गौशालामा दोश्रो स्व. मुन्नी मिश्री भलिवल प्रतियोगिता सुरु

3 वर्ष पहिले प्रकाशित

(2080-07-08 B.S.)

4327 पटक देखिएको

ममता शर्मा

महोत्तरी , कार्तिक ८ गते

महोत्तरीको गौशालामा बुधबारदेखि सुरु दोश्रो स्व. मुन्नी मिश्री भलिबल प्रतियोगिता अन्तर्गत पहिलो दिनको पहिलो खेलमा डुमरिया सर्लाहीले जित हात पारेको छ । गौशाला नगरपालिका वडा न. १२ कान्तिबजार स्थित श्री राष्ट्रिय मा.वि. कान्तिबजारको प्रांगणमा सामुदायिक विकास युवा क्लबको आयोजनामा सामुदायिक विकास युवा क्लब (बि ) र डुमरिया सर्लाहीबीच भएको पहिलो खेलमा डुमरिया सर्लाही २ सेटले बिजयी भएको हो । त्यस्तै बिजलपुरा युवा क्लब र सतनाम युवा क्लबबीच भएको दोश्रो खेलमा सतनाम युवा क्लब बिजयी भएको छ ।

पहिलो दिनको दुई खेल अझै बाँकी रहेको छ । जसमा शिवशक्ति युवा क्लब करुणा र दोभान युवा क्लब सुर्तीविकासबीच प्रतिस्पर्धा हुनेछ भने सामुदायिक विकास युवा क्लब (ए) र सयपत्री युवा क्लब हात्तीलेटबीच खेल हुनेछ । प्रतियोगिता आज देखि ११ गते सम्म हुनेछ खेलमा सर्लाही, महोत्तरी र धनुषा गरि तिन जिल्लाका खेलाडीहरु सहभागी छन् ।

उक्त प्रतियोगिताको उद्घाटन गर्दै माननीय प्रदेश सभा सदस्य शारदा देवी थापाले गौशाला लगायत महोत्तरी जिल्लालाई नै खेलकुदको हव बनाउनु पर्ने बताउनुभयो । स्थानीय स्तरमा समेत खेलकुदको दिगो विकासको लागि प्रदेश सरकारले आवश्यक खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्नु आवश्यक उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ , "खेलकुदको स्थानीय , प्रदेश र केन्द्रिय स्तरले विकास हुनु जरुरि छ । सम्पूर्ण तहका विद्यार्थी भाईबहिनिहरुलाई खेलकुदमा सहभागी गराउनु आवश्यक छ । यसको लागि सबै जिम्मेवार पक्षले ध्यान पुर्याउनु पर्दछ ।"

सामुदायिक विकास युवा क्लबका अध्यक्ष सन्तोष सिंहले यसपालिको खेलमा युवाहरुको सहभागिता भएपनि आगामी वर्ष देखि महिलाहरुको विशेष सहभागिताको साथमा खेलकुद प्रतियोगिताहरु आयोजना गरिने बताउनुभयो । त्यसका लागि सबैको सहयोगको अपेक्षा पनि उहाँले गर्नुभयो ।

त्यस्तै गौशाला नगरपालिकाको उपप्रमुख रेनु महतोले समाजमा दुर्व्यसन उन्मुलन गर्नको लागि पनि खेलकुदको आवश्यकता रहेको बताउनुभयो । साथै पुरुषहरुलाई मात्र नभएर महिलाहरुलाई पनि विभिन्न अवसर प्रदान गरेर खेलतर्फ अग्रसर गर्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।

प्रतियोगितामा विजेता टोलीलाई २१ हजार र द्वितिय हुने टोलीलाई ११ हजार रकम पुरस्कार प्रदान गरिने जनाईएको छ । साथै बिजेता र उपविजेता टोलीलाई ट्रफी र मेडल समेत प्रदान गरिने भएको छ । 

खेल उद्घाटन कार्यक्रममा माननीय शारदा देवी थापा , उपप्रमुख रेनु महतो , सामुदायिक विकास युवा क्लबका अध्यक्ष सन्तोष सिंह , उपाध्यक्ष राजेश्वर सिंह कुशवाहा ,इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादव , गौशाला -११ का वडा अध्यक्ष रामपृत महतो लगायत विभिन्न युवावर्ग , खेलप्रेमी , समाजसेवीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

19 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

19 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

28 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

1 महीना पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 महीना पहिले