महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार जना पक्राउ
2 महीना पहिले प्रकाशित
(2083-05-30 B.S.)
295 पटक देखिएको
गुरिया यादव
महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्याङ्कमा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।
भंगहा नगरपालिका–६ निवासी अशोक कुमार वातरका २२ वर्षीय छोरा विवेक कुमार सरदार भदौ १५ गते दिउँसो करिब १२ बजे जलेश्वर नगरपालिका–११ पिगौनस्थित आफ्नी दिदीको घरबाट बा ३१ प ६१३८ नम्बरको मोटरसाइकल लिएर घरतर्फ हिँडेका थिए। तर उनी घर नपुगेपछि परिवारले खोजतलास सुरु गरेको थियो।
विवेकको अवस्था पत्ता नलागेपछि परिवारले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा खोजतलासका लागि हुलिया निवेदन दिएका थिए। त्यसपछि प्रहरीले हुलिया परिपत्र गर्नुका साथै सीसीटीभी फुटेज विश्लेषण, प्राविधिक विश्लेषणलगायतका प्रविधिको प्रयोग गरेर अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा विवेक भदौ १५ गते बलवा नगरपालिका–७ स्थित बनौटा गाउँबाटै हराएको देखिएको थियो। त्यसपछि प्रहरीले उनको आवतजावत, सम्पर्क तथा घटनासँग जोडिन सक्ने व्यक्तिहरूबारे अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा विवेक र बलवा नगरपालिका–७ निवासी २२ वर्षीया सोनु कुमारी ठाकुरबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ। यही प्रेम सम्बन्धको विषयलाई लिएर पक्राउ परेका व्यक्तिहरूले योजना बनाई विवेकलाई झुक्याएर घरमा बोलाएको र त्यसपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।
हत्या गरेर शव नौ टुक्रा पारिएको प्रहरीको दाबी
प्रहरीका अनुसार विवेकको हत्या गरेपछि शव लुकाउने उद्देश्यले फलामको दाउ प्रयोग गरी शरीरलाई नौ टुक्रा पारिएको थियो। त्यसपछि शवका टुक्राहरू घर पछाडिको शौचालयको सेफ्टी ट्याङ्कमा हालेर लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानका क्रममा प्रहरीले बलवा नगरपालिका–७ बनौटा टोलका ५८ वर्षीय अशोक कुमार ठाकुर, सोही ठाउँकी २२ वर्षीया सोनु कुमारी ठाकुर, ५० वर्षीया रामकली देवी ठाकुर र महोत्तरी गाउँपालिका–५ का २८ वर्षीय सियाराम शर्मालाई भदौ २६ गते पक्राउ गरेको हो।
प्रहरीका अनुसार सोनु कुमारी ठाकुर जितेन्द्र कुमार ठाकुरकी श्रीमती हुन्। यस्तै, रामकली देवी ठाकुर अशोक कुमार ठाकुरकी श्रीमती रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। घटनामा पक्राउ परेका चारै जनाको भूमिका र उनीहरूको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
पक्राउ परेका चारै जनालाई पक्राउ मितिबाट लागू हुने गरी महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ। उनीहरूलाई हिरासतमा राखेर घटनाको विस्तृत कारण, हत्याको योजना, प्रत्येक आरोपितको भूमिका तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
19 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
19 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
28 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
1 महीना पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 महीना पहिले
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
19 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
19 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
28 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
1 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 महीना पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments