कार्यपालिका बैठक लाइभ नगरे बैठकमा नजाने गौशालाको उपप्रमुख महतोको निर्णय
गौशाला , असोज ११ गते
महोत्तरीको गौशाला नगरपालिकाका उपमेयर रेणु महतोले कार्यपालिकाको बैठक प्रत्यक्ष लाइभ प्रशारण नगरे बैठकमा सहभागी नहुने बताएकी छिन । विहिबार उपप्रमुख महतोले जारि गरेको ज्ञापन पत्रमा भोली १२ गतेको शुक्रबार बस्न लागेको कार्यपालिका बैठकमा नजाने उल्लेख गरिकी छिन् । कार्यपालिका बैठकको प्रत्यक्ष लाइभ प्रसारण जनता समक्ष हुनुपर्ने भन्दै उपप्रमुख महतोले त्यसो नगरेमा आगामी दिनमा हुने बैठकमा पनि आफुले सहभागिता नजनाउने दावी गरेकी हुन् ।
“मिति २०८०/०६/१२ गते विहान ८: ०० बजेको लागि बोलाइएको कार्यपालिका बैठक पनि विभिन्न बहानामा अमर्यादित र नगरबासीको मनोभावना विपरित रहेको हुँदा पुन: म २०८०/०६/१२ गतेको कार्यपालिका बैठक बहिस्कार गर्ने तथा कार्यपालिका बैठक प्रत्यक्ष प्रशारणको लागि जोडदार माग गर्दै प्रत्यक्ष प्रशारण नभएसम्म कार्यपालिका बैठक नियमित रुपमा बहिस्कार गर्ने छु भनि सम्पूणर् नगरबासी ,न्यायप्रेमी , जनसमुदाय , पत्रकार , सुरक्षा निकाय , सरोकारवाला , बुद्धिजीवी, सजनवृन्द मार्फत गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र स्वयं नगर प्रमुख डा. दिपेन्द्र महतोसँग माग गर्दछु ।” ज्ञापन पत्रमा भनिएको छ ।
त्यस्तै उपप्रमुख महतोले पालिकामा बैठक बस्ने सम्बन्धि जानकारी नियम अनुसार नगरेर मोबाइलको म्यासेज मार्फत गरेकोमा असन्तुष्ट व्यक्त गरेकी छिन बैठक बस्ने सम्बन्धि जानकारी नियम अनुसार पत्र मार्फत वा सम्पर्क द्वारा गर्नुपर्छ , उनले भनिन् , “ तर गौशाला नगरपालिकामा अहिले सम्म भएका विभिन्न बैठक मोबाइलमा म्यासेज मार्फत जानकारी हुन्छ । भोली बस्न लागेको बैठकको जानकारी पनि मलाई म्यासेजबाट भएको हो । त्यसैले यसमा मेरो आपत्ति छ ।
गौशाला नगरपालिकामा हालसम्म भएका विभिन्न कार्यक्रम , विकास निर्माणका कार्य , खर्च र आम्दानी विवरण गौशाला नगरबासीसमक्ष पारदर्शी हुनुपर्ने उपप्रमुख महतोले माग गर्दै आएकी छिन ।जसले गर्दा पालिकामा नगर प्रमुख र उपप्रमुखबीच समय समयमा विभिन्न विवाद उत्पन्न हुने गरेको छ ।

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
9 दिन पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
12 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
12 दिन पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
19 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
20 दिन पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
9 दिन पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
12 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
12 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
20 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
1 महीना पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments