रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

3 महीना पहिले प्रकाशित

(2082-06-01 B.S.)

532 पटक देखिएको

Mamata Sharma

ममता शर्मा, महोत्तरी ।

महोत्तरीको गौशाला नगरपालिका–५ मा अवस्थित रेडियो जुनतारा आजबाट छैठौं वर्ष पार गरेर सातौँ वर्षमा प्रवेश गरेको छ। उज्यालो नेपाल संस्थाद्वारा सञ्चालित यो एफ.एम. रेडियो पछिल्लो छ वर्षदेखि निरन्तर रूपमा सेवा प्रवाह गर्दै आइरहेको छ।

स्थानीय स्तरमै स्थापित भए पनि जिल्लाभरका श्रोतामाझ लोकप्रिय बन्न सफल रेडियो जुनताराले सुरुदेखिनै सत्य, तथ्य र सन्तुलित समाचारप्रति प्राथमिकता दिंदै आएको छ। सामुदायिक सरोकार, सूचना र मनोरञ्जनका विविध कार्यक्रमहरू प्रस्तुत गर्दै आएको यस रेडियोले विशेषगरी ग्रामीण भेगका जनताको आवाजलाई प्राथमिकताका साथ प्रशारण गर्दै आएको छ।

रेडियो जुनतारासँगै उज्यालो नेपाल संस्थाले "गौशाला खबर" नामक दैनिक पत्रिका पनि सञ्चालन गर्दै आएको छ, जसले प्रिन्ट मिडियामार्फत सूचनाको पहुँचलाई अझ विस्तार गरेको छ।

रेडियोका सञ्चालक तथा संस्थाका अध्यक्ष निरन्जन कुमार साहले सातौँ वर्ष प्रवेशको अवसरमा सम्पूर्ण रेडियोप्रेमी, श्रोता र पाठकहरूलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भावी दिनमा अझ प्रभावकारी, जिम्मेवार र जनमुखी संचारको अभ्यास गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

यस अवसरमा रेडियो परिवारले एकता, निरन्तरता र सेवाको भावनालाई अझ सुदृढ बनाउने प्रण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

2 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

5 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

5 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

6 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

5 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

5 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

6 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

15 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले