५ वर्षीया बालिकामाथि जबरजस्तीकरणी भएको सात दिनपछि खुलासा

6 वर्ष पहिले प्रकाशित

(2077-03-11 B.S.)

1628 पटक देखिएको

बारा ,असार ११ 

बारामा ५ वर्षीया बालिकामाथि जबरजस्तीकरणी भएको सात दिनपछि खबर बाहिर आएको छ ।

बाराको बिश्रामपुर गाउँपालिका–२ मा गत असार ३ गते राति करिब साढे ९ बजे उखुबारीमा उक्त घटना भएको हो । घटनामा प्रहरीले शुरुदेखि नै सहयोग नगरेको पीडित पक्षको आरोप छ ।

बालिका राति कोठाबाट हराएको र राति करिब ११ बजे सुनसान सडकमा रगताम्य अवस्थामा निवस्त्र अवस्थामा फेला परेको बताइएको छ ।

पीडित बालिकाकी पिताका अनुसार अपराधी उम्कीने भन्दै प्रहरीले घटनाबारे हल्ला नगर्न भनेको हो । त्यहि भएर घटनाबारे खबर दिन नसकेको उनले बताए ।

घटनास्थलबाट साईकल, पुरानो चपल र तेल राखिएको भडा समेत बरामद भएको बताइएको छ ।

सामाजिक अभियानता वृजेश्वर चौधरीले घटना बाहिर नआएको र प्रहरीको भूमिका निकै कमजोर देखिएको बताए । उनले असार ९ गते राति मात्र जानकारी पाएको बताए । साथै पीडितलाई सहयोग गर्न चाहेको पनि चौधरीले बताए ।

त्यस्तै वडाध्यक्ष तथा गाउँपालिका प्रमुख समेत उक्त घटनाबारेमा बेखबर रहेको सुन्दा आफूलाई आश्र्चय लागेको अभियानता चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

11 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

19 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

26 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

1 महीना पहिले

महोत्सवबाट १८ जना पाकेटमार पक्राउ

जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..

2 वर्ष पहिले

सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने 

मङ्सिर २७ गते  सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ।  महोत्तरीको क्षेत्र न.  १ को प्रति..

2 वर्ष पहिले

गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..

गौशाला मङ्सिर ८ गते  महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..

2 वर्ष पहिले

गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी 

निरन्जन कुमार साह  गौशाला , मङ्सिर ५  गते  महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..

2 वर्ष पहिले

 गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..

महोत्तरी, कार्तिक २१ गते  बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..

2 वर्ष पहिले

आफ्नै प्रेमिकाद्वारा  प्रिन्सिपलको  हत्या 

बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..

2 वर्ष पहिले