भरत प्रसाद साह प्रदेश सभा सदस्यमा दोश्रो पटक निर्वाचित ,यस्तो छ राजनीतिक पृष्ठभूमि
ममता शर्मा
महोत्तरी
महोत्तरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख बाट माओवादी केन्द्रका नेता भरतप्रसाद साह निर्वाचित भएका छन् । एमालेका रामश्रेष्ठ महतो लाई २ हजार ५ सय मत अन्तरले पराजित गरेका हुन् ।
साहले ८ हजार ३७१ मत ल्याएर विजयी भएका छन् भने एमालेका रामश्रेष्ठ ५ हजार ८७१ मत ल्याएर दोश्रो भएका छन् । साहले यसअघि यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
को हुन् भरत प्रसाद साह ?
महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा न.६ फुलकाहा निवासी भरत प्रसाद साह रामआशिस साह र रामदुलारि साहका जेठो छोरा हुन् । उनका पाँच बहिनि र तिन दाजुभाई छन् । उनकी श्रीमती दिलकुमारी साह हुन् साहका २ छोरा १ छोरी छन् ।
२०४६ सालको जनआन्दोलनमा साह सक्रिय विद्यार्थी युनियन जीवन बिताउदै २०५० सालमा हेटौडा वन विज्ञान संस्थानको स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदमा निर्वाचित भए । त्यसपछी आफ्नो राजनीतिक जीवनलाई विश्राम नदिकन निरन्तर लागिरहे । साह २१ वर्षको उमेरमा २०५४ सालमा महोत्तरीको फुलकाहा गाबिस अध्यक्षका रुपमा पहिलो पल्ट निर्वाचित भए । जनताहरुको समस्या र पूंजीवाद शासनवादको अन्त्य गर्नको लागि ,जनतालाई न्याय गर्नको लागि , देशको व्यवस्था परिवर्तन गर्नको लागि २०५५ सालमा माओवादी पार्टीको सक्रिय सदस्य बने ।
ततपश्चात जनआन्दोलनको युद्धमा भाग लिई माओवादी पार्टीको अनेक पदको जिम्मेवारी सफलतापुर्वक सम्हाल्दै एरिया इन्चार्जबाट जिल्ला इन्चार्जको जिम्मा पाए । जिल्ला इन्चार्जको कार्य अवधिमा महोत्तरीको खैरमार स्कुल स्थित सेनाको गोलि लागि घायल भए र सेनाले नियन्त्रणमा लिएर करिब ७ महिना अज्ञात रुपमा राखे । त्यसपछि काठमान्डौको सेन्ट्रल जेलमा कष्टदायी जिवनयापन गरे । जेलमा १८ महिना उनले अनेक यातना पिडा सहेर बिताए तर समयको हुरी सँगै उनि जेल बाट बाहिरीए सँगै माओवादी पार्टीको सर्लाही जिल्ला इन्चार्जको जिम्मा लिई आफ्नो राजनीतिक यात्रालाई पुन: निरन्तरता दिए । करिब १ दशक जनयुद्ध पछी हजारौ नेपालीहरुको बलिदान पश्चात २०६४ सालमा पहिलो संविधान सभाको चुनाव भयो । सो चुनावमा माओवादी पार्टीबाट समानुपातिक तर्फबाट साह संविधान सभा सदस्यमा निर्वाचित भए । उक्त चुनावमा माओवादी पार्टीले २२० सिट ल्याएर देशको मुहान फेर्न संविधान निर्माण गर्न जुटे ।
तर दुर्भाग्यवास पहिलो संबिधान सभाले संविधान बनाउन सकेन । २०७० सालमा पुन: संविधान सभाको चुनाव हुदा साहले प्रत्यक्ष उम्मेदवारी दिएर चुनाव लडे तर चुनावमा नेपाली कांग्रेससंग प्रतिष्पर्धामा दोश्रो स्थान ल्याएर पराजित भए । २०७२ साल असोज ३ गते संविधान बन्यो । २०७४ सालमा महोत्तरी क्षेत्र न.१ को (ख ) बाट प्रदेश सभा सदस्यको उम्मेदवारी दिई चुनाव लडे र १००९४ मत प्राप्त गरि बिजयी भए २०७८ साल श्रावण २ गते मधेश प्रदेश सरकारमा गृह तथा संचार मन्त्रि बने र आफ्नो कार्यकाल सम्हाल्दै भर्खरै बितेको २०७९ मङ्सिर ४ गतेको चुनावमा त्यहि क्षेत्रबाट चुनाव लडी ८३७१ मत प्राप्त गरि बिजयी भए ।
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
4 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
8 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
2 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..
कमेन्ट गर्नुहोस्
view comments