कोरोनाको कारण भइरहेको शैक्षिक विनाशको जिम्मेबार को ?
मोहम्मद अझरुद्दीन २०७७ असार १० बुधबार
विश्व प्रसिद्ध फ्रेन्च कवि,उपन्यासकार एव नाट्यकार भिक्टर ह्युगोले भनेका छन् जसले विद्यालयको ढोका खोल्दछ उसले झयालखाना(जेल) बन्द गर्दछ (one who opens a school door, closes a prison) तर हालको प्रसंग हेर्दा फरक रहेको पाइन्छ । विश्वभरी फैलिएको कोरोनाको कारण बिद्यालय झ्यालखाना र झ्यालखाना बिद्यालय हुन पुगेको छ । बिगत कैयौं महिनादेखि सारा संसारका मानिसहरुको जीवनशैलीमा नराम्रो प्रभाव पर्न गएको छ ।बिबिध क्षेत्रहरु नराम्ररी प्रभावित भएलगतै शिक्षामा पनि कोरोना संकटले बिकराल रुप धारण गरेको छ । बिद्यालयमा गएर ज्ञान लिनुपर्ने ठाउँमा हाल एकान्तबासमा कतिपयले ज्ञान र अज्ञान बीच फरक खोज्दै छन् । घरमा कामविहीन भएर बस्नेहरुको दिनचर्या पनि खासै चाखलाग्दो नभएको कुरामा दुइमत नहोला ।
नेपालको अवस्था हेर्ने हो भने सानासाना नानीबाबूहरुको उज्ज्वल भविष्य र भोलिको समयमा देशको मुहार परिवर्तन गर्ने युवा पीढीहरुको सुनौलो शिक्षारूपी बरदान श्रापमा परिणत भएको छ । लाखौं बिद्यार्थीहरुको भाग्यमा कालोमुसो दलिन पुगेको जस्तै भान भइरहेकोझैँ लाग्छ ।दिनभरी रगत र पसिना बगाएर पैसा संचय गरेर अभिभावकहरुले आ(आफ्ना बच्चाको आउने भविष्य शानदार हेर्ने सपना अधुरोझैँ लाग्न थालेको छ ।
सरकारी जागिर खाएर बस्नेहरु कोरोनाको बेलापनि तलबसुविधा पाईरहेको छ तर नीजी संघसंस्थामा आवद्ध कर्मचारीहरुको आर्थिक गतिबिधि अझपनि अन्योलमा छ । भोलि गएर आर्थिक चपेटामा पर्ने यी सम्पूर्ण शिक्षकहरुको अवस्था बिद्यार्थी र अभिभावक सरह नै नहुने भन्न सकिन्न । कुनैपनि निर्णय लिन अहिले जो कोहीलाई पनि दिमागले भन्दा पैसाले सोच्नुपर्ने दयनीय अवस्था सृजना भएको छ । सारा विश्वको मेरुदण्ड मानिने आर्थिक अवस्था दिनप्रतिदिन कोरोना संक्रमितको संख्या वृद्धि संगसंगै कमजोर मात्र नभई कयौँ दशक पछाडि सरेको विश्वब्यापी संघसंस्थाहरुको आधिकारिक प्रतिबेदनहरुले प्रष्ट परिसकेको छ । घरमा लामो बसाईले गर्दा बच्चाहरुले पढाइमाभन्दा खेलाइमा बढी ध्यान दिएको अभिभावकहरुको गुनासो दिनैपिच्छे सुन्न र हेर्न साथै अनुभव गर्न समेत पाईएको छ । दिनहुँ मोबाइलमा व्यस्त र घरपरिवारको सदस्यहरुलाई हैरानी अहिलेको घरमा बसिरहेका बालबालिकाको दिनचर्या जस्तै नै लाग्न थालेको छ ।
एकान्तबासमा कतै महिलामाथि जबरजस्ती हुन पुगेको छ भने कतिपयले आत्महत्या समेत गरेको पाइन्छ । अब्यबस्थित एकान्तबास, सरसफाईको कमी, उचित खानपानको समस्याले पनि स्थानीय तहलाई सिको दिन सकेको छैन् झन् भ्रस्टाचार गर्ने र गराउने दुबैलाई हालको संकटले गरिखाने भाँडो साबित गरेको छ ।अर्बौं खर्च गरेको धाक लगाउने वर्तमान सत्ताधारी राजनीतिक दलले शिक्षा जस्तो संवेदनशील विषयमा ठोस कदम चाल्न सकेको छैन । देश र जनताबीच जुहारी चलेको हालको परिस्थितिले ब्याख्या गरेको छ ।
देशको परिस्थिति कालानुसर घरमा रहेका बिद्यार्थी लगायतका बालबालिकाहरुलाई स्वस्थ र तन्दुरुस्त रहन कतिपय कुरामा ध्यान दिनुपर्ने हुन्छ ताकि पछि कोरोनाको कहरबाट मुक्त भएलगतै शिक्षा आर्जनमा थप बल पुग्न सकोस । चाडैं उठ्ने, ताजा खानेकुरा खाने, योग र व्यायाम, शौचालयको बानी,मनतातो पानी पिउने आदि जस्ता कुरामा जोड दिनुको साथसाथै मास्कको प्रयोग,साबुनपानीले हात धुने, सेनीटाय्जरको प्रयोग,सामाजिक दूरी, आदि जस्ता कुरामा पानी बिशेष ध्यान दिन र दिलाउन घरका अग्रजहरुले प्रोत्साहन गर्नु अहिलेको टड्कारो आवश्यकता रहेको छ । यी आनीबानीको विकास गराउन सके भोलिका दिनमा शिक्षा ग्रहणमा खासै समस्या झेल्नु नपर्ने विज्ञहरुको सल्लाह र सुझाव रहेको छ ।
हामी सचेत र बिबेकशील प्राणी भएको हैसियतले घरपरिवार, समाज, राष्ट्र र विश्वप्रति चाँसो देखाउनु उपयुक्त हो । तसर्थ कोरोनाको कारण शिक्षा र समाजको सन्तुलन सदैव कायम रही कुनै कठिनाई नआओस भन्दै कामना गर्दै ज्यान र जहानको रक्षाको अनुरोध समेत गर्न चाहन्छु ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
4 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
4 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
14 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
29 दिन पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
6 महीना पहिले
सुजुकीले ल्याएको नयाँ बर्ष २०८१ CASH पाउँ एक्कासी योजना
सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग..
2 वर्ष पहिले
हामी कहिले सचेत नागरिक हुने ?
भरत सिंह संसार र पृथ्वीको आकार उस्ता उस्तै हुन नसक्नुमा अन्टार्कटिका महादेशले कहीं न कहीं प्रमुख भूमिका निभा..
4 वर्ष पहिले
टिकटकमा कता जादै छ नयाँ पुस्ता
जेष्ठ २ ,सोमबार अश्लिल भिडियो ,तस्विर ,अपशब्द ,गालि गलौज ,फ्यासनको नाममा सांस्कृतिक परम्पराको उल्लङ्घन अब सामा..
4 वर्ष पहिले
औद्योगिक क्षेत्रका कारण दुखी भएका पीडित परिवारका ओठमा म..
पवन प्रसाद साह युवा नेता कृष्ण प्र उपाध्याय ( दर्शन ) लुम्बिनी प्रद..
4 वर्ष पहिले
प्राकृतिले भरिएको नेपाल
- नेकपा(माओवादी केन्द्र)का बिरगंज महानगरपालिकाका इन्चार्ज बाबुराम कौशिक एसिया महादेश को ०.३ भुभाग ओगटेको देश ने..
5 वर्ष पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments