'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुने

14 घन्टा पहिले प्रकाशित

(2082-08-28 B.S.)

362 पटक देखिएको

निरन्जन कुमार साह 

महोत्तरी, मंसिर २८ गते ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पुष २ गते महोत्तरीको गौशाला आउने हुनुभएको छ । उहाँ स्वर्गीय काशी महतो (करण) को श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन गौशाला आउन लाग्नुभएको हो।

स्वर्गीय काशी महतोको श्रद्धाञ्जली कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहने जानकारी नेपाली कम्युनिष्ट पार्टीका नेता सूर्यनारायण साहले दिनु भयो। उहाँको अनुसार जनयुद्धको १० वर्षे अवधिमा काशी महतोले योद्धाको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आफ्नो जीवन पार्टी र आन्दोलनका लागि समर्पण गर्नु भएको थियो।

माओवादी केन्द्रका जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिष्ट पार्टीका नेता काशी महतो (करण) को निधन पार्टीका लागि ठूलो क्षति भएको केन्द्रीय नेता साहको भनाइ छ। उहाँले महतोको निधनले पार्टी मात्र नभई समग्र समाजलाई नै गहिरो क्षति पुगेको उल्लेख गर्दै दुःख व्यक्त गर्नुभयो ।

पार्टीले दिवङ्गत महतोप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। स्वर्गीय काशी महतोको मंसिर २३ गते आकस्मिक निधन भएको थियो।

श्रद्धाञ्जली कार्यक्रममा पूर्व प्रधानमन्त्री दाहालको उपस्थितिले दिवङ्गत नेताप्रति सम्मान प्रकट हुनुका साथै पार्टी एकता र आन्दोलनप्रतिको प्रतिबद्धता पुनः व्यक्त हुने पार्टी नेताहरूको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..

निरन्जन कुमार साह  महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..

14 घन्टा पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

3 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

22 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

30 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

2 महीना पहिले