१३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजना पक्राउ ।
काठमाडौं : प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले १३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले ललितपुर महानगरपालिकाकी १३ वर्षीया बालिकालाई काम लगाइदिने भन्दै बेचबिखन गर्ने सिन्धुपाल्चोकका २२ वर्षीय कृष्ण मगर र २८ वर्षीय प्रवीन तामाङलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले काममा लगाइदिने भन्दै ललाइफकाई गरी भारत पुर्याएको अवस्थामा जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा उत्तर प्रदेशबाट बालिकाको उद्धार गरिएको जानकारी दिए ।
प्रवक्ता थपलियाले पक्राउ परेका मगर र तामाङले २०७६ फागुनमा ती बालिकालाई गोँगबुस्थित नयाँ बसपार्कबाट भैरहवा–सुनौली जाने बसमा चढाएर उत्तरप्रदेश पुर्याएको अनुसन्धानमा खुलेको बताए । पक्राउ परेका दुवैलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारवाही हुने ब्यूरोले जनाएको छ । रासस
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
11 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
19 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
26 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
1 महीना पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
1 महीना पहिले
महोत्सवबाट १८ जना पाकेटमार पक्राउ
जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..
2 वर्ष पहिले
सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने
मङ्सिर २७ गते सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ। महोत्तरीको क्षेत्र न. १ को प्रति..
2 वर्ष पहिले
गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..
गौशाला मङ्सिर ८ गते महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..
2 वर्ष पहिले
गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी
निरन्जन कुमार साह गौशाला , मङ्सिर ५ गते महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..
2 वर्ष पहिले
गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..
महोत्तरी, कार्तिक २१ गते बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..
2 वर्ष पहिले
आफ्नै प्रेमिकाद्वारा प्रिन्सिपलको हत्या
बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..
2 वर्ष पहिले
कमेन्ट गर्नुहोस्
view comments