गणतन्त्र कि गरिबतन्त्र ?

6 वर्ष पहिले प्रकाशित

(2077-10-07 B.S.)

6251 पटक देखिएको

माघ ७ ,गौशाला 

                                  गणतन्त्र  कि गरिबतन्त्र  ?

                                                                             -  गोपाल यादव 

शिशिर ऋतुको कठोर अवतरण भएको छ । सर्वत्र त्राहिमाम छ । गरिब, विपन्न ,असहाय ,घरवारविहीन र निर्वस्त्रधारीहरु प्राकृतिक विपदाको चपेटामा पर्नु स्वाभाविकै हो र ? समयले काचुली फेरिसक्यो । राजनीति घटना तात्दै छ । कोभिड -१९ को राप सेलाउन पाएको छैन । अविरल रुपमा कायम रहेको विहानको सिरेटो र बेलुकाको हा सेक्ने चन्डाल चिसो सिर्रसिर्र चलेको हावा लगायत कठ्याँग्रिदो जाडोबाट जनजीवन निकै प्रभावित भएको छ । आकाश धुलाम्मे छ । वाह्य वातावरण धुवाँदार छ ।

चिसिने र झिसिने क्रमले अझ अग्रगति लेला जस्तो छ । तथापि प्रकृतिको उपमा र स्वरुपमा विचरण गर्ने रमिते रसरागी र भूक्तिवादीहरुको लागि सरस, सहज, शालीन र सुरम्यताको सुन्दर एवं अलोकिक कायाकैरणको अनुपम दृष्टान्त बनेको छ । किन नहुनु र ? खेतवारी, वनपाखा र भिरमा रायो ,तोरी ,सरसो ,रहर (दाल )र तरंगित तरकारी बालीको झिलिमिली झंकारबाट क्या पुष्पित र पल्लवित भएको छ । वयस्क र पुष्ट  जवानी पाएर फक्रक फक्रेको जीवनदायिनी अन्नबाली गहुँगणको हरित हङ्गामा र हर्षहरणबाट को हर्षित नहोला ? शिशिर ऋतुको क्रुर प्रहारबाट कक्रक्क परेको मन र फक्रक्क फलेको वयोवृक्षले (नगदेबाली )शृंगार नथपेको कहाँ हो र !

एकसरो वस्त्र नपाएर वाप रे वाप !मरे नि ! आगो खोइ आगो ?भन्नेहरु प्रति आह ! साट्न मन लाग्छ तर के गर्नु ?समसामयिक वनको वैभव र वरदानले मनै आल्हादित भै ताप ,राप र रवाफको चरम उत्कर्ष उर्लेर आएको छ । उषाकालीन लालिमाले धर्तीलाई अंकमाल नगरुन्जेल सम्म गरिबगुरुबाहरु सिरक, डसना पाउनु कहाँ हो कहाँ; उही चिथ्राचिथ्री र परालको पोकामा गुटमुटु परेर घामसंग लुकामारी खेलिरहन्छ । किरणका अनन्त बाछिट्टाले पोलेपछि बल्ल हाय काढदै  कुप्रिएको झुपडीबाट बाहिरिन्छ । तपाइँ हामी सजिलै ठम्याउँन सक्छौ ;विपन्न ,गरिब ,दलित ,असहाय ,खाते तथा सडक बालबालिका टुहुरा ,बेसहारा ,घरवारविहिन ,उपेक्षित, तिरस्कृत र बहिस्कृत । यिनीहरु कुनै उदेक लाग्ने पात्रहरु होइनन ।

कुरूप राजनीतिक चिन्तन र असक्षम तथा नालायक तत्कालीन र वर्तमान सरकारसँगै सत्ताका चाटुकार र चाप्लुसीबाज चम्चेहरुका कारण निमुखा र निरीहहरुको हालत यथास्थितिमा रहेको छ ।भनिन्छ, “ तै रानी मै रानी कसले भर्ला खोलाको पानी” ; सत्ता फेरियो ,व्यवस्था फेरियो तर पात्र फेरिएन। गणतन्त्र कि गरिबतन्त्र ,लोकतन्त्र कि भोकतन्त्र, प्रजातन्त्र कि प्रजातङ्ग ? जुन  र घाम जस्तो प्रष्ट पार्न सक्नुहुन्छ ? नेपालका हनुमाने जनताहरु  ?

तसर्थ हामी राजनीतिक पार्टीका दास बन्नुभन्दा देशका दास बनौ । दलको झण्डा उचाल्नुभन्दा देशको राष्ट्रिय झण्डा उचालेर सगर्व महसुस गरौ । अनि पो राष्ट्रभक्त हुनसक्छौ । ठुलाबडाको चाकरीभन्दा पनि गरिब ,दलित ,महिला ,पिछडिएको उपेक्षित र तिरस्कृतहरुको रोजगारी बास र वस्त्रको अभाव हुन नदिन जमर्को गरौ,
                                                      अनि पो राष्ट्रवाद ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

11 घन्टा पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

3 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

4 दिन पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

11 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

15 दिन पहिले

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

8 महीना पहिले

सुजुकीले ल्याएको नयाँ बर्ष २०८१ CASH पाउँ एक्कासी योजना

सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग..

2 वर्ष पहिले

हामी कहिले सचेत नागरिक हुने ?

भरत सिंह  संसार र पृथ्वीको आकार उस्ता उस्तै हुन नसक्नुमा अन्टार्कटिका महादेशले कहीं न कहीं प्रमुख भूमिका निभा..

4 वर्ष पहिले

टिकटकमा कता जादै छ नयाँ पुस्ता

जेष्ठ २ ,सोमबार  अश्लिल भिडियो ,तस्विर ,अपशब्द ,गालि गलौज ,फ्यासनको नाममा सांस्कृतिक परम्पराको उल्लङ्घन अब सामा..

4 वर्ष पहिले

औद्योगिक क्षेत्रका कारण दुखी भएका पीडित परिवारका ओठमा म..

पवन प्रसाद साह                                  युवा नेता कृष्ण प्र उपाध्याय ( दर्शन ) लुम्बिनी प्रद..

4 वर्ष पहिले

प्राकृतिले भरिएको नेपाल

- नेकपा(माओवादी केन्द्र)का बिरगंज महानगरपालिकाका इन्चार्ज बाबुराम कौशिक एसिया महादेश को ०.३ भुभाग ओगटेको देश ने..

5 वर्ष पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..