ने.वि.प्रा. गौशाला वितरण केन्द्रबाट विपन्न परिवारलाइ नि:शुल्क विद्युत मिटर वितरण
निरन्जन कुमार साह
महोत्तरी , जेष्ठ २६ गते
नेपालभरि सय प्रतिशत विद्युत घरघर पुर्याउने उद्देश्यले गौशालामा नेपाल विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रबाट विपन्न घर परिवारलाई विद्युत मिटर वितरण गरिएको छ ।
आज शुक्रबार महोत्तरीको गौशालामा विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्र गौशालाद्वारा आयोजना गरिएको चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया तथा विपन्न परिवारलाई नि:शुल्क मिटर वितरण कार्यक्रममा जिल्लाको गौशाला नगरपालिका , भंगहा नगरपालिका ,सोनमा गाउँपालिका र सम्सी गाउँपालिकाका ४ सय १० घरपरिवारलाइ निशुल्क विद्युत मिटर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हातबाट वितरण गरिएको हो ।

नेपाल भरि प्रत्येक घरघरमा विद्युत पुर्याउने र कृषि क्षेत्रमा प्रत्येक किसानको खेतखेतमा विद्युतको आपूर्ति गर्ने नेपाल विद्युत प्राधिकरणको मुख्य उदेश्य तथा मुख्य एजेन्डा रहेको निर्देशक घिसिङले कार्यक्रममा आफ्नो मन्तव्यको क्रममा बताउनु भयो । उहाँले भन्नुभयो , ‘पहिला लोडसेडिंग हटाए , त्यसपछि विद्युत चुहावट न्यूनीकरण गरे र विद्युत चुहावट नहोस् भन्ने उद्देश्यका साथ विपन्न परिवारलाई नि:शुल्क विद्युत मिटर वितरण गरेको छु ।’

'अहिले सम्म नेपालमा ९६ प्रतिशत जनताले विद्युत प्राप्त गरेको छन । छिटै आउने आर्थिक वर्षमा सत प्रतिशत जनताले विद्युत पाउने योजना रहेको र यदि कुनै जनताले विद्युत प्राप्त नगरेको भए नजिकको विद्युत कार्यालयमा तुरन्त सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

जसका लागि स्थानीय र प्रदेश सरकारको पनि दायित्व रहेको उहाँको भनाइ छ । उहाँले यसमा विचौलियासंग सावधान रहन समेत जनतालाई आग्रह गर्नुभएको छ । हाल मधेश प्रदेशमा न्युनतम शुल्क मात्र तिर्ने ग्राहकको संख्या दुइ लाख रहेको समेत निर्देशक घिसिङले बताउनुभयो ।
कार्यक्रममा गौशाला वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्र , नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ , नेपाल विधुत प्राधिकरणका मधेश प्रदेश प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुर ,गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतो ,भंगहा नगरपालिकाका नगरप्रमुख संजिव साह ,औरही नगरपालिकाका नगरप्रमुख प्रदिप खड्का , इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख मनोज यादव लगायत विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
1 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
7 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
15 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
15 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
18 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments