वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरीक्षण गर्न कृषि प्राविधिकको आग्रह
4 घन्टा पहिले प्रकाशित
(2083-05-26 B.S.)
43 पटक देखिएको
गुरिया यादव
भदौ २६, महोत्तरी ।
महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक प्रकोप देखिन थालेपछि कृषि प्राविधिकहरूले किसानलाई खेतको नियमित निरीक्षण गर्न आग्रह गरेका छन्। धान अहिले वृद्धि र गाभा बनाउने चरणमा रहेकाले यस समयमा गबारो किराको आक्रमणले उत्पादनमा उल्लेख्य क्षति पुग्न सक्ने उनीहरूको चेतावनी छ।
गौशाला नगरपालिका क्षेत्रका किसानहरूले पछिल्ला केही दिनदेखि धानका बोट बीचबाट पहेँलिँदै सुक्न थालेको र बोटको मुख्य भाग मर्न थालेको बताएका छन्। पानीको अनियमितता र गबारो किराको आक्रमण दुवै कारण यस वर्ष उत्पादन घट्ने चिन्ता किसानहरूमा बढेको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को बुलेटिनअनुसार गबारो किराको प्रकोप बढ्न सक्ने भएकाले किसानहरूले नियमित रूपमा धानखेतको अनुगमन गर्नुपर्छ। बयस्क पुतली साँझको समयमा खेत तथा आसपासका क्षेत्रमा बढी सक्रिय हुने र पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकाले त्यस्ता अण्डा समयमै नष्ट गर्न सुझाव दिइएको छ।
गौशाला नगरपालिकाका कृषि प्राविधिक कमलेश कुमार यादवका अनुसार गबारो किराले बोटभित्र प्रवेश गरेर मुख्य डाँठमा क्षति पुर्याेउने भएकाले सुरुवाती चरणमै समस्या पहिचान गर्नु अत्यन्त आवश्यक छ। उनका अनुसार समयमै निरीक्षण गरे ठूलो क्षति हुनबाट बचाउन सकिन्छ।
उनले किसानलाई हप्तामा कम्तीमा दुईदेखि तीन पटक बिहान वा साँझको समयमा खेत निरीक्षण गर्न आग्रह गरेका छन्। पातको टुप्पो, डाँठको अवस्था तथा कुनै असामान्य परिवर्तन देखिएमा तत्काल कृषि प्राविधिकलाई जानकारी गराउन उनले सुझाव दिए । नार्कले आवश्यक परेमा सिँचित क्षेत्रमा थायोडिकार्ब (Thiodicarb 75% WP) दुई ग्राम प्रतिलिटर पानीका दरले तथा अन्य क्षेत्रमा फिप्रोनिल (Fipronil 0.3% G) वा कार्टाप हाइड्रोक्लोराइड (Cartap Hydrochloride 4% G) १५ देखि २० किलोग्राम प्रतिहेक्टरका दरले प्रयोग गर्न सकिने जनाएको छ। तर कुनै पनि रासायनिक विषादी प्रयोग गर्नु अघि कृषि प्राविधिकको सल्लाह लिन आग्रह गरिएको छ।
कृषि प्राविधिकहरूले खेतमा झार बढ्न नदिन, सरसफाइ कायम राख्न र पानीको सन्तुलित व्यवस्थापन गर्न पनि किसानलाई आग्रह गरेका छन्। अत्यधिक पानी वा लामो समयसम्म खेत सुख्खा रहँदा बोट कमजोर हुने भएकाले अवस्था अनुसार पानी व्यवस्थापन गर्नुपर्ने उनीहरूको सुझाव छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 घन्टा पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
6 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
7 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
9 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
15 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
19 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
20 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments