तराई–मधेसमा गर्मीले जनजीवन कष्टकर भएको भन्दै राहतका लागि सरकारको ध्यानाकर्षण

2 वर्ष पहिले प्रकाशित

(2080-02-25 B.S.)

2182 पटक देखिएको

जेष्ठ २५ गते 

काठमाडौं– सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।  
प्रतिनिधिसभाको आज विहिबारको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई–मधेसका जिल्लामा गर्मीका कारण लु चलेको र जीवन कष्टकर भएको अवस्थामा विद्युत् आपूर्ति नियमित नहुँदा जनजीवन झन कठिनाइ भएकाले विद्युत् नियमित आपूर्तिका लागि सरकारको ध्यनाकर्षण गराइन्।
सांसद प्रदीप पौडेलले देशभर तापक्रम वृद्धि भएर ४४ डिग्री सेल्यिस पुगेको र जनजीवन कष्टकर भएको तथा कृषि क्षेत्रमा असर पुगेको अवस्थामा तत्कालीन र दीर्घकालीन सामाधानका आवश्यक उपायका बारेमा सरकारसँग माग गरे।सांसद नारायणी शर्माले दाङको सीमा नाका क्षेत्रका बासिन्दाका लागि खानेपानी शिक्षा स्वास्थ्यको व्यवस्था गर्न सरकारसँग माग गरे। सांसद निशा डाँगीले बागमतीका नाममा धेरै राजनीति भएको सरसफाइका नाममा करिब रु २२ अर्ब खर्च भइसकेको तर अझै प्रभावकारी काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
सांसद प्रतिक्षा तिवारीले बागमती अधिकार सम्पन्न समितिलाई बागमती सभ्यता सुधारका  ०,५ प्रतिशत कर रकम उठाइँदै आएको करिब सात अर्बभन्दा बढी रकम जम्मा भइरहेको अवस्थामा त्यसको प्रभावकारी उपयोग गर्न आग्रह गरे। सांसद प्रभु साहले किसानका बालीनाली जङ्गली जनावरले नाश गर्ने गरेको अवस्थामा आवश्यक क्षतिपूर्ति नपाएको जनाउँदै सरकारको ध्यानाकर्षण गराए। 
सांसद प्रेम सुवालले मुलुकका ठूला जलविद्युत् आयोजना निर्माणको जिम्मा विदेशीलाई नदिइ नेपाल सरकार आफैँले बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए। सांसद वसन्तकुमार नेम्वाङले मुलुभर गाईबस्तुमा महामारी रोग फैलिएको भन्दै रोग नियन्त्रण तथा समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।
सांसद बीना देवीले रौतहटमा रहेको चिनी मिल बन्द भएको जनाउँदै शीघ्र सञ्चालनका लागि माग गरे। सांसद विनिता कठायतले पोर्चुगलमा रहेको नेपालीले नेपाली दूतावास स्थापनाको माग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले