मौषमी वर्षा नभएपछी महोत्तरीका किसान मर्कामा ( फोटो फिचर )

3 वर्ष पहिले प्रकाशित

(2080-11-30 B.S.)

5667 पटक देखिएको

ममता शर्मा 

महोत्तरी ,श्रावण २० गते 

असारे वर्षा नभएपछी किसानहरुको खेत बाँझो भएको कारणले गौशाला लगायत महोत्तरीका किसानहरु चिन्तित भएका छन् । असारमा वर्षा भएपछी खेतमा किसानहरु धान रोप्ने गर्दछन तर यसपाली वर्षा नभएपछी किसानहरु धान रोप्न पाएका छैनन् । वर्षमा एकचोटी फल्ने धान असारमा रोपेर मंसिरमा काट्ने गरिन्छ तर यसपाली पानी नपरेपछी श्रावण मसान्त सम्मपनि खेत बाँझो नै रहेको सोनमा गाउँपालिका -७ सुन्दरपुर निवासी राजेश्वर यादवले बताए 

“मेरो खेत गौशाला नगरपालिका वडा न.७ मा करिब २ विघा छ, यादव भन्छन , “पानी नपरेपछी बिउहरु पनि सुकेर गएको छ ।  यो खेतबाट मैले करिब सय मन धान उब्जाएर घरपरिवार चलाएर छोराछोरीको पढाई लेखाइ समेतको खर्च चलाउने गरेको छु । तर यसपाली पानी नपरेकाले पढाई लेखाइ लगायत घरपरिवारको छाक टार्न निकै धौधौ परेको छ। चुनावको बेला हामीलाइ मेयरले ठुलो ठुलो सपना देखायो खेत्खेतमा तार पोल , बोर्डिंग सिचाईको व्यवस्था गर्दिन्छु भनेर भन्यो तर अहिले सबै किसान पानी नपरेर मर्कामा परेपनि वास्ता छैन ।"

आकाशेपानी नभएपछी खेतमा मात्र नभएर पिउने पानीको समेत समस्या भएको गौशाला -७ मनहर्वा निवासी रामतोला यादवले बताइन 

त्यस्तै गौशाला -७ निवासी विक्रम साहले एक महिना देखि आफ्नो कल नै सुकेपछी खानेपानीको समस्या भोग्नुपरेको गुनासो गरे । कल सुकेपछि टाढाको कलबाट पानी ल्याउनुपर्ने बाध्यता भएको बताए । यसपालि पानी नपरेपछी हामीहरुको रोजी मजदुरी पनि घटेको  र त्यसले घर परिवार चलाउन मुस्किल परेको समेत उनले बताए 

(तस्विर : सुकेको कल चलाउदै गरेका विक्रम साह , ममता शर्मा )

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयका प्रमुख  दिपक कुमार पहाडीले खानेपानी तथा सिचाईको व्यवस्थापनको लागि सम्बन्धित निकायलाइ पहल गरिरहेका बताए ।  पुराना भएका बोर्डिंगहरुलाई चलायमान अवस्थामा ल्याउनुपर्ने तथा गैर सरकारी संस्थाबाटपनि विभिन्न कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ  “जिल्ला प्रशासन कार्यालय संग आफै स्रोत साधन छैन । हामीले गएर व्यक्तिगत कल गाड्न मिल्दैन तर सार्वजनिक स्थानमा कलको व्यवस्थापन गर्ने योजना तत्काल लागु गर्ने गरि तयारिमा लागेका छौ” उनले भने  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

16 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

18 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

19 दिन पहिले