गौशाला नगरपालिकाले ल्यायो यति करोडको अनुमानित बजेट

3 वर्ष पहिले प्रकाशित

(2080-03-15 B.S.)

9059 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह
महोत्तरी , असार १५ गते

महोत्तरीको गौशाला  नगरपालिकाको १०औ  नगरसभा सम्पन्न भएको छ । शुक्रबार नगरपालिका वडा न. ४ स्थित रहेको कबर्ड हलमा  आ.व. २०८०/०८१ को लागि नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पुर्व उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्रि एवं जसपा नेपालको केन्द्रीय अध्यक्ष माननीय उपेन्द्र यादवले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सभामा नगर प्रमुख डा. दिपेन्द्र महतोले   नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरेका थिए ।

 सभामा प्रमुख महतोले ९०  करोड ७६  लाख २०  हजार बराबरको अनुमातित बजेट प्रस्तुत गरेका हुन् ।  पालिकाले कृषि ,स्वास्थ्य , शिक्षालाई लक्षित गर्दै स्वास्थ्य सेवा घरदैलोमा पुर्याउने , किसानहरुको खेतखेतमा विद्युतीयकरण गरि सिचाई व्यवस्था गर्ने , महिला स्वयंसेविकालाई प्रोत्साहनसहितको भत्ताको व्यवस्था गरिने , , स्वास्थ्य बिमा कार्यक्रम लयाउने , , न्यायिक समितिमा सर्वसाधारण नागरिकको पहुचमा वृद्धि गर्ने खानेपानी योजना ल्याउने

नगरप्रमुखमहतोले जानकारी दिए ।

 कार्यक्रममा नगर प्रमुख महतो , पुर्व उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्रि एवं जसपा नेपालको केन्द्रीय अध्यक्ष माननीय उपेन्द्र यादव 
, प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर केसी, पुर्व कृषि मन्त्रि हरि नारायण यादव ,मधेश प्रदेश सभा सदस्य तथा सामाजिक विकास मन्त्री  सुरीता साह ,सोनमा गाउँपालिकाको पुर्व अध्यक्ष राज कुमार यादव ,जसपाका जिल्ला इन्चार्ज राज नारायण यादव ,वडाका वडा अध्यक्षहरु, विभिन्न पार्टी प्रतिनिधिहरु लगायत जनसमुदायको उपस्तिथी रहेको थियो  ।  
 कार्यक्रममा स्वागत मन्तव्य दिदै जनमत पार्टीका केन्द्रीय सदस्य जीवन त्यागिले  २०७९/०८० को नीति तथा बजेटमा ल्याएको योजनाहरु १० प्रतिशत पनि सप्पन्न  नभएको आरोप समेत लगायका छन  ।
  सभामा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि यादवले  गौशाला नगरपालिकामा सबैजना मिलिजुली विकाश निर्माणमा एक जुट हुन सबैलाई आग्रह गरेका छन् । साथै कुनै पनि नगरपालिकालाइ बिकास मुखी बनाउन विशेष गरि 

स्वास्थ्य ,शिक्षा र कृषिमा ध्यान दिनुपर्ने बताए । " शिक्षाले सबैलाइ रोजगार दिन सक्छ भने स्वास्थ्यले विकाशको मुख्य पार्ट पनि मानिन्छ उनले भने ," अन्नको दाता किसान हो । किसान लाइ प्रोत्साहन सहितको विकाश गर्यो भने समृद्ध गौशाला निर्माण हुन् सक्छ ।"
नगरप्रमुखले आफ्नो पहिलो वर्ष सिखाईमा बितेको बताउदै अवको समयमा सबै जातजाति , दल लिएर आगाडी बढने बताए । दलित बिपन्न परिवारलाई रोजगार सहितको योजना आज प्रस्तुत गरिएको र आउने दिनमा गौशाला नगरपालिकालाइ नमुना नगरपालिका बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले