रामगोपालपुर नगरपालिकाको ११ औं नगर सभा सम्पन्न
2 वर्ष पहिले प्रकाशित
(2081-03-09 B.S.)
853 पटक देखिएको
ममता शर्मा , महोत्तरी
महोतरीको रामगोपालपुर नगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न नगरसभामा रामगोपालपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ४४ करोड ८७ लाख २४ हजार अनुमानित बजेट ल्याएको छ ।
पछिल्लो आर्थिक वर्षमा भएमा कामहरुमा भएका कमीकमजोरी निर्क्यौल गरि यसपालिको आथिक वर्षमा कृषिलाई प्राथमिकतामा राख्दै शिक्षा , स्वास्थ्य , खानेपानी , सरसफाई , रोजगारी , युवा तथा खेलकुद लगायतका क्षेत्रमा प्रभावकारी रुपले नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने नगर प्रमुख रामदुलार साहले बताए । पहिलाको कमीकमजोरीहरुलाई सुधार्दै आगामी आर्थिक वर्षको बजेट ल्याइएको उनको भनाई छ । उनले भने , "२०८०/०८१ को कार्यक्रमहरु शतप्रतिशत सम्पन्न भएको छ तर पनि संस्थागत , क्षमतामा वृद्धिको थप व्यवस्था गरि मुल्यांकन प्रवृतिको विकास आवश्यक रहेको छ ।रामगोपालपुर नगरपालिकाले सम्पूर्ण जनसमुदायको आवश्यकतालाई पहिल्याएर बजेट ल्याएको हो । यसको प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधि , वडा अध्यक्षहरु , कर्मचारी लगायत सम्पूर्ण व्यक्तिहरुको सहकार्य अपरिहार्य छ ।"
रामगोपालपुर नगरपालिकाले यसपालि क्षयरोग मुक्त नगरपालिका घोषणा को पहल गर्ने ,सम्पूर्ण स्वास्थ्य चौकीमा वर्षभरि निशुल्क औषधि उपलब्ध गराउने , स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने , पालिकामा रहेका विभिन्न मठ मन्दिर लगायतको स्थलको सुरक्षा र पर्यटकीय क्षेत्र बनाउने , पालिकाबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त रुपमा प्रवाह गर्ने , बढी भन्दा बढी वृक्षरोपनमा जोड दिने , किसानलाई समयमै सिचाई मलखादको व्यवस्था गर्ने , शिक्षा सुदृढिकरणको लागि सम्पूर्ण सामुदायिक विद्यालयमा मनग्य शिक्षकको व्यवस्था गर्ने , खानेपानीको आपूर्ति गर्ने लगायतको लक्ष्यसहितको कार्यक्रम बजेटमा अघि सारेको छ ।
नगर सभामा प्रमुख अतिथिको रुपमा उपस्थित मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज कुमार यादवले पालिकाले ल्याएको बजेटले विकास , समृद्धि तथा जनसमुदायमा चेतना प्रवाह हुनुपर्ने बताए । रामगोपालपुर नगरपालिकालाई महोत्तरीको दोश्रो सदरमुकाम स्थापित गर्नको लागि सक्दो प्रयास गर्ने बताउदै मन्त्रि यादवले पालिकाले गर्ने हरेक उपलब्धिमुलक कार्यमा आफ्नो साथ र सहयोग सदैव रहने पनि बताए ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रुपमा उपस्थित मधेश प्रदेशका सांसद सरोज कुमार कुशवाहाले अहिले देशैभरि आर्थिक मन्दी छाएकोले यसले पछिको समयमा नेपाली जनतालाई विभिन्न समस्यासँग जुध्न बाध्य गराउने सक्ने भन्दै नीति तथा कार्यक्रम वितरणमुखी नभएर उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । वैदेशिक रोजगारीले वर्तमान समयमा मधेशी युवाहरुलाई पिरोलेको भन्दै सांसद कुशवाहाले भोलिको दिनमा यदि वैदेशिक रोजगारी बन्द भएमा बेरोजगारीले हाहाकार मचाउने भएकोले त्यसको विकल्प वर्तमान समयमै सम्बन्धित निकाय तथा स्थानीय तहले सोच्नुपर्ने बताए । उनले भने , "भोलिको दिनमा यदि वैदेशिक रोजगारी बन्द भएमा के गर्ने ? त्यसको विकल्प स्थानीय तहले समयनै निकाल्नुपर्छ । पछी यसले ठुलो दुर्घटना निम्त्याउन सक्छ । अहिले पनि वैदेशिक रोजगारीमा गएका कतिपय युवाहरु ठगिमा पर्ने गरेका छन् । यस्ता समस्याप्रति समयमा गम्भीर हुन जरुरि छ ।"
सांसद कुशवाहाले वैदेशिक रोजगारी बन्द भएपनि त्यसको असर नपर्ने गरि हरेक पालिकाले अर्थ निर्माण गर्न सक्ने वातारण सिर्जना गर्नु आवश्यक रहेको बताए । त्यसका लागि सिप विकास , उद्योग धन्दाको विकास , पर्यटकीय क्षेत्रको विकासमा उनले जोड दिए । साथै नीति निर्माण पुर्व पालिकाले भौगोलिक अध्ययन गर्न जरुरि रहेको उनको सुझाव थियो ।
कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रि सरोज कुमार यादव , मधेश प्रदेश सांसद सरोज कुमार कुशवाहा , नगर प्रमुख रामदुलार साह , उपप्रमुख रिना देवी यादव , प्रमुख प्रशासकीय अधिकृत अक्षयलाल दास , ९ ओटै वडाका वडा अध्यक्षहरु , पालिकाका सम्पूर्ण कर्मचारीहरु , विभिन्न पार्टीका प्रतिनिधिहरु लगायत जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
3 दिन पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
4 दिन पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
5 दिन पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
6 दिन पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..

जिम्मेवारीका लागि राजनीतिमा आएको हुँ : जनमत पार्टीका कान..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ८ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार बिरेन्द्र महतोले गौशाला ..
7 दिन पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र ..
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस..
जिम्मेवारीका लागि राजनीतिमा आएको हुँ : जनमत पार्टीका कान..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ८ गते । जनमत पार्..
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर..
कमेन्ट गर्नुहोस्
view comments