वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरीक्षण गर्न कृषि प्राविधिकको आग्रह

1 महीना पहिले प्रकाशित

(2083-05-26 B.S.)

210 पटक देखिएको

गुरिया यादव
भदौ २६, महोत्तरी ।

महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक प्रकोप देखिन थालेपछि कृषि प्राविधिकहरूले किसानलाई खेतको नियमित निरीक्षण गर्न आग्रह गरेका छन्। धान अहिले वृद्धि र गाभा बनाउने चरणमा रहेकाले यस समयमा गबारो किराको आक्रमणले उत्पादनमा उल्लेख्य क्षति पुग्न सक्ने उनीहरूको चेतावनी छ।
गौशाला नगरपालिका क्षेत्रका किसानहरूले पछिल्ला केही दिनदेखि धानका बोट बीचबाट पहेँलिँदै सुक्न थालेको र बोटको मुख्य भाग मर्न थालेको बताएका छन्। पानीको अनियमितता र गबारो किराको आक्रमण दुवै कारण यस वर्ष उत्पादन घट्ने चिन्ता किसानहरूमा बढेको छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को बुलेटिनअनुसार गबारो किराको प्रकोप बढ्न सक्ने भएकाले किसानहरूले नियमित रूपमा धानखेतको अनुगमन गर्नुपर्छ। बयस्क पुतली साँझको समयमा खेत तथा आसपासका क्षेत्रमा बढी सक्रिय हुने र पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकाले त्यस्ता अण्डा समयमै नष्ट गर्न सुझाव दिइएको छ।
गौशाला नगरपालिकाका कृषि प्राविधिक कमलेश कुमार यादवका अनुसार गबारो किराले बोटभित्र प्रवेश गरेर मुख्य डाँठमा क्षति पुर्याेउने भएकाले सुरुवाती चरणमै समस्या पहिचान गर्नु अत्यन्त आवश्यक छ। उनका अनुसार समयमै निरीक्षण गरे ठूलो क्षति हुनबाट बचाउन सकिन्छ।

उनले किसानलाई हप्तामा कम्तीमा दुईदेखि तीन पटक बिहान वा साँझको समयमा खेत निरीक्षण गर्न आग्रह गरेका छन्। पातको टुप्पो, डाँठको अवस्था तथा कुनै असामान्य परिवर्तन देखिएमा तत्काल कृषि प्राविधिकलाई जानकारी गराउन उनले सुझाव दिए । नार्कले आवश्यक परेमा सिँचित क्षेत्रमा थायोडिकार्ब (Thiodicarb 75% WP) दुई ग्राम प्रतिलिटर पानीका दरले तथा अन्य क्षेत्रमा फिप्रोनिल (Fipronil 0.3% G) वा कार्टाप हाइड्रोक्लोराइड (Cartap Hydrochloride 4% G) १५ देखि २० किलोग्राम प्रतिहेक्टरका दरले प्रयोग गर्न सकिने जनाएको छ। तर कुनै पनि रासायनिक विषादी प्रयोग गर्नु अघि कृषि प्राविधिकको सल्लाह लिन आग्रह गरिएको छ।

कृषि प्राविधिकहरूले खेतमा झार बढ्न नदिन, सरसफाइ कायम राख्न र पानीको सन्तुलित व्यवस्थापन गर्न पनि किसानलाई आग्रह गरेका छन्। अत्यधिक पानी वा लामो समयसम्म खेत सुख्खा रहँदा बोट कमजोर हुने भएकाले अवस्था अनुसार पानी व्यवस्थापन गर्नुपर्ने उनीहरूको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले