अमेजन कम्पनीले १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्ने
ई–कमर्स कम्पनी अमेजनले आफ्ना १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी जस्सीले हिजो बुधवार कर्मचारीलाई सम्बोधन गर्दै एक विज्ञप्ति निकालेर विश्वभरको अनिश्चित अर्थव्यवस्थाका कारण १८ हजार जना कर्मचारी कटौती गर्ने योजना रहेको उल्लेख गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
कम्पनीले गएको नोभेम्बरमा १५ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । अवस्था झन् खराब हुँदै गएको भन्दै तीन हजार जना थपेर अब १८ हजार कर्मचारीलाई यसै महिनाभित्र हटाइने खबरमा उल्लेख छ ।
अमेजन कम्पनीको व्यापार र नाफा तीव्र गतिमा घटिरहेको छ । सीईओ जस्सीले अनिश्चित अर्थतन्त्रका कारण सन् २०२३ अझ गाह्रो हुने भएकाले अमेजन कम्पनीले खर्च कटौतीका विभिन्न उपाय लिनुपरेको बताउनुभएको छ ।
सुरुमा कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि अनुरोध गर्ने र दोस्रो विकल्पमा कामबाट निकाल्ने कम्पनीको योजना रहेको छ । अमेजनबाट हटाउने कर्मचारीको अफ्ठेरो समाधान गर्न विशेष आर्थिक प्याकेज दिने सीईओ जस्सीले बताउनुभएको छ ।
आर्थिक प्याकेजहरूका साथै सङ्क्रमणकालीन स्वास्थ्य बीमा र अरू कम्पनीमा नियुक्तिका लागि पनि पहल गर्ने अमेजनले जनाएको छ ।
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
7 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
7 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
8 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
10 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
11 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
14 दिन पहिले
कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..
निरन्जन कुमार साह गौशाला, कार्तिक १ गते । कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभ..
16 दिन पहिले
कमेन्ट गर्नुहोस्
view comments