त्यस्तो राजा के राजा ?
नीतिकथा
कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो । चोट ठूलै थियो, रगत धेरै नै बग्यो । केही सिपाही मलमपट्टी गर्नतिर लागे केही ढुङ्गा हान्ने मानिसलाई खोज्नतिर । खोज्दै जाँदा केही पर एउटी प्रौढ महिला फेला परिन्, जो अहिले पनि अर्को ढुङ्गा हान्ने तरखर गर्दै थिइन् । ढुङ्गा हान्ने व्यक्ति यिनै हुन् भन्ने पक्का भएपछि सिपाहीले उनलाई पक्रेर राजा समक्ष पेश गरे । उनको हाउफाउ र सिपाहीको भनाइबाट ढुङ्गा हान्ने मानिस यिनै हुन् भन्ने प्रष्ट भएपछि राजाले सोधे–
‘आबै ! साँच्चै ढुङ्गा तपाईँ नै हान्नुभएको हो ?’
आबैले थरथरकाम्दै भनिन्–
‘हो महाराज ! मैले नै हानेको हुँ ।’
‘त्यसको कारण ?’
‘संयोग नै त्यस्तै प¥यो महाराज !’
‘कस्तो संयोग चाँडो भन्नुस् अन्यथा ....।’
राजाको कडा स्वर सुनेर आबैले माफी माग्दै भनिन्–
‘चोट लागेकोमा माफी चाहन्छु सरकार ! तर मेरो उद्देश्य त्यस्तो थिएन ।’
‘के थियो त ?’
‘के भनौँ खोइ, ढुङ्गा हजुरलाई हानेको होइन ।’
‘कसलाई हानेको त ?’
‘बेलको रुखलाई ।’
‘किन नि ?’
‘किनकि सानो छोरो तीन दिनदेखि भोको छ ।’
‘तपाईँको छोरो भोको हुनुसित ढुङ्गा हान्नुको के सम्बन्ध ? बेललाई ढुङ्गा हान्दैमा भोक टर्ने हो र ?’
‘छ महाराज ! ठूलै सम्बन्ध छ ।’
‘खुलस्त पार्न सक्नुहुन्छ ।’
त्यसपछि आबैले बेलिबिस्तार लगाउँदै भनिन्–
‘महाराज ! मेरा निम्ति संसारमा आफ्नो भन्नु यही एउटा बेलको रुख छ । जब छोरो भोकले छट्पटाउन थाल्छ तब यहाँ आएर उसलाई ढुङ्गा हान्ने गर्छु । त्यसपछि उसले मेरो दुःख देख्न सक्दैन र सट्टामा पाकेको फल दिएर पठाउँछ ।’
‘त्यसो भए पाकेको बेल झार्न ढुङ्गा हान्नुभएको रहेछ भन्ने बुझौँ ?’
‘हो महाराज ! ठीक भन्नुभयो ।’
‘तर तिमीले हानेको ढुङ्गाले मलाई त चोट लाग्यो नि होइन ?’
‘हो महाराज ! नहुनुपर्ने भयो, दुःखित छु ।’
त्यसपछि उनले सिपाहीलाई बोलाएर तुरुन्तै आबैलाई एक हजार स्वर्णमुद्रा र उचित खाद्यान्न दिएर विदा गर्नु भन्ने आदेश दिए ।
राजाको आदेश सुनेर सिपाहीले आश्चर्य मान्दै भने–
‘महाराज ...!’
‘किन, के भयो ?’
‘उल्टो परेन र ?’
‘कसरी ?’
‘यिनले त सरकारलाई घाउ लगाएकी छन् ।’
‘हो लगाएकी छन् अनि ....?’
‘कारबाही गर्नुपर्नेमा उल्टै पुरस्कार ?’
‘कुरा त्यति मात्र होइन ।’ राजाले सम्झाउँदै भने–
‘जरुरै यी आबैले हानेकी ढुङ्गाले मलाई चोट लागेको पनि हो र यसैका कारण मलाई पीडा भएको पनि हो तर एउटा सामान्य वृक्षले त आफूलाई ढुङ्गा हान्नेलाई फल दिएर पठाउँछ भने म त देशका राजा हुँ । राजा भएर एउटा वृक्षले जति पनि धर्म निर्वाह गर्न सक्दैन भने त्यस्तो राजा के राजा ? राजा हुनुको के अर्थ ।’
त्यसपछि सिपाहीले राजाको आदेश अनुसार आबैलाई एक हजार स्वर्णमुद्रा र चाहिँदो खाद्यान्न दिएर पठाए । आबै राजाको जयगान गर्दै घरतिर लागिन् राजाले आफ्नो बाटो समाते ।
यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर प्रकृतिले जीवन दिएको परोपकार र परहितकै लागि हो भन्ने कुरा भने सत्य हो । न वृक्षहरूले फल आफैँ खान्छन् न नदीहरूले पानी आफैँ पिउँछन् । न वायुको गति उसैका लागि हो न सूर्यको किरण सूर्यकै लागि हो । अर्थात् यी सबै अरूकै लागि हुन्, अरूकै लागि भएका हुन्, बनेका हुन् । यसबाट के बुझिन्छ भने प्रकृतिले मानव जीवन दिएको पनि परहित र परोकारकै लागि हो । त्यसैले जसले अरूले के गर्यो र के भन्यो भन्नेतिर नभई आफूले के गर्नुपर्छ र के भन्नुपर्छ भन्नेतिर ध्यान दिन्छ उसैको जीवन सार्थक हुन्छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
10 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
11 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
19 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
29 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले
कतारमा होली
महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मनाà¤..
3 वर्ष पहिले
महोत्तरीमा होलीको चहलपहल
मनिषा शर्मा , महोत्तरी ,चैत्र ६ गते मधेश प्रदेश लगायत महोत्तरीमा होलीको चहलपहल बढ्न थालेको छ ।मिथिलाका मह..
3 वर्ष पहिले
बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने : बलिउड अभिनेà¤..
भदौ १२ गते नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको जज बनेका बलिउड अभिनेता गोबिन्दाले यस शोमार्फत् अझै à¤..
4 वर्ष पहिले
सरस्वतीको मूर्ति बिर्सजन
नविन यादव माघ शुक्ल पञ्चमीका दिन धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र भक्तà¤..
5 वर्ष पहिले
गौशाला साहित्य समाजद्वारा नियमित मासिक कवि गोष्टी सम्पà¤..
धर्मेन्द्र कुमार यादव महोत्तरी आफ्नो कला संस्कृतीलाइ जिवित राख्ने सोच राखी अगाडि बढेका गौशाला साहित्य समाज ..
5 वर्ष पहिले
महोत्सबमा सांसद भरत प्रसाद साह र अनेरास्ववियुका वरिष्ट ..
महोत्तरीको गौशालामा प्रथम गौशाला महोत्सब आज तेस्रो दिन सफलतापूर्वक बितेको छ । गौशाला उद्योग वाणिज्य सङ्घको आ..
6 वर्ष पहिले
कमेन्ट गर्नुहोस्
view comments