औरहीमा माटोमै ढलान गर्न थालेपछी स्थानीयले गरे अवरोध (भिडियो सहित )
निरन्जन कुमार साह
महोत्तरी , जेष्ठ २९ गते
मधेश प्रदेशको प्रदेश स्तरीय बजेटबाट महोत्तरीको औरही नगरपालिका १ स्थित पालिका कार्यालय संगै जोडिएको सडक ढलान कार्यमा स्थानीय जनसमुदायले विरोध गरेका छन् ।

सडक ढलान कार्य गुणस्तरहीन भएको , मापदण्ड विपरित भएको र प्राविधिक परिक्षण नगरिकन कार्य गर्न लागेको भन्दै असन्तुष्ट जनसमुदायले अवरोध गरेका हुन् ।

उक्त काम गुणस्तरीय नहुने भन्दै स्थानिय आक्रोशित भएपछी काम सुरु भएको केहि बेरमै सडक ढलान स्थगित भएको छ । ग्राभेल नराखी सिधै माटोमा ढलान मेसिनले मसला खन्याउन थालेपछि गाउँले सबै मिलेर काम रोकाएको स्थानीय नथुनी ठाकुरले जानकारी दिए ।

मधेस प्रदेश अन्तर्गत भौतिक पुर्वाधार मन्त्रालयको ५० लाख ससर्त अनुदानमा बन्न लागेको ८ इन्चको ढलान हुने जानकारी दिएपनी नगरपालिका संग कति मिटर सडक ढलान गर्ने यकिन जानकारी छैन । औरही नगरपालिकाका इन्जिनियर सन्तोष कुमार यादवले नगरपालिका संगै जोडिएको सडक कति मिटर लम्बाइ ढलान हुन्छ भनेर यकिन नभएको बताए ।

ग्राभेल बिछ्याउने, रोलर चलाउने, लेभल मिलाएर गुणस्तरीय सामाग्री प्रयोग गरि आठ इन्चिको ढलान गर्नुपर्ने स्थानीयको माग छ । ढलान कार्य सम्बन्धित निकायको निगरानी नभएकोले भ्रष्टाचार गर्ने नियतिले काम गरेको आरोप एक स्थानियले लगाएका छन् । "कुनै पनि विकास निर्माणको कार्य हुँदा त्यहाँ प्राविधिक कर्मचारी हुन्छ तर यहाँ न सम्बन्धित निकायको कर्मचारी छ नत प्राविधिक कर्मचारी नै छ, उनि भन्छन, "त्यसैले यो काम हामी हुन दिदैनौ ।"
उपभोक्ता समितिका अध्यक्ष बरुण सुवेदीले योजना अनुसार नै काम भएको प्रतिक्रिया दिए योजना बारे सबै जानकारी बोर्डमै राखेर काम गराउने योजना रहेपनी बोर्ड प्रीन्ट गराउन दिएको उनले जनाए ।
निर्माण क्षेत्रमा जङ्गाहा खोलाको बालुवा प्रयोग गर्न स्वीकृति नभएता पनि सोही खोलाको बालुवा ल्याएर ढलानमा प्रयोग गरेको स्थानियले बताएका छन ।
जिल्ला समन्वय समितिका सभापति सुमन कर्णले जंगहा खोलाको बालुवा गुणस्तरीय नभएको र आज सम्म कुनै पनि कार्यमा प्रयोग नभएकोले उक्त बालुवा प्रयोग गर्न नहुने बताए ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
1 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
7 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
15 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
15 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
18 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..

कमेन्ट गर्नुहोस्
view comments