बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने : बलिउड अभिनेता गोबिन्दा
भदौ १२ गते
नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको जज बनेका बलिउड अभिनेता गोबिन्दाले यस शोमार्फत् अझै धेरै गोबिन्दा र अक्षय कुमार जन्मिउन् भन्ने आशा व्यक्त गरेका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा श्रीमती सुनिता आहुजासँगै उपस्थित उनले सो कुरा बताएका छन् ।
उक्त कार्यक्रममा उनले भनेका छन्, ‘मानिसहरुले जे जति काम गर्छन् त्यसलाई याद गरियाेस् भन्ने म चाहन्छु । एउटा विधिमार्फत् जो बच्चा शीर्ष स्थानमा आउँछन् त्यसमध्येबाट अन्य गोबिन्दा जन्मिउन्, अन्य अक्षय कुमार आउन् । धेरै बच्चाहरु अघि बढ्नेछन्, कस्तो राम्रो माहौल तयार होला
उनले बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने पनि बताएका छन् । उनी भन्छन्, ‘कुनै एउटा फूलले बगैँचा त हुँदैन । बगैँचाका लागि धेरै नै फूल चाहिन्छ । धेरै राम्रो व्यवस्था चाहिन्छ ।’ आयोजकतर्फ इंगित गर्दै उनले भने ‘अहिले तपाईंहरु माली जस्तै हुनुहुन्छ । ’
यस्तै उनले कला र संस्कृतिलाई देशको मेरुदण्डसमेत बताएका छन् । उनले भनेका छन्, ‘यसैका कारण कुनै न कुनै रुपमा तपाईंको पहिचान स्थापित हुन्छ । यस्ता धेरै मानिसहरु छन्, जोसँग धेरै पैसा हुन्छ तर भीडमा हुँदा उनीहरुलाई कसैले चिन्दैनन् । त्यसैले पहिचान तपाईंको कला र संस्कृतिसँग निर्धारण हुन्छ किनभने तपाईं आफ्नो जरासँग जोडिएको हुनुहुन्छ । आफ्नो जरासँग जोडिएको जो पनि चाहे जतिसुकै माथि जाओस्, आफ्नो जरासँग जोडिएको छ भने हरियो नै रहन्छ । ’
उनी थप्छन्, ‘कला र संस्कृतिसँग जोडिएर तपाईंले पूजाभन्दा कम काम गरिरहनुभएको छैन । पूजा प्रार्थना यही हो । माता सरस्वतीको कृपा जो व्यक्तिमा पर्छ, उनीहरु नै धनाढ्य हुन्छन्, उही पैसावाला हुन्छन् किनभने उनीहरुले सूक्ष्म रुपमा सबैतिर हेर्न थाल्छन् ।’
कला कै कारण आफू पीडाको समयमा पनि विचलित हुनु नपरेको उनले बताए । यसबारे उनी भन्छन्, ‘ हामीले हाम्रो भाग्यमा जे लेखिएको छ त्यहि पाउँछौँ । म पीडाको समयमा पनि विचलित भइनँ । धेरै भयो मेरो फिल्म नचलेको तर मेरा गीत र नृत्य सधैँ चल्ने गर्छन् ।’
उनले नेपालीबाट पाएको मायाप्रति आभार व्यक्त गर्दै यो सबै आफ्नी श्रीमतीका कारण पाएकोसमेत बताएका छन् ।
यस्तै, उक्त कार्यक्रममा गोबिन्दाकी श्रीमती सुनिता आहुजाले नेपालका बच्चाहरुले अब भारतलाई मात दिनुपर्ने बताएकी छिन् । नेपाली भाषामा बोल्दै उनले भनेकी छिन्, ‘म जहिले पनि सोच्छु कि नेपालको बच्चाहरुले धेरै राम्रो गर्नुपर्छ, भारतलाई मात दिनुपर्छ । नेपालका लागि मेरो धेरै माया छ । ’
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
6 घन्टा पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
2 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
4 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
5 दिन पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
13 दिन पहिले
कतारमा होली
महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मना..
2 वर्ष पहिले
महोत्तरीमा होलीको चहलपहल
मनिषा शर्मा , महोत्तरी ,चैत्र ६ गते मधेश प्रदेश लगायत महोत्तरीमा होलीको चहलपहल बढ्न थालेको छ ।मिथिलाका मह..
2 वर्ष पहिले
त्यस्तो राजा के राजा ?
नीतिकथा कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो ..
4 वर्ष पहिले
सरस्वतीको मूर्ति बिर्सजन
नविन यादव माघ शुक्ल पञ्चमीका दिन धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र भक्त..
5 वर्ष पहिले
गौशाला साहित्य समाजद्वारा नियमित मासिक कवि गोष्टी सम्प..
धर्मेन्द्र कुमार यादव महोत्तरी आफ्नो कला संस्कृतीलाइ जिवित राख्ने सोच राखी अगाडि बढेका गौशाला साहित्य समाज ..
5 वर्ष पहिले
महोत्सबमा सांसद भरत प्रसाद साह र अनेरास्ववियुका वरिष्ट ..
महोत्तरीको गौशालामा प्रथम गौशाला महोत्सब आज तेस्रो दिन सफलतापूर्वक बितेको छ । गौशाला उद्योग वाणिज्य सङ्घको आ..
6 वर्ष पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिका..
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश ..
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी ब..
कमेन्ट गर्नुहोस्
view comments