जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र परिवारको सुख–शान्तिको कामना
7 घन्टा पहिले प्रकाशित
(2083-06-16 B.S.)
58 पटक देखिएको
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शान्ति तथा परिवारको समृद्धिको कामना गर्दै मनाउने जितिया पर्व यस वर्ष पनि श्रद्धा र उत्साहका साथ मनाइदै छ ।
विशेषगरी मैथिली तथा थारू समुदायमा महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने जितिया तीन दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाउने गरिन्छ। पर्वको पहिलो दिनलाई नहाय–खाय, दोस्रो दिनलाई उपवास तथा पूजा र तेस्रो दिनलाई पारण गर्ने दिनका रूपमा लिने गरिन्छ। स्थान, समुदाय तथा पारिवारिक परम्पराअनुसार पूजा विधि र चढाइने सामग्रीमा केही भिन्नता पाइन्छ।
गौशालाको स्थानीय महिला शोभा कुमारी राउतका अनुसार जितियाको पहिलो दिन महिलाहरू बिहानै नदी, पोखरी वा अन्य जलाशयमा गई स्नान गरेर नयाँ कपडा लगाउने र पूजाका सामग्रीसहित घिरौलाको पातमा तेल, खैरलगायतका सामग्री चढाउने परम्परा छ।
उहाँका अनुसार व्रत बस्ने दिन महिलाहरू बिहानै उठेर पूजा सामग्री तयार गर्छन्। “नहाउने–खुवाउने दिन नयाँ लुगा लगाएर घिरौलाको पातमा तेल र खैर चढाउने गर्छौँ। जितियाको व्रत बस्ने दिन बिहानै तीन–चार बजेतिर उठेर घिरौलाको पातमा दही, चिउरा, मिठाइलगायतका सामग्री चढाउँछौँ,” उहाँले भन्नुभयो।
जितियाको व्रतका क्रममा महिलाहरू एक ठाउँमा भेला भएर भगवान् जिमुतवाहन अर्थात् जितवाहनसँग सम्बन्धित धार्मिक तथा पौराणिक कथा सुन्ने र पूजा गर्ने चलन छ। धार्मिक मान्यताअनुसार जितवाहनको पूजा तथा व्रत गरेमा सन्तानलाई संकटबाट जोगाउन सकिने तथा उनीहरूको दीर्घायु र सुख–समृद्धि हुने विश्वास गरिन्छ।
व्रतको दिन महिलाहरूले दिनभर उपवास बस्ने गर्छन्। कतिपय समुदायमा पानीसमेत नखाई निराहार बस्ने परम्परा रहेको स्थानीय महिलाहरू बताउँछन्। साँझ पुनः नदी, पोखरी वा जलाशयमा गई स्नान गरेर घिरौलाको पातमा तेल, खैर, बेलपत्रलगायतका सामग्री चढाई पूजा गर्ने चलन रहेको राउतले बताउनुभयो।
पर्वको अन्तिम दिन अर्थात् पारणका दिन बिहानै स्नान गरी विभिन्न परिकार तथा प्रसाद तयार गरिन्छ। घिरौलाको पात वा अन्य पवित्र पातमा खिर, केरा, चिउरा, दही, मिठाइलगायतका सामग्री चढाएर पूजा गरेपछि विधिपूर्वक व्रत समापन गर्ने परम्परा रहेको छ।
गौशाला नगरपालिका–६ की शोषिला यादवका अनुसार जितिया पर्व महिलाको आस्था, विश्वास र पारिवारिक मायासँग जोडिएको महत्वपूर्ण पर्व हो। उहाँका अनुसार विशेषगरी आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य र सुरक्षाका लागि महिलाहरू व्रत बस्ने गर्छन्।
“हाम्रो श्रीमान्को आयु लामो होस्, छोरा–छोरी स्वस्थ र सुरक्षित रहून्, परिवारका सबै सदस्य मिलेर सुख–शान्तिसँग बस्न पाऊन् भन्ने कामनाले हामी जितिया पर्वको व्रत बस्छौँ,” यादवले भन्नुभयो।
उहाँका अनुसार जितिया पर्व सन्तानको सुख र दीर्घायुका लागि मात्र नभई श्रीमान्को स्वास्थ्य, परिवारको सुख–शान्ति तथा समृद्धिको कामनासँग पनि जोडिएको छ।
जितिया पर्वको मुख्य धार्मिक भावना सन्तानको दीर्घायु, स्वास्थ्य तथा परिवारको सुख–शान्तिको कामना गर्नु भए पनि पछिल्लो समय पर्व मनाउने शैलीमा केही परिवर्तन आएको स्थानीय महिलाहरू बताउँछन्। नयाँ पुस्तासँगै पूजा सामग्री तथा कतिपय विधिमा परिवर्तन देखिए पनि सन्तान र परिवारको सुख–शान्तिको कामना गर्ने मूल भावना भने कायमै रहेको उनीहरूको भनाइ छ।
जितियाको अवसरमा माइती आएका छोरी–चेली, दिदीबहिनी तथा आफन्तबीच भेटघाट हुने भएकाले यस पर्वले पारिवारिक तथा सामाजिक सम्बन्धलाई समेत बलियो बनाउने गरेको पाइन्छ। सामूहिक रूपमा पूजा गर्ने, धार्मिक कथा सुन्ने, प्रसाद बाँड्ने तथा शुभकामना आदान–प्रदान गर्ने परम्पराले समुदायमा आपसी सद्भाव र आत्मीयता बढाउने गरेको स्थानीय महिलाहरू बताउँछन्।
परम्परा र पूजाविधिमा समयसँगै केही परिवर्तन आए पनि जितियाको मूल भावना भने सन्तानको दीर्घायु, परिवारको सुख–शान्ति, स्वास्थ्य, समृद्धि र आपसी मायामै केन्द्रित रहेको स्थानीय महिलाहरूको भनाइ छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 घन्टा पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
10 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
17 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
27 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
10 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
17 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
27 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
28 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments