मलामी जानेहरुको खोजी गर्दै स्वास्थ्यकर्मी
धनगढी : क्वारेन्टाइनमा मृत्युपछि कोरोना पुष्टिका धेरै घटना सार्वजनिक हुन थालेका छन् ।
यस्तैमा धनगढीकी एक महिलामा दाहसंस्कारपछि कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका ४, उत्तरबेहडीकी ५६ वर्षीया महिलामा दाहसंस्कारपछि कोरोना पुष्टि भएको हो ।शुक्रबार दिउँसो ११ बजे सेती प्रादेशिक अस्पतालमा डायलासिस गराउने क्रममा मृत्यु भएकी ती महिलाको आरडिटी रिपोर्ट नेगेटिभ आएपछि आफन्तहरुले धनगढीको मोहना घाटमा शुक्रबार नै अन्त्यष्टि गरेका थिए ।
पछिल्लो एक महिनादेखि मृगौला विरामी ती महिलालाई शुक्रबार सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । मृगौलाकी विरामी ती महिलालाई ईमर्जेन्सी वार्डबाट तेस्रो तलामा रहेको डायलासिस कक्षमा लग्ने क्रममा उनको मृत्यु भएको थियो ।
धनगढी वडा नम्बर ४ शिवपुरी धाम आसपासमा घर भएकी थारु समुदायकी ती महिलाको शुक्रबार नै मोहना घाटमा परम्परा अनुसार दाहसंस्कार गरियो । उनी १५ दिनसम्म काठमाण्डौंको शिक्षण अस्पतालमा भर्ना भएको खुलेको छ ।
पाँच दिनअघि मात्रै घनगढी ल्याइएकी ती महिलालाई सेती अस्पतालमा रहेको डायलासिसमा भने पहिलो पटक लगिएको हो । शनिबार भने ती महिलाको स्वाबको नमुना पोजिटिभ आएपछि अस्पतालका सबैमा खैलाबैला मच्चिएको छ ।
सेती अस्पतालको डायलासिस वार्ड सील गरिएको छ भने मेडिकल अधिकृत सहित डायलासिसका ७ जना स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइन गरिने भएको छ । सरकारी नियम अनुसार उनीहरुलाई, ७ दिन क्वारेन्टाइन गरी, थ्रोट स्वाबको नमुना परीक्षण गरेर मात्रै काममा लगाइनेछ । ५ वटा मेसिन राखेर भइरहेको डायलासिस सेवा, मेडिकल अधिकृत सहितका ७ जनालाई क्वारेन्टाइनमा राख्ने भएपछि केही दिनका लागि बन्द हुने भएको छ ।
मलामी खोज्दै स्वास्थ्य टोली
धनगढी उप–महानगरपालिकाको स्वास्थ्य इकाइको टीम मृतक महिलाको मलामी खोज्न हिँडेको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले, अहिले ‘कन्ट्रयाक्ट ट्रसिङ’ का लागि स्थानीय तहमा समिति गठन भएकाले, त्यो समितिलाई खटाइसकिएको बताए । धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मी कुम्भराज शर्माको नेतृत्वमा ‘कन्ट्रयाक्ट ट्रेसिङ’ खटिएको छ ।
श्रोत : अन्नपुर्ण पोस्ट
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
5 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
6 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
8 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
14 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
16 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
5 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
6 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
8 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
14 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
18 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
19 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..
कमेन्ट गर्नुहोस्
view comments