसार ११५५ मा मौसम पूर्वानुमानका लागि १ र बाढीसम्बन्धी पूर्वसूचनाका लागि २ थिच्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

1 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले