सरस्वतीको मूर्ति बिर्सजन
नविन यादव
माघ शुक्ल पञ्चमीका दिन धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र भक्तजनहरुले सोमबार मूर्ति सेलाएका छन् ।
‘श्रीपञ्चमी’ पर्व सम्पन्न भएको दुई दिनपछि विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मूर्तिलाई मुख्य चोक र बजार क्षेत्रको परिक्रमा गराई सोमबार नजिकै पायक पर्ने जलाशयमा विसर्जन गरी सरस्वती पूजन सकिएको छ । परिक्रमा गर्ने क्रममा सबै सहभागीहरु एक आपसमा अबिर लगाई सरस्वती माता कि जय भनी जयकार गर्ने गर्छन् ।
यो परम्परा सुरु देखि नै चल्दै आइरहेको छ । पराल र माटोको प्रयोग गरेर बनाइएको सरस्वतीको मूर्तिलाई सिंगारेर आकर्षक बनाइएको हुन्छ । त्यही मूर्तिलाई पञ्चमीका दिन पूजा गरेर त्यसको भोलिपल्ट नदी तलाउ, पोखरीमा लगेर सेलाउने गरिन्छ । पोखरीको किनारमा लगी डुबाउने बेलामा माताको अन्तिम पुजा गरी पोखरीको बिच भागमा लगि अन्तिम बिधाई गरिन्छ । अन्तिम बिदाई गरी सके पछी सबै सहभागी तथा विद्यार्थीहरु प्रसाद ग्रहण गरी फेरी नाच गान गरी आ आफनो घर फर्किन्छन् ।
सप्तरीको विभिन्न स्थानमा गरिएको सरस्वती पूजाको मूर्ति कोशी नदीसहित विभिन्न खोला, पोखरीमा लगेर सेलाउने गरिएको छ । मूर्ति सेलाउने क्रममा गाना बजानासहित रमाईलो गर्दै विद्यार्थीहरु नदी, खोला, पोखरीमा पुग्ने गरेका छन् । यसरी सरस्वती माताको मूर्ति सेलाउने क्रममा जाँदा बजाइएको भोजपुरी गानाको शब्द अलि उछृङखल भएको गुनासो सर्वसाधरणले गरेका छन् ।

सरस्वतीको आराधाना गरेको गीतहरु भन्दा पनि भोजपुरी छाडा गीतहरुले प्राथमिकता पाएको उनीहरुको भनाइ छ ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने चलन छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गरेका छन् ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रहृमाकी अर्धाङ्गनिी ब्रहृमायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने जन विश्वास छ । यसै कारणले तराई मधेसमा सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने मान्यता पनि छ र सोही दिनबाट स–साना बालबालिकाको अक्षराम्भ पनि गरिन्छ ।
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
8 दिन पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
11 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
11 दिन पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
18 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
19 दिन पहिले
कतारमा होली
महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मना..
2 वर्ष पहिले
महोत्तरीमा होलीको चहलपहल
मनिषा शर्मा , महोत्तरी ,चैत्र ६ गते मधेश प्रदेश लगायत महोत्तरीमा होलीको चहलपहल बढ्न थालेको छ ।मिथिलाका मह..
2 वर्ष पहिले
त्यस्तो राजा के राजा ?
नीतिकथा कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो ..
3 वर्ष पहिले
बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने : बलिउड अभिने..
भदौ १२ गते नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको जज बनेका बलिउड अभिनेता गोबिन्दाले यस शोमार्फत् अझै ..
3 वर्ष पहिले
गौशाला साहित्य समाजद्वारा नियमित मासिक कवि गोष्टी सम्प..
धर्मेन्द्र कुमार यादव महोत्तरी आफ्नो कला संस्कृतीलाइ जिवित राख्ने सोच राखी अगाडि बढेका गौशाला साहित्य समाज ..
4 वर्ष पहिले
महोत्सबमा सांसद भरत प्रसाद साह र अनेरास्ववियुका वरिष्ट ..
महोत्तरीको गौशालामा प्रथम गौशाला महोत्सब आज तेस्रो दिन सफलतापूर्वक बितेको छ । गौशाला उद्योग वाणिज्य सङ्घको आ..
5 वर्ष पहिले
कमेन्ट गर्नुहोस्
view comments