काेराेना कहर सुनसान शहर

6 वर्ष पहिले प्रकाशित

(2077-05-05 B.S.)

4613 पटक देखिएको

भदौ ५ गते 

कोरोनाका कारण यसपालीको तीज खल्लो भएको छ ।

महामारीलाई नियन्त्रण गर्न प्रशासनले आह्वान गरेको निषेधाज्ञाका कारण यसपालीको तीजको रौनकमा ह्रास आएको हो ।
कोरोना नभएको भए महिनौ अघि देखि आयोेजना हुने दर खाने कार्यक्रमहरुले सहरको रौनकतालाई मुखरित पारिरहेको हुन्थ्यो । पार्टी प्यालेस, रेस्टुरेन्ट, होटेलहरुलाई त बुकिंग व्यवस्थापन गर्न धौं धौं हुन्थ्यो । बजारमा जताततै रातो सारी र सरसज्जाका सामान किन्ने र बेच्नेहरुको घुईँचो हुन्थ्यो ।

कोरोना नभएको भए आजको दिन शिवालयहरुमा दर्शनार्थीहरुको ठुलै घुईँचो हुन्थ्यो । भिड व्यवस्थापनका लागि स्वयंसेवकहरु खटिईरहेका हुन्थे । शिवालयमा दर्शनका लागि दर्शनार्थीहरुलाई हम्मेहम्मे परिरहेको हुन्थ्यो । र, हुन्थे तीजका गीत र त्यही गीतको धुनमा झुमिरहेका ब्रतालु ।

रातो सारी, हरियो चुरा, हरियो पोते, ढपक्क ढाकिने गरि लगाइएका गरगहना र चिटिक्क मेकअपमा धपक्क बलेको मुहारसहित जब तीजको ब्रत बसेका दिदीबहिनी हुलका हुल सडकमा उत्रिन्थे, लाग्थ्यो रातो रंगमा सहर रंगिएको छ । यसपाली सहर रंगीन हुन पाएन । न शिवालयहरुमा भिड नै भयो ।

यसपालीको तीजको रौनक सामाजिक सञ्जालमा देखिँदैछ । सामाजिक सञ्जालको फेसबुक, ईन्स्टाग्राम, ट्विटरमा तीजको रौनक देख्न सकिन्छ । अझ बढी, उल्लास त टिकटकमा मुखरित भईरहेको छ ।

तीजको सरसज्जामा सजिएका दिदीबहिनीहरुको टिकटक भिडियो हेर्दा लाग्छ, तीजको रौनकमा यसपाली कुनै कमी छैन ।
बजारमा नदेखिएपनि घरघरमा तीज मनाईदै छ ।

“यसपालीको तीज घरमै मनाउँदै छौ । पोहोर साल जत्तिको त रमाईलो छैन, तैपनि । मन्दिर जान पाईएकोमा खुशी लाग्या छ ।“ बाराको सिमरा निवासी एलिजा पौडेलले भनिन् । “निषेधाज्ञा नै भइसकेपछि कसको के लाग्छ र ? यो सबै हाम्रै सुरक्षाको लागि हो भनेर बुझ्नुपर्छ ।“

निषेधाज्ञा भएपनि श्रद्धापुर्वक तीज मनाईरहेको उनको भनाई छ । “रोगबाट बचियो भने अर्को वर्ष रमाईलो गर्ने नि“ उनी थप्छिन् ।

महामारी नियन्त्रणका लागि आह्वान गरिएको निषेधाज्ञालाई तीजका ब्रतालुहरुले सकारात्मक रुपमै लिईरहेको बुझिन्छ ।
घरमै उपलब्ध भएका सरसामाग्रीको प्रयोगले यसपालीको तीज मनाईदै छ ।

“निषेधाज्ञा हाम्रै लागि हो । यस्तो बेलामा भिडभाड गर्नहुन्न । झन् तीज भनेकै भिडभाड हुने पर्व हो ।“ बीरगन्ज निवासी निलिमा पौडेल भन्छिन्, “यसपालीको तीज घरमै मनाउँदैछौ । मन्दिर समेत जान पाइएन । “

गत वर्षहरुमा साथीहरुसँग घुम्दै तीज मनाउने निलिमा यस वर्ष घरमै परिवारको सामिप्यमा तीज मनाउन पाउँदा खुशी छिन् । “हिजो दर खाईयो । आज परिवारसँगै नाचगान गर्दै रमाईलो गरिएछ ।“

यस्तै, श्रीपुर निवासी विजया ओझैया भन्छिन् “हामी धेरै तडकभडक गर्दैनौ । हाम्रो लागि ठिकै छ । तर, साथीहरुसँग दर खान पाइएन । त्यही भएर मन खिन्न छ ।“

“विगतका वर्षहरुमा साथीसंगी इष्टमित्रहरुलाई घरमा बोलाएर दर खुवाउने र रमाइलो गर्ने गरेका थियौं“ उनी भन्छिन् ,“अहिलेको समय महामारीको समय भएकाले बाध्यता छ । सबैले बुझ्नु पर्यो ।“

पोहोरपरार वर्षहरुमा तडकभडकका नाममा हुने खर्च पनि यसपाली हुन पाएन । अनावश्यक तडकभडकका लागि रेस्टुरेन्ट, होटेल, पार्टी प्यालेस बुक गरि तीज आउनु अगावै सुरु हुने तीजको दर खाने कार्यक्रम, भव्य भोज, अबेर रातिसम्मको नाचगान गर्नेहरु यसपाली घरमै तीज मनाउन बाध्य छन् ।

यसपालीको तीज अन्य वर्षहरुभन्दा शान्त र मौलिक हुने बाराको जितपुर निवासी निलिशा बर्मा भन्छिन् । उनका अनुसार जसरी यसपाली तीज मनाइएको छ, प्रत्येक वर्ष यसरी नै मनाईनु पर्छ ।

“श्रीमानको दिर्घायुका लागि मनाईने तीजमा हुने भड्किला कार्यक्रमहरुले मौलिकता सकिन्नै लाग्यो भन्दै आवाज उठ्ने गर्थ्यो । गत वर्षहरुमा तीजका अवसरहरूमा हुने कार्यक्रम यसपाली भएनन् ।“ निलिशा भन्छिन्,“यसपाली दर खाने दिनमै सबले दर खाए । पहिले एक महिना अगाडिदेखि विभिन्न स्थानमा दर खाने कार्यक्रम हुन्थे । दिदीबहिनी भेला भइन्थ्यो । दर खाएर नाचगान गर्दै रमाइलो गरिन्थ्यो ।“

उनी भन्छिन् “यसपाली, सबले घरमै बसेर तीज मनाए । परिवारको सानिध्यमा । जसका लागि व्रत बसिएको छ, उससँगै व्रत अवधिभर सँगै हुन पाउनु भन्दा अधिक सुख के मा छ र ?“

तीज भड्किलो भयो भन्ने आवाज पनि धेरै उठ्ने गरेका थिए । तर, यस वर्ष भने त्यो आवाज गुञ्जायमान हुनै पाएन ।

तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रङले महिलामा शक्ति प्रदान गर्ने धार्मिक विश्वास पनि रहिआएको छ ।

त्यस्तै, गलामा लगाइने पोतेले शान्ति मिल्छ भने सिउँदोमा लगाइने रातो सिन्दूर विवाहित महिलाको सौभाग्यको प्रतीक मानिन्छ ।

विवाहिताले पारिवारिक सुख र श्रीमानको दिर्घायुका लागि तथा अविवाहिताहरूले मनोकामना पुरा होस् भन्दै ब्रत बस्छन् ।

यसपालीको तीज सोचेअनुरूप मनाउन पाइएन अथवा पोहोरका वर्षहरू झैँ रमाउन पाइएन भनेर मन खिन्न नपारौँ । अवस्था सामान्य भएपछि तीजको पुरानो रौनक पुनः फर्किनेछ । पुनः गल्ली गल्लीमा तीजका गीत घन्किनेछन् । पुनः सहर रातम्मे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

18 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

18 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

23 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

1 महीना पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

18 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

23 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

1 महीना पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

3 महीना पहिले