महोत्तरीमा भारि परिमाणमा लागुऔषधसहित एक युवकलाई पक्राउ

7 वर्ष पहिले प्रकाशित

(2077-01-23 B.S.)

3978 पटक देखिएको

Niranjan Kumar Sah

जारी लकडाउनको मौका छोपी सीमापारिबाट लागुऔषध भित्र्याउन लागेका एक युवकलाई महोत्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । सीमा पारिको बजार भिटामोडबाट चकनी बजार हुँदै भारि परिमाणमा लागुऔषधसहित नेपाल भित्रिन लागेको गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको संयुक्त प्रहरी टोलीले लागुऔषधसहित जलेश्वर नगरपालिका(४ मुसरपटि घर भएका ३२ वर्षिय दिपेशकुमार पाण्डेयलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेय लगायतका समूहले लामो समयदेखि लागुऔषधको तस्करी गर्दै आएको सूचनाको आधारमा बाटो ढुकेर बसेका प्रहरी टोलिले उनलाई जलेश्वर नगरपालिका ४ स्थित सडकबाट पक्राउ गरेको हो ।

खाद्य सामग्री जस्तो बोरामा प्याक गरि चकनी बजार हुँदै नेपाल भित्रीन लागेका पाण्डेयलाई चेक जाँच गर्दा उनको साथबाट एक्सपलोन लेखेको १०० एमएलको ५० वोतल स्पास्मो प्रोक्सीभान लेखेको ६ पतामा १ सय ४४ पिस टयावलेट, नाईट्रोभेट १० लेखेको २० पतामा ३ सय पिस टयावलेट र दुई थान मोवाईल र सिम समेत प्रहरीले बरामद गरेको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखि लागुऔषध सम्बन्धी मुद्धामा कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताएको छ ।

कारोनाको महामारी फैलि रहेको अवस्थामा लागुऔषध ओसारपोसार गर्ने जघन्य अपराध गर्ने समूह सक्रिय भएको खवर पाएपछि प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोली सक्रिय भएपछि उक्त सफलता हात लागेको एसपी अधिकारीले बताएको छ ।

पक्राउ परेका युवकले सीमा सिल भएको अवस्थामा समेत लागुऔषध कटाएर ल्याउन सक्नुमा पारिबाट पनि उनलाई कसैले सहयोग गरेकोले सहयोग गर्ने अन्य व्यक्तिहरुको समेत खोजी भइ रहेको एसपी अधिकारीले बताएको छ


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

19 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

19 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

28 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

1 महीना पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 महीना पहिले

महोत्सवबाट १८ जना पाकेटमार पक्राउ

जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अà..

3 वर्ष पहिले

सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने 

मङ्सिर २७ गते  सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ।  महोत्तरीको क्षेत्र न.  १ को प्रतिà..

3 वर्ष पहिले

गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्यालà¤..

गौशाला मङ्सिर ८ गते  महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..

3 वर्ष पहिले

गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी 

निरन्जन कुमार साह  गौशाला , मङ्सिर ५  गते  महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बजà..

3 वर्ष पहिले

 गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहियà..

महोत्तरी, कार्तिक २१ गते  बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया à..

3 वर्ष पहिले

आफ्नै प्रेमिकाद्वारा  प्रिन्सिपलको  हत्या 

बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई निà¤..

3 वर्ष पहिले