भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा
5 महीना पहिले प्रकाशित
(2083-01-29 B.S.)
700 पटक देखिएको
महोत्तरी, बैशाख २९ गते ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्दै नयाँ इतिहास कायम गरेको छ। विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार यस वर्षको एसईई परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन् भने विद्यालयले शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको जनाएको छ।
विद्यालयका अनुसार यस वर्ष ७३ जना विद्यार्थीले ३.६ देखि ४.० जीपीए प्राप्त गरेका छन् भने ३६ जना विद्यार्थीले ३.२ देखि ३.६ जीपीए ल्याएका छन्। त्यसैगरी २ जना विद्यार्थीले २.४ देखि ३.२ जीपीए हासिल गरेका छन्। विद्यालयबाट सहभागी अधिकांश विद्यार्थीले उच्च जीपीए ल्याएपछि विद्यालय परिवारमा खुशीको माहोल छाएको छ।
विद्यालयका उत्कृष्ट विद्यार्थीहरूमा राज साह रौनियार, नितिश यादव, तपस देव सहनी, निक्की कुमारी यादव, विपुल कुमार सिंह तथा सन्ध्या बुर्जा लगायतले ४.० जीपीए प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन्। विद्यालय प्रशासनले उनीहरूको मेहनत, अनुशासन र लगनशीलताका कारण यस्तो सफलता सम्भव भएको जनाएको छ।
विद्यालयले “१४औँ एसईई ब्याच २०८२” ले उत्कृष्ट उपलब्धि हासिल गरेको उल्लेख गर्दै सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यालय परिवारप्रति बधाई तथा शुभकामना व्यक्त गरेको छ। विद्यालयका प्रधानाध्यापक राधेश्याम सापकोटाले विद्यार्थीहरूको निरन्तर मेहनत, अभिभावकको साथ र शिक्षकहरूको समर्पणकै कारण जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रतिक्रिया दिएका छन्।
उत्कृष्ट नतिजाको खुसीयालीमा विद्यालयले मिति २०८३ वैशाख २९ गते एक दिन विद्यालय बिदा दिएको जानकारी पनि गराएको छ। साथै बुधबारदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुने विद्यालय प्रशासनले जनाएको छ।
स्थानीय अभिभावक तथा शिक्षा सरोकारवालाहरूले विद्यालयको उपलब्धिलाई गौशाला क्षेत्रकै लागि गौरवको विषय भएको बताएका छन्। जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएपछि विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
3 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
10 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
14 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
20 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
21 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
23 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासकà..
कमेन्ट गर्नुहोस्
view comments