नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्तान्तरण

2 महीना पहिले प्रकाशित

(2083-05-09 B.S.)

257 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी, भदौ ९  गते ।

मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा नेपाल प्रहरीको कार्यक्षमता अभिवृद्धि तथा प्रदेशको शान्ति–सुरक्षा थप सुदृढ बनाउन १२ वटा पिकअप सवारी साधन हस्तान्तरण गरेको छ।

गृह, सञ्चार तथा कानूनमन्त्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्रालयले नेपाल प्रहरीका मधेश प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालय तथा विभिन्न इलाका प्रहरी कार्यालयका लागि सवारी साधन हस्तान्तरण गरेको हो।

हस्तान्तरण गरिएका सवारी साधनमध्ये मधेश प्रदेशका आठवटै जिल्लाका लागि एक–एक वटा, सलहेशीका गौडता इलाका प्रहरी कार्यालय र गढहिया इलाका प्रहरी कार्यालयका लागि एक–एक वटा तथा रौतहटको चन्द्रपुर र गढडा इलाका प्रहरी कार्यालयका लागि एक–एक वटा सवारी साधन रहेका छन्।

कार्यक्रममा गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतो नेपाल प्रहरीलाई भौतिक संरचना, सवारी साधन तथा आवश्यक स्रोत–साधन उपलब्ध गराउने कार्य मन्त्रालयले विगतदेखि नै निरन्तर गर्दै आएको बताउनुभयो। आगामी दिनमा पनि प्रहरीको क्षमता र मनोबल अभिवृद्धिका लागि सहयोगलाई निरन्तरता दिने उहाँको भनाइ थियो।

हस्तान्तरण गरिएका सवारी साधन अपराध नियन्त्रण, नियमित गस्ती, आकस्मिक परिचालन तथा नागरिकको सुरक्षामा अधिकतम उपयोग गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ।

मन्त्रीले सुरक्षा व्यवस्थापनका लागि मन्त्रालय र प्रहरीबीच आवश्यक समन्वय तथा सहकार्यका लागि मन्त्रालय जुनसुकै समयमा तयार रहेको बताउँदै मधेश प्रदेशका आठवटै जिल्ला प्रहरी प्रमुखलाई प्रभावकारी समन्वय र सहकार्यका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

29 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले