भुकम्पमा ज्यान गुमाउनेको सम्झनामा बर्दिवासमा श्रद्धाञ्जली सभा
कार्तिक २२ गते
जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर गत शुक्रबार राती गएको भुकम्पमा परी ज्यान गुमाउने ब्यक्तिको सम्झनामा बर्दिबासमा श्रद्धाञ्जली सभा गरिएको छ । जाजरकोट भुकम्पमा ज्यान गुमाउनेको संङ्ख्या १ सय ५३ पुगेको छ । सम्पुर्ण मृतकको चिर शान्तिको कामना संगै श्रद्धाञ्जली ब्यक्त गर्न सभाको आयोजना गरिएको होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज बहादुर कार्किले जानकारी दिए ।
श्रद्धाञ्जली सभामा मृतकको सम्झनामा मैनबत्ती प्रज्वलन गरिएको थियो । सभाको प्रमुख ब्यक्तिको रुपमा मधेस प्रदेश सभा सदस्य सारदादेवी थापाले मैनबत्ती प्रज्वलन गरि श्रद्धाञ्जली ब्यक्त गरेकी थिइन् । बर्दिवास नगरपालिका मेयर प्रल्हाद कुमार क्षेत्रीले बर्दिवास बासिका तर्फबाट मृतकको चिर शान्तिको कामना गर्दै घाइतेको शिघ्रस्वास्थ्य लाभको कामना गरे । साथै बर्दिवास नगरपालीकाले जाजरकोट भुकम्प पिडितका पिडामा मलम लगाउन राहात लिएर जाजरकोट जाने तयारीमा रहेको जानकारी समेत मेयर क्षेत्रीले गराए ।

मंगलबार मेयर क्षेत्री सहित ६ जनाको टोलि राहात लिएर जाजरकोट जाने तयारीमा रहेकाले सहयोग गर्न चाहाने हर कोहिको सहयोग नगरले जाजरकोट पुर्याउने र बाँकी सहयोग नगरले लैजाने तयारी गरेको क्षेत्रीले बताए ।
होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीले आयोजना गरेको श्रद्धाञ्जली सभामा संगका जिल्ला सचिव नारायण घिमिरेले सहजीकरण गरेका थिए भने बर्दिवासका नगरपालिका, नगरभित्रका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि स्थानिय युवा समाजसेवी लगायतको सहभागीता थियो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ । स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो ।
जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याएका छन् ।
शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भुकम्प गएको थियो । भुकम्पमा परी सयौं ब्यक्ति घाइते भएका छन् भने सयौंको घर भुकम्पले ध्वस्त बनाएको छ ।

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
15 घन्टा पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
7 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
15 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
15 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
18 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments