गौशालामा दोश्रो स्व. मुन्नी मिश्री भलिवल प्रतियोगिता सुरु

3 वर्ष पहिले प्रकाशित

(2080-07-08 B.S.)

4293 पटक देखिएको

ममता शर्मा

महोत्तरी , कार्तिक ८ गते

महोत्तरीको गौशालामा बुधबारदेखि सुरु दोश्रो स्व. मुन्नी मिश्री भलिबल प्रतियोगिता अन्तर्गत पहिलो दिनको पहिलो खेलमा डुमरिया सर्लाहीले जित हात पारेको छ । गौशाला नगरपालिका वडा न. १२ कान्तिबजार स्थित श्री राष्ट्रिय मा.वि. कान्तिबजारको प्रांगणमा सामुदायिक विकास युवा क्लबको आयोजनामा सामुदायिक विकास युवा क्लब (बि ) र डुमरिया सर्लाहीबीच भएको पहिलो खेलमा डुमरिया सर्लाही २ सेटले बिजयी भएको हो । त्यस्तै बिजलपुरा युवा क्लब र सतनाम युवा क्लबबीच भएको दोश्रो खेलमा सतनाम युवा क्लब बिजयी भएको छ ।

पहिलो दिनको दुई खेल अझै बाँकी रहेको छ । जसमा शिवशक्ति युवा क्लब करुणा र दोभान युवा क्लब सुर्तीविकासबीच प्रतिस्पर्धा हुनेछ भने सामुदायिक विकास युवा क्लब (ए) र सयपत्री युवा क्लब हात्तीलेटबीच खेल हुनेछ । प्रतियोगिता आज देखि ११ गते सम्म हुनेछ खेलमा सर्लाही, महोत्तरी र धनुषा गरि तिन जिल्लाका खेलाडीहरु सहभागी छन् ।

उक्त प्रतियोगिताको उद्घाटन गर्दै माननीय प्रदेश सभा सदस्य शारदा देवी थापाले गौशाला लगायत महोत्तरी जिल्लालाई नै खेलकुदको हव बनाउनु पर्ने बताउनुभयो । स्थानीय स्तरमा समेत खेलकुदको दिगो विकासको लागि प्रदेश सरकारले आवश्यक खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्नु आवश्यक उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ , "खेलकुदको स्थानीय , प्रदेश र केन्द्रिय स्तरले विकास हुनु जरुरि छ । सम्पूर्ण तहका विद्यार्थी भाईबहिनिहरुलाई खेलकुदमा सहभागी गराउनु आवश्यक छ । यसको लागि सबै जिम्मेवार पक्षले ध्यान पुर्याउनु पर्दछ ।"

सामुदायिक विकास युवा क्लबका अध्यक्ष सन्तोष सिंहले यसपालिको खेलमा युवाहरुको सहभागिता भएपनि आगामी वर्ष देखि महिलाहरुको विशेष सहभागिताको साथमा खेलकुद प्रतियोगिताहरु आयोजना गरिने बताउनुभयो । त्यसका लागि सबैको सहयोगको अपेक्षा पनि उहाँले गर्नुभयो ।

त्यस्तै गौशाला नगरपालिकाको उपप्रमुख रेनु महतोले समाजमा दुर्व्यसन उन्मुलन गर्नको लागि पनि खेलकुदको आवश्यकता रहेको बताउनुभयो । साथै पुरुषहरुलाई मात्र नभएर महिलाहरुलाई पनि विभिन्न अवसर प्रदान गरेर खेलतर्फ अग्रसर गर्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।

प्रतियोगितामा विजेता टोलीलाई २१ हजार र द्वितिय हुने टोलीलाई ११ हजार रकम पुरस्कार प्रदान गरिने जनाईएको छ । साथै बिजेता र उपविजेता टोलीलाई ट्रफी र मेडल समेत प्रदान गरिने भएको छ । 

खेल उद्घाटन कार्यक्रममा माननीय शारदा देवी थापा , उपप्रमुख रेनु महतो , सामुदायिक विकास युवा क्लबका अध्यक्ष सन्तोष सिंह , उपाध्यक्ष राजेश्वर सिंह कुशवाहा ,इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादव , गौशाला -११ का वडा अध्यक्ष रामपृत महतो लगायत विभिन्न युवावर्ग , खेलप्रेमी , समाजसेवीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

16 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

18 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

19 दिन पहिले