दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने सरकारको तयारी
काठमाण्डाै - सरकारले दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालका अनुसार तत्कालका लागि बाँकेको दादुरा प्रभावित क्षेत्रमा खोप अभियान सुरु गर्न लागिएको हो ।
नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक ३१ महिनाका बालकको ज्यान गएको छ भने २८ जनामा सङ्क्रमण पुष्टि भएको छ । बाँकेलाई दुई वर्षअघि नै ‘पूर्ण खोप’ जिल्ला घोषणा गरिएको थियो । गएको पुस १३ गतेदेखि दादुराका बिरामी फेला परेको नेपालगञ्ज उपमहानगरपालिका ७ वटा वडामा सङ्क्रमण फैलिएको छ ।
सङ्क्रमित हुने बालबालिका ५ देखि १२ वर्ष उमेर समूहका छन् । दादुरा सर्ने रोग हो । दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राता राता बिमिरा आउने लक्षण देखिन्छ । स्वास्थ्यकर्मीले दादुरा छिटो सर्ने सरुवा रोग भएकाले बिरामीलाई छुट्टै ठाउँमा राख्ने र लक्षण देखिएकाको तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेका छन् ।
सरकारले दुई वर्ष मुनिका बालबालिकालाई ९ महिना र १५ महिनाको उमेरमा दुई पटक दादुरा रुबेलाविरुद्धको खोप निःशुल्क दिने गरेको छ । तर नेपालगञ्जमा सङ्क्रमित २९ जनामध्ये २५ जनाले खोप नलगाएको समेत पाइएको छ ।
नेपालगञ्ज उपमहानगरभित्र एक हजार ७७ जनाले खोप नै नलिएको समेत पाइएको छ । कतिपयले दोस्रो मात्रा खोप लगाएका छैनन् । दादुरा देखिएका ठाउँमा खोप नै नलिएका अरुमा पनि सर्ने जोखिम छ । अझ जनसङ्ख्या धेरै भएका नेपालगञ्ज जस्ता अरु ठूला सहरमा जोखिम उच्च छ ।
यो चिन्ताको विषय बनेको डा. विवेककुमार लालले बताउनुभयो । उहाँका अनुसार ज्यान गुमाएका बालकलाई सङ्क्रमण भएपछि ७/८ दिन घरमै राखेको र गम्भीर अवस्थामा मात्र अस्पताल पुर्याएको जानकारीमा आएको छ । त्यहाँ सुरुमा ५ जनाको नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षण गर्दा ४ जनामा दादुरा पुष्टि भएको थियो । अहिले जिल्ला स्वास्थ्य कार्यालय, उपमहानगरको टोली र डब्ल्यूएचओको खोप कार्यक्रममा सहयोग गर्दै आएको टोली प्रभावित क्षेत्रमा खटिएको छ ।
पहिलो चरणमा प्रकोप देखिएका ७ वटा वडामा दादुरा रुबेलाको खोप अभियान चल्नेछ । त्यसपछि उपमहानगरभित्रका अरु वडामा पनि अभियानकै रुपमा खोप कार्यक्रम चलाउने परिवार कल्याण महाशाखाका प्रमुख डा.लालले जानकारी दिनुभयो । प्रकोप नै देखिएको ठाउँमा खोप अभियान सञ्चालन गर्दा यसअघि खोप लगाउन छुटेका १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ ।
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
4 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
12 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
12 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
12 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
15 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
4 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
12 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
12 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
15 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
16 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
18 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
कमेन्ट गर्नुहोस्
view comments