दुर्गम बस्तीको प्रेरणादायक पहल: गौशालाको सामुदायिक विद्यालय जहाँ कठिनाइ हुँदैन
ममता शर्मा
महोत्तरी, जेठ १३ गते
दुर्गम क्षेत्रमा पर्छ भन्ने पहिचान बनाइसकेको गौशालाको श्री राष्ट्रिय आधारभूत विद्यालय (०-५) बडेर्वा अहिले शिक्षा क्षेत्रमा प्रेरणाको केन्द्र बन्दै गएको छ। कक्षा ५ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा शिक्षकको संख्या ५ जना र विद्यार्थी संख्या करिब १३० जना रहेको छ।
विद्यालयका प्रधानाध्यापक गोपाल सिंहका अनुसार विद्यालयको कुनै निश्चित आम्दानीको स्रोत नभए तापनि शिक्षण कार्यमा अहिलेसम्म कुनै कठिनाइ आएको छैन। "हामी समुदाय र शिक्षकहरूको समर्पणले विद्यालयलाई सहज रूपमा संचालन गर्दै आएका छौं," उहाँ बताउनुहुन्छ।
विद्यालय परिसर वरिपरि रोपिएका फलफूलका बोटबिरुवाले विद्यालयको वातावरणलाई हरियाली मात्र होइन, पोषणसम्बन्धी सहयोग पनि पुर्यावउने लक्ष्य राखिएको छ। "बच्चाहरूले समय अनुसार फलफूल खाउन पाउने छन्," सिंह भन्नुहुन्छ ।
उक्त गाउँमा जम्मा १०८ घरपरिवारको बसोबास छ। भौतिक पूर्वाधार अभावका बीच संचालनमा रहेको सामुदायिक विद्यालय यहाँको समुदायका लागि गौरवको विषय बनेको छ। स्थानीय शिक्षकहरू भन्छन्, “हामीले यहाँको बालबालिकालाई पनि गुणस्तरीय शिक्षा दिन सक्छौं भन्ने सन्देश दिन चाहेका हौं।”
हालको परिवेशमा अभिभावकको आकर्षण बोर्डिङ स्कुलतर्फ देखिए पनि सामुदायिक विद्यालयमार्फत पनि उपयुक्त शिक्षा दिन सकिने विश्वास प्रधानाध्यापक सिंह राख्नुहुन्छ। उहाँ भन्छन्, “यदि स्थानीय सरकारको तर्फबाट केही भौतिक सहयोग प्राप्त भयो भने, आवश्यक स्रोत सामग्री व्यवस्थापन गरेर विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन सकिन्छ।”
शिक्षा, समर्पण र सामुदायिक सहभागिताको उदाहरण बनेको श्री राष्ट्रिय आधारभूत वि. बडेर्वा दुर्गम बस्तीभित्रको उज्यालो भविष्यको संकेत हो।
“विद्यालय सानो छ, विद्यार्थी कम छन्, शिक्षक पनि जम्मा पाँच जना मात्र। तर हाम्रो हिम्मत ठूलो छ,” उहाँले भन्नुभयो। हामीले यी विरुवाहरू रोपेर मात्र होइन, हाम्रा विद्यार्थीहरूमा पनि भविष्यको बीउ रोपिरहेका छौं।”
विद्यालयमा अहिले करिब १३० जना विद्यार्थी अध्ययनरत छन्। स्थानीय १०८ घरपरिवारका लागि यो विद्यालय केवल पढ्ने ठाउँ होइन, आशाको केन्द्र हो। भौतिक पूर्वाधार त छैन, न त सरकारी सहयोगले भरिएको छ, तर शिक्षकहरूको समर्पण भने अपार छ।
“गुणस्तर शिक्षाको कुरा बोर्डिङ वा सामुदायिक होइन, शिक्षक र व्यवस्थापनको हो। हाम्रा बालबालिकालाई यहींबाट राम्रो शिक्षा दिन सकिन्छ।”उहाँ भन्नुहुन्छ ।
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
2 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
26 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
27 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
2 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
26 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
2 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 महीना पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा ..

कमेन्ट गर्नुहोस्
view comments