मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूरा नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी

1 घन्टा पहिले प्रकाशित

(2083-08-05 B.S.)

60 पटक देखिएको

निरन्जन कुमार साह
महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा भूमि पीडितहरूले आफ्ना माग पूरा गराउन देशभरका पीडितलाई एकजुट भएर संयुक्त आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।

भूमि अधिकार मञ्च र मिटरब्याज पीडितहरूको संयुक्त आयोजनामा शनिबार महोत्तरीको गौशाला बजारस्थित घैला बजारमा आयोजित ‘मेचीदेखि महाकालीसम्म संवाद यात्रा’ कार्यक्रममा पीडितहरूले यस्तो आह्वान गरेका हुन्।

कार्यक्रममा भूमि अधिकार मञ्चका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले मिटरब्याज साहु–महाजनको शोषण अन्त्य नभएसम्म आन्दोलन जारी रहने बताए। देशका सबै समुदायले समान अधिकार पाउनुपर्ने उल्लेख गर्दै उनले पीडितलाई न्याय दिलाउन सरकार गम्भीर हुनुपर्ने धारणा राखे।

उनले मिटरब्याज तथा भूमि पीडितका माग सम्बोधन, कालोसूचीबाट नाम हटाउने र सातबुँदे सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरे। माग पूरा नभए काठमाडौं केन्द्रित बृहत् आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए।

त्यस्तै, मिटरब्याज पीडितका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले आन्दोलन कुनै व्यक्तिविशेषको स्वार्थका लागि नभई पीडितहरूको न्याय र वित्तीय संस्थासँग जोडिएका समस्याको समाधानका लागि भएको बताए। गृहमन्त्री सुदन गुरुङसँग भएको सम्झौता कार्यान्वयन नभए देशव्यापी आन्दोलन घोषणा गर्ने उनको भनाइ थियो।

कार्यक्रममा सप्तरी जिल्ला सचिव विजय चौधरीले साहु–महाजनले पीडितलाई कार्यक्रममा सहभागी हुनसमेत रोक्नु अन्यायपूर्ण भएको बताए। पीडितको माग पूरा गराउन यसपटक निर्णायक आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए।

असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौंमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो।

कार्यक्रममा सहभागी अन्य पीडितहरूले सरकारले तीन महिनाभित्र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि अहिले बेवास्ता गरेको गुनासो गरे। उनीहरूले देशभरका मिटरब्याज तथा भूमिसम्बन्धी पीडितलाई एकजुट भएर अधिकारका लागि संघर्ष गर्न आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..

निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा भूमि पीडितहरूले आफ्ना माग पूरा गराउन देशभरका पीडितलाई एà¤..

1 घन्टा पहिले

गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं..

निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय स्तरमा क्रिकेट खेलको विकास, यà..

23 घन्टा पहिले

तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..

निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..

2 दिन पहिले

सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..

भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..

7 दिन पहिले

सूर्यनारायण साहको सहभागितामा गौशालामा रक्तदान कार्यक्à..

    कार्तिक १८ गते । महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–६, फूलकाहामा आयोजित रक्तदान कार्यक्रममा नेपाà¤..

17 दिन पहिले

तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..

निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..

2 दिन पहिले

सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..

भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..

7 दिन पहिले

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 महीना पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 महीना पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 महीना पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

2 महीना पहिले

तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..

निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशा..