आइतबारदेखि विद्युत महसुल संकलन काउन्टर खुल्ला गर्ने भएको छ ।

7 वर्ष पहिले प्रकाशित

(2077-01-28 B.S.)

1762 पटक देखिएको

जनकपुर नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले आइतबारदेखि विद्युत महसुल संकलन काउन्टर खुल्ला गर्ने भएको छ । प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको सर्कुलेशनपछि सावधानीका उपाय अपनाएर महसुल संकलन काउन्टर खोल्ने निर्णय गरेको हो ।

वितरण केन्द्रले एक सूचना जारी गरी आइतबार बिहान ९ देखि अपरान्ह ४ बजेसम्म ग्राहक वर्गका लागि महसुल संकलन काउन्टर खुल्ला राख्ने जनाएको छ । वितरण केन्द्रले महसुल तिर्न कार्यालयमा आउने सबै ग्राहकलाई अनिवार्यरूपमा मास्क लगाउन, थर्मल गनबाट तापक्रम परीक्षण गराउन, साबुन पानीले प्रक्रिया पुर्याएर २० सेकेन्डसम्म हात धुन तथा सेनिटाइजर लगाएपछि मात्र महसुल तिर्न आग्रह गरेको छ ।

महसुल बुझाउन पालो पर्खिने क्रममा गोलो घेराभित्र बस्नु पर्ने, घेराभन्दा बढी ग्राहक रहेको अवस्थामा १ मिटरको दुरीमा लाइनमा बस्ने नियम पालना गर्न अनुरोध गरिएको छ । महसुल तिर्न आउने ग्राहकले बिलमा भएको रकमअनुसारको रकम लिएर आउन पनि ग्राहकलाई अनुरोध गरिएको वितरण केन्द्रले जनाएको छ ।

वितरण  केन्द्रका अनुसार जेठ १ गतेदेखि मिटर रिडिङको काम समेत सुचारु गर्ने निर्णय गरिएको छ । सरकारले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्न गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेपछि वितरण केन्द्रले बढी भिडभाड हुने महसुल संकलन काउन्टर र मिटर रिडिङ कार्य बन्द गरेको थियो ।

वितरण केन्द्रको गत फागुनदेखिको महसुल उठाउन बाँकी छ । केही ग्राहकले अनलाइन भुक्तानी सेवाबाट महसुल तिरे पनि अधिकांश ग्राहकको मिटर रिडिङ तथा महसुल उठाउन कार्य बाँकी छ । प्राधिकरणको निर्देशनपछि केही वितरण केन्द्रले काउन्टर खोलिसकेका  छन् । बाँकी वितरण केन्द्रले पनि आइतबारदेखि काउन्टरको सेवा सुचारु गर्दैछन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

11 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले