ने.वि.प्रा. गौशाला वितरण केन्द्रबाट विपन्न परिवारलाइ नि:शुल्क विद्युत मिटर वितरण
निरन्जन कुमार साह
महोत्तरी , जेष्ठ २६ गते
नेपालभरि सय प्रतिशत विद्युत घरघर पुर्याउने उद्देश्यले गौशालामा नेपाल विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रबाट विपन्न घर परिवारलाई विद्युत मिटर वितरण गरिएको छ ।
आज शुक्रबार महोत्तरीको गौशालामा विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्र गौशालाद्वारा आयोजना गरिएको चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया तथा विपन्न परिवारलाई नि:शुल्क मिटर वितरण कार्यक्रममा जिल्लाको गौशाला नगरपालिका , भंगहा नगरपालिका ,सोनमा गाउँपालिका र सम्सी गाउँपालिकाका ४ सय १० घरपरिवारलाइ निशुल्क विद्युत मिटर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हातबाट वितरण गरिएको हो ।

नेपाल भरि प्रत्येक घरघरमा विद्युत पुर्याउने र कृषि क्षेत्रमा प्रत्येक किसानको खेतखेतमा विद्युतको आपूर्ति गर्ने नेपाल विद्युत प्राधिकरणको मुख्य उदेश्य तथा मुख्य एजेन्डा रहेको निर्देशक घिसिङले कार्यक्रममा आफ्नो मन्तव्यको क्रममा बताउनु भयो । उहाँले भन्नुभयो , ‘पहिला लोडसेडिंग हटाए , त्यसपछि विद्युत चुहावट न्यूनीकरण गरे र विद्युत चुहावट नहोस् भन्ने उद्देश्यका साथ विपन्न परिवारलाई नि:शुल्क विद्युत मिटर वितरण गरेको छु ।’

'अहिले सम्म नेपालमा ९६ प्रतिशत जनताले विद्युत प्राप्त गरेको छन । छिटै आउने आर्थिक वर्षमा सत प्रतिशत जनताले विद्युत पाउने योजना रहेको र यदि कुनै जनताले विद्युत प्राप्त नगरेको भए नजिकको विद्युत कार्यालयमा तुरन्त सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

जसका लागि स्थानीय र प्रदेश सरकारको पनि दायित्व रहेको उहाँको भनाइ छ । उहाँले यसमा विचौलियासंग सावधान रहन समेत जनतालाई आग्रह गर्नुभएको छ । हाल मधेश प्रदेशमा न्युनतम शुल्क मात्र तिर्ने ग्राहकको संख्या दुइ लाख रहेको समेत निर्देशक घिसिङले बताउनुभयो ।
कार्यक्रममा गौशाला वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्र , नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ , नेपाल विधुत प्राधिकरणका मधेश प्रदेश प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुर ,गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतो ,भंगहा नगरपालिकाका नगरप्रमुख संजिव साह ,औरही नगरपालिकाका नगरप्रमुख प्रदिप खड्का , इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख मनोज यादव लगायत विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments