गौशाला नगरपालिकामा एक्सटेन्सन काउन्टरको समुद्घाटन

3 वर्ष पहिले प्रकाशित

(2079-11-04 B.S.)

5734 पटक देखिएको

ममता शर्मा

महोत्तरी , फाल्गुन ४ गते

महोत्तरीको गौशाला नगरपालिकामा एक्सटेन्सन काउन्टरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ  । बिहिबार नगरपालिका भित्र नै नेपाल बैंक लिमिटेडद्वारा  स्थापना गरिएको एक्सटेन्सन काउन्टरको समुद्घाटन भएको हो ।

गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो , बैंकको संचालक विवेक समशेर जबरा र प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका छन्।

कार्यक्रममा बैंक काउन्टर स्थापना भएकोमा शुभकामाना व्यक्त गर्दै नगर प्रमुख डा. महतोले नेपाल बैंकले नगरपालिकालाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन्  । साथै उनले नगरपालिकाले पनि बैंकलाई आवश्यक परेको खण्डमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगरपालिका भित्र नै काउन्टर स्थापना भएपछी वृद्धवृद्धा निकै सहजता हुने उनले विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले हालको अवस्थामा अधिकांश बैंकहरुले ऋण प्रवाह नगरेको साना व्यापारीहरु तथा किसानहरु मर्कामा परेको बताउदै नेपाल लिमिटेडका संचालकको माध्यमबाट सम्बन्धित निकायमा ध्यानाकर्षणका निम्ति अपिल समेत गरेका छन् ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले गौशालामा नजिकै बैंकको शाखा हुदा हुदै पनि जनताको सहजताको नगरपालिका भित्र काउन्टर संचालनमा ल्याएकोमा खुसि व्यक्त गरे। नेपालकै पहिलो बैंक यस नेपाल बैंक लिमिटेड उत्पादकत्व ,उद्यमशिलता बढाउन जनसमुदाय सदैव सक्दो सहयोग गर्ने दावी गरेका छन् । साथै यो पुरानो बैंक भएकोले समयानुसार आधुनिकीकरणमा पनि जोड दिदै जाने उनले बताए ।

कार्यक्रममा नगर प्रमुख , उपप्रमुख रेणु कुमारी सहतो , निमित्त प्रमुख प्रशासकीय अधिकृत शौर्या साह , बैंकका संचालक विवेक समशेर जबरा ,प्रमुख कार्यकारी अधिकृत , बैंकका कर्मचारीहरु ,नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

16 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले