महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार जना पक्राउ

6 घन्टा पहिले प्रकाशित

(2083-05-30 B.S.)

86 पटक देखिएको

गुरिया यादव

महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्याङ्कमा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

भंगहा नगरपालिका–६ निवासी अशोक कुमार वातरका २२ वर्षीय छोरा विवेक कुमार सरदार भदौ १५ गते दिउँसो करिब १२ बजे जलेश्वर नगरपालिका–११ पिगौनस्थित आफ्नी दिदीको घरबाट बा ३१ प ६१३८ नम्बरको मोटरसाइकल लिएर घरतर्फ हिँडेका थिए। तर उनी घर नपुगेपछि परिवारले खोजतलास सुरु गरेको थियो।

विवेकको अवस्था पत्ता नलागेपछि परिवारले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा खोजतलासका लागि हुलिया निवेदन दिएका थिए। त्यसपछि प्रहरीले हुलिया परिपत्र गर्नुका साथै सीसीटीभी फुटेज विश्लेषण, प्राविधिक विश्लेषणलगायतका प्रविधिको प्रयोग गरेर अनुसन्धान अघि बढाएको थियो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा विवेक भदौ १५ गते बलवा नगरपालिका–७ स्थित बनौटा गाउँबाटै हराएको देखिएको थियो। त्यसपछि प्रहरीले उनको आवतजावत, सम्पर्क तथा घटनासँग जोडिन सक्ने व्यक्तिहरूबारे अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा विवेक र बलवा नगरपालिका–७ निवासी २२ वर्षीया सोनु कुमारी ठाकुरबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ। यही प्रेम सम्बन्धको विषयलाई लिएर पक्राउ परेका व्यक्तिहरूले योजना बनाई विवेकलाई झुक्याएर घरमा बोलाएको र त्यसपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।

हत्या गरेर शव नौ टुक्रा पारिएको प्रहरीको दाबी
प्रहरीका अनुसार विवेकको हत्या गरेपछि शव लुकाउने उद्देश्यले फलामको दाउ प्रयोग गरी शरीरलाई नौ टुक्रा पारिएको थियो। त्यसपछि शवका टुक्राहरू घर पछाडिको शौचालयको सेफ्टी ट्याङ्कमा हालेर लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका क्रममा प्रहरीले बलवा नगरपालिका–७ बनौटा टोलका ५८ वर्षीय अशोक कुमार ठाकुर, सोही ठाउँकी २२ वर्षीया सोनु कुमारी ठाकुर, ५० वर्षीया रामकली देवी ठाकुर र महोत्तरी गाउँपालिका–५ का २८ वर्षीय सियाराम शर्मालाई भदौ २६ गते पक्राउ गरेको हो।

प्रहरीका अनुसार सोनु कुमारी ठाकुर जितेन्द्र कुमार ठाकुरकी श्रीमती हुन्। यस्तै, रामकली देवी ठाकुर अशोक कुमार ठाकुरकी श्रीमती रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। घटनामा पक्राउ परेका चारै जनाको भूमिका र उनीहरूको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

पक्राउ परेका चारै जनालाई पक्राउ मितिबाट लागू हुने गरी महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ। उनीहरूलाई हिरासतमा राखेर घटनाको विस्तृत कारण, हत्याको योजना, प्रत्येक आरोपितको भूमिका तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

6 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले