भरत प्रसाद साह प्रदेश सभा सदस्यमा दोश्रो पटक निर्वाचित ,यस्तो छ राजनीतिक पृष्ठभूमि 

3 वर्ष पहिले प्रकाशित

(2079-08-09 B.S.)

5710 पटक देखिएको

ममता शर्मा 
महोत्तरी 

महोत्तरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख बाट माओवादी केन्द्रका नेता भरतप्रसाद साह निर्वाचित भएका छन् । एमालेका रामश्रेष्ठ महतो लाई २ हजार ५ सय मत अन्तरले पराजित गरेका हुन् । 

साहले ८ हजार ३७१ मत ल्याएर विजयी भएका छन् भने एमालेका रामश्रेष्ठ ५ हजार ८७१ मत ल्याएर दोश्रो भएका छन्  । साहले यसअघि यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए । 

को हुन् भरत प्रसाद साह ?

महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा न.६ फुलकाहा निवासी भरत प्रसाद साह रामआशिस साह र रामदुलारि साहका जेठो छोरा हुन् । उनका पाँच बहिनि र तिन दाजुभाई छन् । उनकी श्रीमती दिलकुमारी साह हुन् साहका २ छोरा १ छोरी छन् । 

२०४६ सालको जनआन्दोलनमा साह सक्रिय विद्यार्थी युनियन जीवन बिताउदै २०५० सालमा हेटौडा वन विज्ञान संस्थानको स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदमा निर्वाचित भए । त्यसपछी आफ्नो राजनीतिक जीवनलाई विश्राम नदिकन निरन्तर लागिरहे ।  साह २१ वर्षको उमेरमा २०५४ सालमा महोत्तरीको फुलकाहा गाबिस अध्यक्षका रुपमा पहिलो पल्ट निर्वाचित भए ।  जनताहरुको समस्या र पूंजीवाद शासनवादको अन्त्य गर्नको लागि ,जनतालाई न्याय गर्नको लागि , देशको व्यवस्था परिवर्तन गर्नको लागि २०५५ सालमा माओवादी पार्टीको सक्रिय सदस्य बने । 

ततपश्चात जनआन्दोलनको युद्धमा भाग लिई माओवादी पार्टीको अनेक पदको जिम्मेवारी सफलतापुर्वक सम्हाल्दै एरिया इन्चार्जबाट जिल्ला इन्चार्जको जिम्मा पाए ।  जिल्ला इन्चार्जको कार्य अवधिमा महोत्तरीको खैरमार स्कुल स्थित सेनाको गोलि लागि घायल भए र सेनाले नियन्त्रणमा लिएर करिब ७ महिना अज्ञात रुपमा राखे ।  त्यसपछि काठमान्डौको सेन्ट्रल जेलमा कष्टदायी जिवनयापन गरे ।  जेलमा  १८ महिना उनले अनेक यातना पिडा सहेर बिताए तर समयको हुरी सँगै उनि जेल बाट बाहिरीए सँगै माओवादी पार्टीको सर्लाही जिल्ला इन्चार्जको जिम्मा लिई आफ्नो राजनीतिक यात्रालाई पुन: निरन्तरता दिए ।  करिब १ दशक जनयुद्ध पछी हजारौ नेपालीहरुको बलिदान पश्चात २०६४ सालमा पहिलो संविधान सभाको चुनाव भयो ।  सो चुनावमा माओवादी पार्टीबाट समानुपातिक तर्फबाट साह संविधान सभा सदस्यमा निर्वाचित भए ।  उक्त चुनावमा माओवादी पार्टीले २२० सिट ल्याएर देशको मुहान फेर्न संविधान निर्माण गर्न जुटे । 

तर दुर्भाग्यवास पहिलो संबिधान सभाले संविधान बनाउन सकेन   ।  २०७० सालमा पुन: संविधान सभाको चुनाव हुदा साहले प्रत्यक्ष उम्मेदवारी दिएर चुनाव लडे तर चुनावमा नेपाली कांग्रेससंग प्रतिष्पर्धामा दोश्रो स्थान ल्याएर पराजित भए ।  २०७२ साल असोज ३ गते संविधान बन्यो ।  २०७४ सालमा महोत्तरी क्षेत्र न.१ को (ख ) बाट प्रदेश सभा सदस्यको उम्मेदवारी दिई चुनाव लडे र १००९४ मत प्राप्त गरि बिजयी भए २०७८ साल श्रावण २ गते मधेश प्रदेश सरकारमा गृह तथा संचार मन्त्रि बने र आफ्नो कार्यकाल सम्हाल्दै भर्खरै बितेको २०७९ मङ्सिर ४ गतेको चुनावमा त्यहि क्षेत्रबाट चुनाव लडी ८३७१ मत प्राप्त गरि बिजयी भए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले