महोत्तरीमा भारि परिमाणमा लागुऔषधसहित एक युवकलाई पक्राउ
जारी लकडाउनको मौका छोपी सीमापारिबाट लागुऔषध भित्र्याउन लागेका एक युवकलाई महोत्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । सीमा पारिको बजार भिटामोडबाट चकनी बजार हुँदै भारि परिमाणमा लागुऔषधसहित नेपाल भित्रिन लागेको गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको संयुक्त प्रहरी टोलीले लागुऔषधसहित जलेश्वर नगरपालिका(४ मुसरपटि घर भएका ३२ वर्षिय दिपेशकुमार पाण्डेयलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पाण्डेय लगायतका समूहले लामो समयदेखि लागुऔषधको तस्करी गर्दै आएको सूचनाको आधारमा बाटो ढुकेर बसेका प्रहरी टोलिले उनलाई जलेश्वर नगरपालिका ४ स्थित सडकबाट पक्राउ गरेको हो ।
खाद्य सामग्री जस्तो बोरामा प्याक गरि चकनी बजार हुँदै नेपाल भित्रीन लागेका पाण्डेयलाई चेक जाँच गर्दा उनको साथबाट एक्सपलोन लेखेको १०० एमएलको ५० वोतल स्पास्मो प्रोक्सीभान लेखेको ६ पतामा १ सय ४४ पिस टयावलेट, नाईट्रोभेट १० लेखेको २० पतामा ३ सय पिस टयावलेट र दुई थान मोवाईल र सिम समेत प्रहरीले बरामद गरेको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखि लागुऔषध सम्बन्धी मुद्धामा कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताएको छ ।
कारोनाको महामारी फैलि रहेको अवस्थामा लागुऔषध ओसारपोसार गर्ने जघन्य अपराध गर्ने समूह सक्रिय भएको खवर पाएपछि प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोली सक्रिय भएपछि उक्त सफलता हात लागेको एसपी अधिकारीले बताएको छ ।
पक्राउ परेका युवकले सीमा सिल भएको अवस्थामा समेत लागुऔषध कटाएर ल्याउन सक्नुमा पारिबाट पनि उनलाई कसैले सहयोग गरेकोले सहयोग गर्ने अन्य व्यक्तिहरुको समेत खोजी भइ रहेको एसपी अधिकारीले बताएको छ
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
9 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
10 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
15 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
23 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
24 दिन पहिले
महोत्सवबाट १८ जना पाकेटमार पक्राउ
जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..
3 वर्ष पहिले
सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने
मङ्सिर २७ गते सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ। महोत्तरीको क्षेत्र न. १ को प्रति..
3 वर्ष पहिले
गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..
गौशाला मङ्सिर ८ गते महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..
3 वर्ष पहिले
गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी
निरन्जन कुमार साह गौशाला , मङ्सिर ५ गते महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..
3 वर्ष पहिले
गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..
महोत्तरी, कार्तिक २१ गते बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..
3 वर्ष पहिले
आफ्नै प्रेमिकाद्वारा प्रिन्सिपलको हत्या
बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..
3 वर्ष पहिले

कमेन्ट गर्नुहोस्
view comments