औरहीमा माटोमै ढलान गर्न थालेपछी स्थानीयले गरे अवरोध (भिडियो सहित )

3 वर्ष पहिले प्रकाशित

(2080-02-29 B.S.)

39053 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह  

महोत्तरी , जेष्ठ २९ गते

मधेश प्रदेशको प्रदेश स्तरीय बजेटबाट महोत्तरीको औरही नगरपालिका १ स्थित पालिका कार्यालय संगै जोडिएको सडक ढलान कार्यमा स्थानीय जनसमुदायले विरोध गरेका छन् ।

सडक ढलान कार्य गुणस्तरहीन भएको , मापदण्ड विपरित भएको र प्राविधिक परिक्षण नगरिकन कार्य गर्न लागेको भन्दै असन्तुष्ट जनसमुदायले अवरोध गरेका हुन् ।

उक्त काम गुणस्तरीय नहुने भन्दै स्थानिय आक्रोशित भएपछी काम सुरु भएको केहि बेरमै सडक ढलान स्थगित भएको छ । ग्राभेल नराखी सिधै माटोमा ढलान मेसिनले मसला खन्याउन थालेपछि गाउँले सबै मिलेर काम रोकाएको स्थानीय नथुनी ठाकुरले जानकारी दिए ।

मधेस प्रदेश अन्तर्गत भौतिक पुर्वाधार मन्त्रालयको ५० लाख ससर्त अनुदानमा बन्न लागेको ८ इन्चको ढलान हुने जानकारी दिएपनी नगरपालिका संग कति मिटर सडक ढलान गर्ने यकिन जानकारी  छैन । औरही नगरपालिकाका इन्जिनियर सन्तोष कुमार यादवले नगरपालिका संगै जोडिएको सडक कति मिटर लम्बाइ ढलान हुन्छ भनेर यकिन नभएको बताए ।

ग्राभेल बिछ्याउने, रोलर चलाउने, लेभल मिलाएर गुणस्तरीय सामाग्री प्रयोग गरि आठ इन्चिको ढलान गर्नुपर्ने स्थानीयको माग छ ।  ढलान कार्य सम्बन्धित निकायको निगरानी नभएकोले भ्रष्टाचार गर्ने नियतिले काम गरेको आरोप एक स्थानियले लगाएका छन् । "कुनै पनि विकास निर्माणको कार्य हुँदा त्यहाँ प्राविधिक कर्मचारी हुन्छ तर यहाँ न सम्बन्धित निकायको कर्मचारी छ नत प्राविधिक कर्मचारी नै छ, उनि भन्छन, "त्यसैले यो काम हामी हुन दिदैनौ ।"   

उपभोक्ता समितिका अध्यक्ष बरुण सुवेदीले योजना अनुसार नै काम भएको प्रतिक्रिया दिए योजना बारे सबै जानकारी बोर्डमै राखेर काम गराउने योजना रहेपनी बोर्ड प्रीन्ट गराउन दिएको उनले जनाए । 

निर्माण क्षेत्रमा जङ्गाहा खोलाको बालुवा प्रयोग गर्न स्वीकृति नभएता पनि सोही खोलाको बालुवा ल्याएर ढलानमा प्रयोग गरेको स्थानियले बताएका छन ।

जिल्ला समन्वय समितिका सभापति सुमन कर्णले जंगहा खोलाको बालुवा गुणस्तरीय नभएको र आज सम्म कुनै पनि कार्यमा प्रयोग नभएकोले उक्त बालुवा प्रयोग गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

3 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

7 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

2 महीना पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा ..

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..