सरस्वतीको मूर्ति बिर्सजन

5 वर्ष पहिले प्रकाशित

(2078-10-24 B.S.)

9866 पटक देखिएको

नविन यादव 

माघ शुक्ल पञ्चमीका दिन धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र भक्तजनहरुले सोमबार मूर्ति सेलाएका छन् ।

‘श्रीपञ्चमी’ पर्व सम्पन्न भएको दुई दिनपछि विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मूर्तिलाई मुख्य चोक र बजार क्षेत्रको परिक्रमा गराई सोमबार नजिकै पायक पर्ने जलाशयमा विसर्जन गरी सरस्वती पूजन सकिएको छ । परिक्रमा गर्ने क्रममा सबै सहभागीहरु एक आपसमा अबिर लगाई सरस्वती माता कि जय भनी जयकार गर्ने गर्छन् ।

यो परम्परा सुरु देखि नै चल्दै आइरहेको छ । पराल र माटोको प्रयोग गरेर बनाइएको सरस्वतीको मूर्तिलाई सिंगारेर आकर्षक बनाइएको हुन्छ । त्यही मूर्तिलाई पञ्चमीका दिन पूजा गरेर त्यसको भोलिपल्ट नदी तलाउ, पोखरीमा लगेर सेलाउने गरिन्छ । पोखरीको किनारमा लगी डुबाउने बेलामा माताको अन्तिम पुजा गरी पोखरीको बिच भागमा लगि अन्तिम बिधाई गरिन्छ । अन्तिम बिदाई गरी सके पछी सबै सहभागी तथा विद्यार्थीहरु प्रसाद ग्रहण गरी फेरी नाच गान गरी आ आफनो घर फर्किन्छन् ।

सप्तरीको विभिन्न स्थानमा गरिएको सरस्वती पूजाको मूर्ति कोशी नदीसहित विभिन्न खोला, पोखरीमा लगेर सेलाउने गरिएको छ । मूर्ति सेलाउने क्रममा गाना बजानासहित रमाईलो गर्दै विद्यार्थीहरु नदी, खोला, पोखरीमा पुग्ने गरेका छन् । यसरी सरस्वती माताको मूर्ति सेलाउने क्रममा जाँदा बजाइएको भोजपुरी गानाको शब्द अलि उछृङखल भएको गुनासो सर्वसाधरणले गरेका छन् ।

सरस्वतीको आराधाना गरेको गीतहरु भन्दा पनि भोजपुरी छाडा गीतहरुले प्राथमिकता पाएको उनीहरुको भनाइ छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने चलन छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गरेका छन् ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रहृमाकी अर्धाङ्गनिी ब्रहृमायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने जन विश्वास छ । यसै कारणले तराई मधेसमा सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने मान्यता पनि छ र सोही दिनबाट स–साना बालबालिकाको अक्षराम्भ पनि गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

5 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

11 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

19 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

20 दिन पहिले

कतारमा होली 

महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मना..

2 वर्ष पहिले

महोत्तरीमा होलीको चहलपहल

  मनिषा शर्मा , महोत्तरी  ,चैत्र ६ गते  मधेश प्रदेश लगायत महोत्तरीमा होलीको चहलपहल बढ्न थालेको छ ।मिथिलाका मह..

2 वर्ष पहिले

त्यस्तो राजा के राजा ?

नीतिकथा  कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो ..

4 वर्ष पहिले

बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने : बलिउड अभिने..

भदौ १२ गते नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको जज बनेका बलिउड अभिनेता गोबिन्दाले यस शोमार्फत् अझै ..

4 वर्ष पहिले

गौशाला साहित्य समाजद्वारा नियमित मासिक कवि गोष्टी सम्प..

धर्मेन्द्र कुमार यादव महोत्तरी आफ्नो कला संस्कृतीलाइ जिवित राख्ने सोच राखी अगाडि बढेका गौशाला साहित्य समाज ..

5 वर्ष पहिले

महोत्सबमा सांसद भरत प्रसाद साह र अनेरास्ववियुका वरिष्ट ..

महोत्तरीको गौशालामा प्रथम गौशाला महोत्सब आज तेस्रो दिन सफलतापूर्वक बितेको छ । गौशाला उद्योग वाणिज्य सङ्घको आ..

5 वर्ष पहिले