मौषमी वर्षा नभएपछी महोत्तरीका किसान मर्कामा ( फोटो फिचर )
ममता शर्मा
महोत्तरी ,श्रावण २० गते ।
असारे वर्षा नभएपछी किसानहरुको खेत बाँझो भएको कारणले गौशाला लगायत महोत्तरीका किसानहरु चिन्तित भएका छन् । असारमा वर्षा भएपछी खेतमा किसानहरु धान रोप्ने गर्दछन तर यसपाली वर्षा नभएपछी किसानहरु धान रोप्न पाएका छैनन् । वर्षमा एकचोटी फल्ने धान असारमा रोपेर मंसिरमा काट्ने गरिन्छ तर यसपाली पानी नपरेपछी श्रावण मसान्त सम्मपनि खेत बाँझो नै रहेको सोनमा गाउँपालिका -७ सुन्दरपुर निवासी राजेश्वर यादवले बताए ।
“मेरो खेत गौशाला नगरपालिका वडा न.७ मा करिब २ विघा छ, यादव भन्छन , “पानी नपरेपछी बिउहरु पनि सुकेर गएको छ । यो खेतबाट मैले करिब सय मन धान उब्जाएर घरपरिवार चलाएर छोराछोरीको पढाई लेखाइ समेतको खर्च चलाउने गरेको छु । तर यसपाली पानी नपरेकाले पढाई लेखाइ लगायत घरपरिवारको छाक टार्न निकै धौधौ परेको छ। चुनावको बेला हामीलाइ मेयरले ठुलो ठुलो सपना देखायो खेत्खेतमा तार पोल , बोर्डिंग सिचाईको व्यवस्था गर्दिन्छु भनेर भन्यो तर अहिले सबै किसान पानी नपरेर मर्कामा परेपनि वास्ता छैन ।"
आकाशेपानी नभएपछी खेतमा मात्र नभएर पिउने पानीको समेत समस्या भएको गौशाला -७ मनहर्वा निवासी रामतोला यादवले बताइन ।
त्यस्तै गौशाला -७ निवासी विक्रम साहले एक महिना देखि आफ्नो कल नै सुकेपछी खानेपानीको समस्या भोग्नुपरेको गुनासो गरे । कल सुकेपछि टाढाको कलबाट पानी ल्याउनुपर्ने बाध्यता भएको बताए । यसपालि पानी नपरेपछी हामीहरुको रोजी मजदुरी पनि घटेको र त्यसले घर परिवार चलाउन मुस्किल परेको समेत उनले बताए ।

(तस्विर : सुकेको कल चलाउदै गरेका विक्रम साह , ममता शर्मा )
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयका प्रमुख दिपक कुमार पहाडीले खानेपानी तथा सिचाईको व्यवस्थापनको लागि सम्बन्धित निकायलाइ पहल गरिरहेका बताए । पुराना भएका बोर्डिंगहरुलाई चलायमान अवस्थामा ल्याउनुपर्ने तथा गैर सरकारी संस्थाबाटपनि विभिन्न कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ । “जिल्ला प्रशासन कार्यालय संग आफै स्रोत साधन छैन । हामीले गएर व्यक्तिगत कल गाड्न मिल्दैन तर सार्वजनिक स्थानमा कलको व्यवस्थापन गर्ने योजना तत्काल लागु गर्ने गरि तयारिमा लागेका छौ” उनले भने ।

.jpg)

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
19 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
19 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
28 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
1 महीना पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments