महाेत्तरी , फागुन १२ गते  

संघिय सरकारको बजेट १४ करोड ५९ लाख लागतमा दुई गाउँ जोडने सय मिटर पुल जंगाहा खोलामा निर्माण हुने ।

`खोलावाट छोराछोरीलाई विद्यालय आवतजावत गराउनुपर्ने समस्या एकातिर थियो भने बजार आवतजावत गर्न पनि  ठुलो समस्या थियो ।´ मोक्तानले खुसी हुँदै भनिन । `अब ती सास्तिका दिन सकिने भए ।´आफ्नो बारी  र खेतमा उत्पादन भएका कृषि उपजहरुलाई बजारसम्म पुर्‍याउन  गरेको संघर्ष सम्झिदा मोक्तानलाई अहिलेपनी कहाली लाग्छ ।

`तर के गर्नु उक्त बाध्यताको अगाडी निरीह वन्नुको विकल्प पनि त थिएन ।´उन्ले अगाडीका दु:ख सम्झदै भनिन । ` बर्षायाममा खोलावाट तर्दा कयौंपटक तरकारी वगाएको छ, आवतजावतमा समस्या बनेको छ ।´ 

सनिवार  पुर्व सिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले उक्त पुलको शिलान्यास गरेपछी विगतमा भोगेका सास्तीवाट मुक्ति पाउने मोक्तान जस्तै धेरैले  बिस्वास लिएका छन ।जंगाहा खोलाको बाढी बढेपछी छोराछोरीलाई विद्यालय लैजान परेको समस्या सम्झदा मोक्तान जस्तै प्रदीप रसाईलीलाई नेताहरुदेखी नै रिस उठने गर्थ्यो ।

`तर ढिलै भएतापनी नेता पोखरेलसहितका जनप्रतिनिधि र नेताहरुले हाम्रो समस्या बुझेका छन ।´ रसाईलीले भने । `अब कमसेकम कृषि कर्म चलायमान हुन्छ भने छोराछोरी विद्यालय पठाउन ढुक्क हुने वातावरण सिर्जना हुने भयो ।´

बजार आउदा जंगलको वाटो हिडनुपर्ने र वन्यजन्तुको समेत खतरा रहेको अवस्थामा पुल निर्माण प्रक्रिया अगाडि बढेपछि लक्ष्युमण श्रेष्ठको पनि खुसी थामिनसक्नुको छ । पुल निर्माण भएपछि बजारको सहज पहुँच हुदा आर्थिक समृद्धिमा समेत टेवा पुग्न सक्ने श्रेष्ठको विस्वास छ ।

`मलाई लाग्छ अब खेतीपाती गर्ने बढनेछन भने बजारको लागी समेत समस्या हुदैन ।´ उन्ले भने । ` पुलले स्थानिय क्षेत्र समृद्धिको लहर ल्याउनेमा ढुक्क भएका छौ ।´

 यहाँका स्थानियहरुको  उत्पादन गरेका कृषि उपजहरुको बजार ढल्केवर, बर्दिवास र लालबन्दी हो । जंगलको वाटोवाट यात्रा गर्नुपर्ने हुदा असुरक्षाको चुनौती बढीरहेको वेला यो पुलले बजारसम्म सुरक्षित यात्राको सुनिश्चित गर्ने पनि स्थानियहरुको बिस्वास छ ।

 यो  पुलवाट ३० हजार मानिसहरु  लाभान्वित हुने स्थानिय वताउछन । नगरको वडा नं.१, ४,५,१०,११ वडाका बासिन्दाको सरल आवतजावतमा योगदान पुर्‍याउने र किसानहरुलाई विशेष फाईदा पुग्ने प्रदेशसभा सदस्य सारदादेवी थापाले वताईन ।

त्यस्तै माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रकाशहरी पोखरेलले महोत्तरीमा भंगाहा नगरपालिकाको सितापुर बजार जोड्ने पुल र यहाँ सुरु भएको पुल सगैँ रातो कितावमा परेतापनी स्थानियहरुको संवेदनशीलतालाई हेरेर जंगाहा खोलाको पुल प्राथमिकतामा राखेको वताए ।यो अवधीमा काम छिटो र गुणस्तरिय ढंगले सम्पन्न गर्न स्थानियहरुको नै सहयोगको जरुरी भएको वताउदै विवादरहित ढंगले काम गर्नुपर्ने धारणा राखे ।

मेरना कन्स्ट्रक्सनले ठेक्का पाएको पुल निर्माण १ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सकेसम्म चाडो र गुणस्तरीय काम गर्न झकझक्याएर निर्धारित समयमा नै पुल निर्माण सकाउने उपभोक्ता समितिका अध्यक्ष मोहन वहादुर कार्कीले वताए ।

 माओवादी केन्द्रका उपमाहासचिव तथा यस क्षेत्रका पुर्व जनप्रतिनिधि गिरिराजमणि पोखरेलले विगतमा अधुरा भएका कामहरुलाई निरन्तरता दिइरहेको र निरन्तरता जारी रहने वताए ।तर पुल निर्माणका क्रममा उपभोक्ता समिती र स्थानियलाई उन्ले गुणस्तरीयताको लागी खवरदारी गरिरहन सुझाएका छन ।