दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने सरकारको तयारी

4 वर्ष पहिले प्रकाशित

(2079-09-22 B.S.)

4983 पटक देखिएको

काठमाण्डाै - सरकारले दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालका अनुसार तत्कालका लागि बाँकेको दादुरा प्रभावित क्षेत्रमा खोप अभियान सुरु गर्न लागिएको हो ।

नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक ३१ महिनाका बालकको ज्यान गएको छ भने २८ जनामा सङ्क्रमण पुष्टि भएको छ । बाँकेलाई दुई वर्षअघि नै ‘पूर्ण खोप’ जिल्ला घोषणा गरिएको थियो । गएको पुस १३ गतेदेखि दादुराका बिरामी फेला परेको नेपालगञ्ज उपमहानगरपालिका ७ वटा वडामा सङ्क्रमण फैलिएको छ ।

सङ्क्रमित हुने बालबालिका ५ देखि १२ वर्ष उमेर समूहका छन् । दादुरा सर्ने रोग हो । दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राता राता बिमिरा आउने लक्षण देखिन्छ । स्वास्थ्यकर्मीले दादुरा छिटो सर्ने सरुवा रोग भएकाले बिरामीलाई छुट्टै ठाउँमा राख्ने र लक्षण देखिएकाको तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेका छन् ।

सरकारले दुई वर्ष मुनिका बालबालिकालाई ९ महिना र १५ महिनाको उमेरमा दुई पटक दादुरा रुबेलाविरुद्धको खोप निःशुल्क दिने गरेको छ । तर नेपालगञ्जमा सङ्क्रमित २९ जनामध्ये २५ जनाले खोप नलगाएको समेत पाइएको छ ।

नेपालगञ्ज उपमहानगरभित्र एक हजार ७७ जनाले खोप नै नलिएको समेत पाइएको छ । कतिपयले दोस्रो मात्रा खोप लगाएका छैनन् । दादुरा देखिएका ठाउँमा खोप नै नलिएका अरुमा पनि सर्ने जोखिम छ । अझ जनसङ्ख्या धेरै भएका नेपालगञ्ज जस्ता अरु ठूला सहरमा जोखिम उच्च छ । 

 यो चिन्ताको विषय बनेको डा. विवेककुमार लालले बताउनुभयो । उहाँका अनुसार ज्यान गुमाएका बालकलाई सङ्क्रमण भएपछि ७/८ दिन घरमै राखेको र गम्भीर अवस्थामा मात्र अस्पताल पुर्याएको जानकारीमा आएको छ । त्यहाँ सुरुमा ५ जनाको नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षण गर्दा ४ जनामा दादुरा पुष्टि भएको थियो । अहिले जिल्ला स्वास्थ्य कार्यालय, उपमहानगरको टोली र डब्ल्यूएचओको खोप कार्यक्रममा सहयोग गर्दै आएको टोली प्रभावित क्षेत्रमा खटिएको छ ।

पहिलो चरणमा प्रकोप देखिएका ७ वटा वडामा दादुरा रुबेलाको खोप अभियान चल्नेछ । त्यसपछि उपमहानगरभित्रका अरु वडामा पनि अभियानकै रुपमा खोप कार्यक्रम चलाउने परिवार कल्याण महाशाखाका प्रमुख डा.लालले जानकारी दिनुभयो । प्रकोप नै देखिएको ठाउँमा खोप अभियान सञ्चालन गर्दा यसअघि खोप लगाउन छुटेका १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

5 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

16 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

5 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

18 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

19 दिन पहिले