विभिन्न जिल्लामा बाढी-पहिरोको बितण्डा २३ जनाको मृत्यु, ३६ बेपत्ता

6 वर्ष पहिले प्रकाशित

(2077-03-26 B.S.)

1383 पटक देखिएको

 निरन्तरको वर्षासँगै मुलुकका विभिन्न स्थानमा पहिरो जाने क्रम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मात्र ८ जिल्लामा बाढीपहिरो गएको छ । पहिरोमा परी २३ जनाको मृत्यु भएको छ, भने २६ जना बेपत्ता छन् । त्यस्तै २६ जना घाइते भएका प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए ।गौतमकाअनुसार म्याग्दीको धौलागिरी गाउँपालिका र  मालिका गाउँपालिकामा बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजीकार्य जारी छ ।

म्याग्दीमा पहिरोमा ३५ घर समेत पुरिएको छ । यस्तै लमजुङको बेशीसहर नगरपालिका–७ सातबिसेमा पहिरोले पुरिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।कास्कीको पोखरा महानगरपालिका सराङकोट, हेम्जा र पैतलेडाँडामा पहिरोले पुरिँदा सातजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । सराङकोटमा पहिरो खस्दा घरपरिवारसहित जन्मदिनको पार्टी मनाउन आएका पाहुना पनि पुरिएका छन् ।

रुकुम पश्चिममा पनि पहिरो गएको छ । आटबिसकोट नगरपालिका–३ रजेखोलामा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ पुल्चोक र हिलेवस्तीमा पहिरो गएको छ । दर्जनौं घरहरुमा क्षति पुगेको छ । यद्यपी मानविय क्षती भने भएको छैन ।

त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा पहिरो गएको छ । पहिरोमा ७ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन् । यस्तै पाँजना घाइते भएका छन् । यसैगरी दोलखामा पनि पहिरो गएको छ । दोलखाको निरी नगरपािलका –५ लिडकलमा पहिरो गएको हो ।

पहिरोले २ दर्जनभन्दा बढी घरहरुमा क्षति पुगेको छ । यस्तै गुल्मीको कालीगण्डकी गाउँपालिका–४ फुसेमा पनि पहिरो गएको छ । पहिरोमा एकजनाको मृत्यु भएको छ ।

बुधबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा पहिरो जाँदा २ जनाको मृत्यु भएको थियो भने घटनामा २१ जना बेपत्ता भएका छन् । झरीसँगै पहिरोले घर बगाएको, ज्यान लिएको घटना आउने क्रम बढिरहेको छ । जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आह्वान समेत गरेको गौतमले बताए । बेपत्ताहरुको उद्धार र खोजबिनमा स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरु खटिएका छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

5 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

6 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

20 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले