गौशालामा श्रीमान र नन्द मिलेर विष सेवन गराई गरे एक महिलाको हत्या, श्रीमान पक्राउ

3 वर्ष पहिले प्रकाशित

(2080-01-09 B.S.)

23137 पटक देखिएको

गौशाला , वैशाख ९ गते

महोत्तरीको गौशालामा आफ्नै श्रीमान र नन्द मिलेर विष सेवन गराई एक महिलाको हत्या गरेका छन्।

जिल्लाको गौशाला नगरपालिका वडा न. ४ रजखोर निवासी करिब ३८ वर्षीय श्रीमान उमेश साहले आफ्नै श्रीमतीलाइ कुटपिट गरि विष सेवन गराई हत्या गरेको युवतिका माइती पक्षको आरोप छ । जसमा नन्द करिब २७ वर्षीय आशा साहको पनि संलग्नता रहेको मृत युवतिको बुबा बलि साहको भनाइ छ।

उनका अनुसार गएराति शुक्रबार श्रीमान र नन्द मिलेर युवतिलाइ मरणासन्न हुनेगरि कुटपिट गरि विष सेवन गराएका थिए। विष सेवनबाट घाइते युवतिलाइ उपचारको लागि गौशालाको प्राथमिक स्वास्थ्य केन्द्रमा राति नै ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछी बर्दिबासको साइमल्टी स्पेस्यालिटि ट्रमा सेन्टरमा उपचारको क्रममा युवतिको राति साढे १२ बजेको समयमा मृत्यु भएको बुबा साहले बताए।

मृतक युवतिको  उमेश साहसंग विवाह भएको ६ वर्ष बितीसकेको छ  । उनको ३ वर्षीय छोरी र ७ महिनाको एक छोरा छ । श्रीमान र श्रीमतीविच वर्षौदेखि आपसी विवाद हुदै आइरहेको थियो।  श्रीमानले मृतक युवतिलाइ मन नपराएको र सोहि विषयलाइ लिएर पटक पटक कुटपिट ,झैँझगडा र विवाद हुने गरेको छरछिमेकले बताए।

आफ्नो छोरीलाइ विष सेवन गराई हत्या गरेको आरोप लगाउदै मृतक युवतिको माइती पक्षले हत्यामा संलग्न श्रीमान र नन्दलाइ कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

युवतिको हत्या गरेको आशंकामा प्रहरीले श्रीमान उमेश साहलाइ पक्राउ गरेको र नन्द आशा फरार रहेकोले उनको खोजिकार्य भईरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

16 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

19 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

20 दिन पहिले